09/10/2026
लेखापढी व्यवसायीले अधिकृत वारिसनामाको लिखतमा मस्यौदा गर्न पाउने । कानुन व्यवसायीहरुको हक हितमा आघात पुग्न गएको भनि अर्थ गर्न नमिल्ने । लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ को नियम ४ मा तोकिएको कार्यक्षेत्रको अधीनमा रही वारिसनामाकै रूपसँग मिल्दोजुल्दो अधिकृत वारिसनामा लिखतमा परम्परादेखि नै मस्यौदा गर्दै आएको, सो अधिकृत वारिसनामा नेपालभित्र भए जिल्ला अदालत तथा विदेशमा भए विदेशस्थित राजदूतावास वा महावाणिज्य दूतावासबाट प्रमाणित हुँदै आएको । लेखापढी व्यवसायीले गर्न नपाउने भनी उक्त नियमावलीले समेत रोक नलगाएको र कानूनविपरीतको कार्य भएको भन्न नमिल्ने ।
ने.का.प.२०८१ अंक ३ नि.नं. ११२५४