निशा को कानुनी सचेतना अभियान

  • Home
  • Nepal
  • Pokhara
  • निशा को कानुनी सचेतना अभियान

निशा को कानुनी सचेतना अभियान कानुनको अनविज्ञता क्षम्य हुँदैन। कानुन को पालना मात्र समाज परिवर्तनको ठूलो आधार हो।🧑‍⚖️

28/06/2026

लिङ्गका आधारमा गर्भपतन: गैरकानुनी र दण्डनीय

21/06/2026

आजभोलि लागु औषध तस्करहरूले कानुनको आँखा छल्न सोझा र निर्दोष मानिसहरूलाई हतियार बनाइरहेका छन्। सार्वजनिक स्थानमा कुनै अपरिचित व्यक्तिले "यो झोला एकछिन समातिदिनुस्" भन्दा मानवीय सदाशयता देखाउनु अघि पूरै होस पुर्‍याउनुहोस्, किनकि यस्तो लापर्बाहीले तपाईंलाई गम्भीर कानुनी संकटमा पार्न सक्छ। नेपालको लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ बमोजिम प्रतिबन्धित पदार्थको ओसारपसार र सञ्चय पूर्ण रूपमा दण्डनीय अपराध हो। यदि त्यो अपरिचितको झोलामा लागु औषध भेटियो भने कानुनको नजरमा पहिलो अभियुक्त तपाईं नै ठहरिनुहुनेछ, किनकि कानुनमा अज्ञानता क्षम्य हुँदैन र सामान आफ्नो भौतिक नियन्त्रणमा फेला परेपछि आफू निर्दोष रहेको प्रमाण दिने भार स्वयम् तपाईंमाथि नै आउँछ। यस ऐनको दफा १४ बमोजिम अवैध पदार्थको प्रकृति हेरी दुई वर्षदेखि १० वर्ष कैद वा ठुलो परिमाणको हकमा १५ वर्षदेखि जन्मकैद र २५ लाख रुपैयाँसम्मको भारी जरिवाना हुन सक्छ। त्यसैले अपरिचितको झोला समात्दा वा कुनै पनि सामान बुझ्दा पूरै होस पुर्‍याउनुहोस्, शङ्का लागेमा तुरुन्तै अस्वीकार गर्नुहोस् र आफ्नो स्वतन्त्रतालाई दाउमा नराखी सजग र सुरक्षित रहनुहोस्। 🙏🙏

15/06/2026

विवाह गर्नु मात्र पर्याप्त होइन, विवाह दर्ता गर्नु पनि उत्तिकै आवश्यक छ। आजको सानो लापरबाहीले भोलि ठूलो कानुनी समस्या निम्त्याउन सक्छ।🙏

14/06/2026

अनलाइन ठगी बढ्दो छ, तपाईं कति सुरक्षित हुनुहुन्छ?

13/06/2026

अपराधीलाई सघाउनुभयो? सजाय तपाईंलाई पनि!💁‍♀️💁‍♀️

10/06/2026

डाक्टरमाथि आक्रमण होइन, कानुनी प्रक्रिया अपनाऔँ।🙏

08/06/2026

धम्की सहेर नबसौं, आवाज उठाऔं 🙏

06/06/2026

निर्दोष व्यक्तिको ज्यान लिने अपराधीलाई कानुनअनुसार कडा कारबाही गरियोस्, घटनाको निष्पक्ष, पारदर्शी र गहिरो छानबिन होस्, र पीडितले न्याय पाउने वातावरण सुनिश्चित गरियोस्। अपराधी जोसुकै भए पनि कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश स्थापित हुने गरी दोषीलाई हदैसम्मको कानुनी सजाय दिइयोस्।🙏

05/06/2026

नशामा सवारी चलाउनु भनेको दुर्घटनालाई आफैं निम्तो दिनु हो, होसमा रहेर मात्र चलाऔँ।🙏

02/06/2026

के तपाईंलाई थाहा छ? पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा जेल र जरिवाना दुवै हुन सक्छ!💁‍♀️

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when निशा को कानुनी सचेतना अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share