31/12/2018
Logo
|| December 30, 2018
गोगगुरु रामदेवको कम्पनीलाई नाफाको एक हिस्सा किसानहरुलाई बाँड्न अदालतको आदेश
- एजेन्सी
१५ पुष २०७५, आईतवार २०:४७
0
SHARES
भारत स्थित एक उच्च अदालतले गोगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली दिव्य फार्मेसीलाई उसको मुनाफाको केही हिस्सा स्थानीय किसान र अन्य समुदायलाई वितरण गर्न आदेश दिएको छ । अब बाबा रामदेवको पतञ्जली दिव्य फार्मेसीले त्यहाँको स्थानीय किसान र अन्य समुदायलाई २.०४ करोड भारु बाँड्नुपर्नेछ ।
उत्तराखण्ड उच्च अदालतले दिव्य फार्मेसीद्वारा उत्तराखण्ड जैव विविधता बोर्डविरुद्ध दायर मुद्धालाई खारेज गर्दै कम्पनीलाई हुने लाभको केही अंश बाँड्नको लागि बोर्डको आदेश कायम राखेको छ । यो फैसला भारतको ‘जैविक विविधता अधिनियम २००२’ को प्रावधानहरुमा टेकेर गरिएको हो ।
योभन्दा पहिले उत्तराखण्डको जैविक विविधता बोर्ड(यूबीबी) ले दिव्य फार्मेसीलाई जैविक विविधता कानूनको प्रावधन अन्तर्गत कम्पनीले आर्जन गरिरहेको ४२१ करोड भारु लाभबाट २.०४ करोड भारु किसान र स्थानीय समुदायहरुलाई बाँड्न निर्देशन दिएको थियो । अर्कोतर्फ पतञ्जली दिव्य फार्मेसीले यो बोर्डको अधिकार क्षेत्रमा नपर्ने भएकाले उसलाई यस्तो निर्देशन दिने कुनै अधिकार नभएको भनेर बोर्डको निर्देशनलाई अदालतमा चुनौती दिएको थियो ।
कम्पनीले आफूले किसान र स्थानीय समुदायलाई कुनै पनि हिस्सा दिन बाध्य नरहेको बताएको थियो । तर न्यायाधीश सुधांशु धूलियाको एकल वहसमा अदालतले बोर्डको पक्षमा फैसला गरेको भएको थियो । अदालतले जैैविक संशाधन आयुर्वेदिक उत्पादकका लागि मुख्य तत्व रहेको र कच्चा पदार्थ भएको स्वीकार्य तथ्य भएको बताएको छ । साथै उसले भारत सन् १९९२ जून मा ब्राजिलको रियोमा भएको ‘यूनाइटेड नेसनल कन्वेशन अन बायोलोजिकल डायवसिटी’ को हस्ताक्षरकर्ता राष्ट्र भएको पनि बताएको छ ।
आदलतले रकम माग गर्ने बोर्डको अधिकार रहेको बताएको छ किनकि जैविक संशाधन केवल राष्ट्रिय सम्पत्तिमात्रै नभएर यो तिनलाई उत्पादन गर्नेवाला समुदायको पनि सम्पत्ति हो । यो परम्परालाई जीवित राख्ने र अघिल्लो पिँढीहरुमा ज्ञानलाई पुर्याउनको योगदान पुर्याउने उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय ती सम्पदाको लाभका लागि हकदार भएको अदालतले भनेको छ ।
जैविक विविधता बोर्डले ‘बायो डायभर्सिटी अधिनियम २००२’ को एक प्रावधान अन्तर्गत दिव्य फार्मेसीलाई उसको बिक्रीका आधारमा लेभी फिस मागेको थियो । तर दिव्य फार्मेसीले त्यसविरुद्ध उत्तराखण्ड उच्च अदालतमा मुद्धा दायर गर्न गएको थियो । भारत सरकारले सन् २००२ मा ‘बायो–डायभर्सिटी एक्ट’ बनाएको थियो ।
यो कानून अनुसार जंगल र जैविक संशाधनहरुको प्रयोगबाट हुने कमाईमा त्यहाँको स्थानीय मानिसहरुको हिस्सेदारी हुनेछ । जब कम्पनीको वार्षिक कारोबार ३ करोड भारुभन्दा बढी हुन्छ तब कारोबार रकममध्य कर कटाएर जति रकम बाँकी रहन्छ त्यसको ०.५ प्रतिशत त्यहाँका मानिसहरुलाई दिनुपर्छ ।
प्रकाशित मिति: १५ पुष २०७५, आईतवार २०:४७
हामीसंग फेसबुक, ट्वीटरर र युट्युव मार्फत् पनि तपाईं जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित
कोटेश्वर–कलङ्की सडकखण्डमा सात वटा पुल निर्माण गर्ने तयारी, चार स्थानमा धमाधम काम शुरु
ललितपुर : कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु
आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको छ : अध्यक्ष दाहाल
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै
विपिको सम्झनामा कांग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै
काठमाडौं : नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु
बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना तेस्रो कार्यकालका लागि निर्वाचित
एजेन्सी : बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना वाजिद तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।प्रधानमन्त्री शेख हसिना
काठमाडौं जिल्ला अदालतका खरिदार घुस लिँदादिँदै अख्तियारको फन्दामा
काठमाडौं : काठमाडौं जिल्ला अदालतका डिठ्ठा (खरिदार) घुस रकसम सहित पक्राउ परेका छन् । सेवाग्राहीबाट
१० लाखसम्म कर्जा पाउने भएपछि विदेशबाट फर्केकाहरु स्वोदेशमै बस्न आतुर
काठमाडौ : सरकारले विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले दशलाखसम्म सरल कर्जा दिनेभएपछि युवाहरुको आकर्षण
ताजा
कोटेश्वर–कलङ्की सडकखण्डमा सात वटा पुल निर्माण गर्ने तयारी, चार स्थानमा धमाधम काम शुरु
युएईसँग हुने एक दिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटकाे प्रारम्भिक टिम घोषणा
आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको छ : अध्यक्ष दाहाल
स्वदेशी चिनीले बजार पाएन, चिनी विक्री नहुँदा गोदाममा थन्कियो
19 injured in bus-truck collision at Dasdhunga
सम्पर्क
Logo
Mid Baneshwor, Sahabhagita Marg-10, Kathmandu
01-5172222
[email protected] , [email protected]
संचालक/सम्पादक: बीरेन्द्र केएम
प्रबन्ध निर्देशक: साजन शर्मा ब्यवस्थापक: किशोर पौडेल
विज्ञापनकालागि: 01-5172222/9849622434/9840178017
हाम्रो बारेमा थप
युनिकोड
सूचना तथा प्रसारण विभागा दर्ता नं. : ५६६/०७४-७५
© 2016 -2018 NagarikTimes( Civil Media Service pvt.ltd)
By appharu.com
Web, Mobile & Software Development Company