Nr.Rawat

Directions Website
07/09/2026
जसले गाडी चलाए पनि, केपी शर्मा ओलीलाई धन्यवाद भन्नैपर्छ।नेपालजस्तो जटिल भूगोल भएको देशमा आधुनिक सुरुङमार्गहरू धेरै वर्षअ...
27/07/2026

जसले गाडी चलाए पनि,
केपी शर्मा ओलीलाई धन्यवाद भन्नैपर्छ।

नेपालजस्तो जटिल भूगोल भएको देशमा आधुनिक सुरुङमार्गहरू धेरै वर्षअघि नै विभिन्न स्थानमा निर्माण हुनुपर्ने थियो। तर आवश्यक पहल हुन नसकेको अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकारले यसलाई प्राथमिकतामा राखेर अघि बढाएको कुरा स्वीकार गर्नुपर्छ।

नेपालको पहिलो आधुनिक सुरुङ भएकाले निर्माणका क्रममा केही कमीकमजोरी, ढिलासुस्ती वा चुनौतीहरू देखिनु स्वाभाविक हो। तर यसले देशमा नयाँ सुरुवात गरेको छ र नेपालको सडक पूर्वाधार तथा यातायात सञ्जाललाई थप आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण इँटा थपेको छ।

अब आशा गरौँ, भविष्यमा यस्ता आधुनिक सुरुङहरू देशका अन्य आवश्यक स्थानहरूमा पनि निर्माण हुँदै जाऊन्, जसले नेपाली जनतालाई अझ सुरक्षित, छरितो र सहज यात्रा गर्ने अवसर प्रदान गरोस्।

राम्रो कामको प्रशंसा गरौँ, कमीकमजोरी भए सुधारका सुझाव पनि दिऔँ। यही नै लोकतान्त्रिक संस्कार हो। 🙏🇳🇵

गणेशले आत्मदाह प्रयास गर्नु र त्यसअघि आफ्ना दाइलाई “यो सबै महानगर प्रहरीका कारण भयो, हाम्रो बुबाआमालाई हेर्नु” भन्नु कुन...
10/07/2026

गणेशले आत्मदाह प्रयास गर्नु र त्यसअघि आफ्ना दाइलाई “यो सबै महानगर प्रहरीका कारण भयो, हाम्रो बुबाआमालाई हेर्नु” भन्नु कुनै एक व्यक्तिको मात्र पीडा होइन, यो राज्यका निकायहरू र सार्वजनिक संस्थाहरूले नागरिकसँग गर्ने व्यवहारमाथिको गम्भीर प्रश्न पनि हो। यदि एक युवा आफ्नो सम्मान, जीविकोपार्जन वा न्यायको खोजीमा यति धेरै निराश र असहाय महसुस गर्न बाध्य हुन्छ भने त्यसलाई केवल व्यक्तिगत निर्णय भनेर पन्छाउन मिल्दैन। कानुन कार्यान्वयन गर्ने निकायहरूले नियम लागू गर्दा मानवीय संवेदनशीलता, संवाद र वैकल्पिक समाधानलाई प्राथमिकता दिनुपर्छ। साथै, कुनै पनि परिस्थितिले जीवनभन्दा ठूलो मूल्य राख्दैन भन्ने सन्देश पनि उत्तिकै महत्वपूर्ण छ। यो घटनाले राज्यलाई अझ जिम्मेवार, संवेदनशील र नागरिकमुखी बन्न आत्ममन्थन गर्ने अवसर दिएको छ।

तपाईंको यात्रा:-
13/02/2026

तपाईंको यात्रा:-

रवि र बालेनबीच ७ बुँदे सहमतिआगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं ...
28/12/2025

रवि र बालेनबीच ७ बुँदे सहमति

आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ ।

सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

दुई तस्बीरहरू,कमलपोखरीको बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघा...
23/12/2025

दुई तस्बीरहरू,
कमलपोखरीको बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ|

23/12/2025

८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रा सँगै गर्ने सम.....

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Nr.Rawat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category