Legal Wave

Directions

Legal Wave 'तपाईंको कानुनी साथी'
"Ignorance of the Law is no Excuse"

वतन फरक भएको भन्‍ने आधारमा मात्र बन्डा भएको निष्कर्षमा पुग्नु उचित नहुने, तथापि वादी प्रतिवादीहरू आफ्नो स्मृतिभन्दा पूर्...
28/09/2026

वतन फरक भएको भन्‍ने आधारमा मात्र बन्डा भएको निष्कर्षमा पुग्नु उचित नहुने, तथापि वादी प्रतिवादीहरू आफ्नो स्मृतिभन्दा पूर्व (time immemorial) देखि नै पुस्तौनी फरक वतनमा बसोबास गर्दै आइरहेको भनी जिकिर लिएको अवस्थामा सो तथ्य पनि व्यवहार प्रमाणको दृष्टिले विचारणीय देखिने ।

सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (predicate offences) र त्यस्तो कसुरबाट प्राप्‍त सम्पत्तिको विद्यमानता ...
16/09/2026

सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (predicate offences) र त्यस्तो कसुरबाट प्राप्‍त सम्पत्तिको विद्यमानता हुनुपर्ने । सम्बद्ध कसुरबाट प्राप्‍त सम्पत्तिको वास्तविक प्रकृति, आयस्रोत, स्थान, हस्तान्तरण, गति र त्यसमाथिको अधिकार वा स्वामित्वलाई सो सम्पत्ति आपराधिक कार्यबाट प्राप्‍त भएको होइन भनी उक्त सम्पत्तिलाई वैध देखाउन (appear to be legitimate) गरिने कार्य नै सम्पत्ति शुद्धीकरणको कसुर हुने । अपराधबाट सिर्जित सम्पत्तिलाई वैध गराउने कार्यले आपराधिक क्रियाकलापलाई प्रोत्साहन गर्ने र वैध गराइएको सम्पत्तिले अर्थतन्त्रमा क्रमबद्ध असर (ripple effects) पुर्‍याउने भएकाले सम्पत्ति शुद्धीकरणको कसुरलाई गम्भिर प्रकृतिको कसुरका रूपमा लिइने ।

सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म त्यस्तो व्यक्ति आफ्नो पदबाट ...
13/09/2026

सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने र त्यस्तो व्यक्ति अन्य कुनै सार्वजनिक पदमा रही कामकाज गर्नसमेत रोक लगाइएको मानिने ।

एकपटक सार्वजनिक सूचनाबाट सूचित भई सोलाई आधार बनाई सहभागी बोलपत्रदाताको बोलपत्र मूल्याङ्कन भइसकेपश्‍चात अन्य सर्त थप हुने...
12/09/2026

एकपटक सार्वजनिक सूचनाबाट सूचित भई सोलाई आधार बनाई सहभागी बोलपत्रदाताको बोलपत्र मूल्याङ्कन भइसकेपश्‍चात अन्य सर्त थप हुने अवस्था नहुने । पूर्वप्रकाशित सार्वजनिक सूचनामा हेरफेर गर्नु परेमा सोको जानकारी सार्वजनिक रूपमा नै हुनुपर्ने । सार्वजनिक निकाय र बोलपत्रदाता दुवैका लागि आह्वान गरिएको बोलपत्रका सर्त वा बन्देजहरूको कार्यान्वयन स्वेच्छिक नभई बाध्यकारी व्यवस्थाको रूपमा लिनुपर्ने ।

निजामती सेवा ऐन, २०४९ को दफा ७ मा बढुवाको संरचनाभित्र ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कन, कार्यक्षमताको मूल्याङ्कन तथ...
11/09/2026

निजामती सेवा ऐन, २०४९ को दफा ७ मा बढुवाको संरचनाभित्र ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कन, कार्यक्षमताको मूल्याङ्कन तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवासमेत तीनै किसिमको बढुवासमेत समावेश हुने देखिए पनि कार्यविधिगत रूपमा यी तीन किसिमको बढुवामा आधारभूत अन्तर देखिने । खास गरी आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवामा लिखित तथा अन्तर्वार्तासहितको प्रतिष्पर्धात्मक परीक्षाद्वारा उम्मेदवारको क्षमता परीक्षण गरी न्यूनतम उत्तीर्णाङ्क प्राप्‍त गर्ने व्यक्ति मात्र योग्यताक्रमको आधारमा बढुवाको लागि योग्य मानी सिफारिस गरिने परीक्षा विधिबाट परीक्षा लिँदा रिक्त संख्याका सबै पदमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भई पदपूर्ति हुन्छ नै भनी यकिनसाथ भन्न नसकिने ।

न्याय समूहका अधिकृतहरुको सरुवा
10/09/2026

न्याय समूहका अधिकृतहरुको सरुवा

10/09/2026

With Lawyer Praveen – I just got recognized as one of their top fans!

र अव कर्जाको साँवाब्याज असुल गर्न बैकले धरपकड गर्न नपाउने भएको छ ।
05/09/2026

र अव कर्जाको साँवाब्याज असुल गर्न बैकले धरपकड गर्न नपाउने भएको छ ।

मीटरव्याजी पीडितको पक्षमा महत्वपूर्ण आदेश :मीटरव्याजी पीडित र नेपाल सरकारबीच मिति २०८३/०४/०१ मा भएको ९ बूँदे सम्झौता तथा...
04/09/2026

मीटरव्याजी पीडितको पक्षमा महत्वपूर्ण आदेश :
मीटरव्याजी पीडित र नेपाल सरकारबीच मिति २०८३/०४/०१ मा भएको ९ बूँदे सम्झौता तथा उक्त सम्झौता मिति २०८३/०४/०६ मा नेपाल राजपत्रमा प्रकाशित गरिएको विषयलाई लिएर साहूहरूले दायर गरेको रिट निवेदनमा मिति २०८३/०५/१७ सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सम्मानित श्री सर्वोच्च अदालतको यस आदेशसँगै उक्त सम्झौता कार्यान्वयन नरोकिने भएको छ ।

अदालतमा हुने सुनुवाइको प्रत्यक्षप्रशारणलाई ब्यवस्थित गर्न सर्वोच्च अदालतले 'अदालतमा सुनुवाईको प्रत्यक्ष प्रसारण ( ब्यवस्...
04/09/2026

अदालतमा हुने सुनुवाइको प्रत्यक्षप्रशारणलाई ब्यवस्थित गर्न सर्वोच्च अदालतले 'अदालतमा सुनुवाईको प्रत्यक्ष प्रसारण ( ब्यवस्थापन तथा सन्चालन) निर्देशिका २०८३' जारी गरेको छ।

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Legal Wave posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share