29/09/2026
कलेज पढेर परीक्षा दिएका विद्यार्थीलाई बोर्ड 'फेक' ठहरिएकै भरमा जेल हाल्न मिल्दैन।
विशेष अदालतबाट दोषी ठहर भएका इन्द्रेश झालाई सर्वोच्चले सफाइ दिँदै नयाँ नजिर बसालेको छ।
प्रमाणपत्रले कानूनी मान्यता नपाउनु एउटा कुरा हो। तर व्यक्तिले आफैं कीर्ते गरेको वा आपराधिक मनसाय नभएसम्म स्वतः 'नक्कली' मान्न नमिल्ने अदालतको ठहर छ।
सर्वोच्चको स्पष्ट व्याख्या छ, "नक्कली प्रमाणपत्र हुनु र बोर्ड नै फेक हुनु फरक कुरा हो।"