Glorious Law Firm

29/03/2026

सरकारले गर्ने भनेर अगाडी सारेका यी १०० निर्णय

1. कक्षा ५ सम्म परीक्षा हटाइने ।
2 Betting एप बन्द गरिने ।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने ।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने ।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने ।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने ।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने ।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने ।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने ।
10. सेवा प्रवाह सरल र छिटो बनाइने ।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने ।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने ।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने ।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने ।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने ।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने ।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने ।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने ।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने ।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने ।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने ।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने ।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने ।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने

13/02/2026

राजाको प्रजा होईन जनताको राजा हो। जनताको राजाले दरबार र सत्ता मोह छोडनु पर्छ।

27/12/2025

तपाईंको चेक बाउन्स भयो भने अब के हुन्छ ?
यस्तो छ, नयाँ कानुनले ल्याएको परिवर्तन :

के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ। मानौं ,काठमाडौंका रामले साथीबाट पाएको २० लाखको चेक बाउन्स भएपछि अब उनले के गर्नुपर्छ?
नयाँ "बैंकिङ कसुर तथा सजाय (दोस्रो) संशोधन ऐन" ले ल्याएका परिवर्तनहरूलाई सजिलोसँग बुझौं।

नयाँ कानूनको सबैभन्दा महत्त्वपूर्ण र व्यावहारिक पक्ष चेक बाउन्स गर्न जाँदा यसरी अगाडि बढाएको छ:

पहिलो चरण (४५ दिने मौका): बैंकले चेक दिने व्यक्तिलाई खातामा पैसा राख्न ४५ दिनको समय दिन्छ।

दोस्रो चरण (पैसा नआएमा): यदि ४५ दिनसम्म पनि पैसा जम्मा भएन भने मात्र चेक आधिकारिक रूपमा बाउन्स हुन्छ।

तेस्रो चरण (प्रमाणित फिर्ता): त्यसपछि, बैंकले ३ दिनभित्र तपाईंलाई "चेक बाउन्स भएको हो" भनेर प्रमाणित गरेर फिर्ता दिन्छ।

यदि ४५ दिनको समय दिँदा पनि चेक काट्ने व्यक्तिले रकम भुक्तानी गरेन र बैङ्कले चेक अनादर भएको प्रमाणित गरिदियो भने मात्र फौजदारी कारबाहीको बाटो खुल्छ।
जाहेरीको हदम्याद:

पीडित पक्ष (चेक धारक) ले बैङ्कबाट चेक अनादर प्रमाणित भएको मितिले एक वर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्नेछ।

जाहेरी परेपछि अनुसन्धान अधिकारीले ६ महिनाभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्नेछ।

अनुसन्धानका क्रममा यदि प्रहरीमा अनुसन्धान चलिरहेको छ भने सरकारी वकिलमार्फत मिलापत्र गर्न सकिन्छ।

अदालतमा पुगेपछि मुद्दा अदालतमा विचाराधीन छ भने अदालतबाटै मिलापत्र गराउन सकिन्छ।

यदि प्रतिवादीले चेकमा उल्लेखित रकम र कानूनबमोजिमको ब्याज धारकलाई बुझाएर मिलापत्र गर्‍यो भने उसलाई यस ऐनबमोजिम हुने कैद र जरिवानाको सजाय लाग्ने छैन। यसले दुवै पक्षलाई झन्झटबाट बचाउँछ र पीडितले आफ्नो रकम छिटो फिर्ता पाउँछ।

मिलापत्र नभए के हुन्छ?

यदि मुद्दा मिलापत्रमा नगई अदालतबाट प्रतिवादी दोषी ठहरिएमा उसलाई सजायको व्यवस्था गरिएको छ। सजायलाई बिगो (चेकको रकम) अनुसार, सोको प्रचलित कानूनबमोजिमको ब्याज भराइनेछ।
जरिवाना:

बिगो रकमको पाँच प्रतिशत जरिवाना लाग्नेछ।
कैद सजाय (बिगो अनुसार):

१५ लाख रुपैयाँसम्म: १ महिनासम्म कैद
१५ लाखदेखि ५० लाखसम्म: १ देखि ३ महिनासम्म कैद
५० लाखदेखि १ करोडसम्म: ३ महिनादेखि १ वर्षसम्म कैद
१ करोडदेखि १० करोडसम्म: १ देखि २ वर्षसम्म कैद
१० करोडभन्दा माथि: २ देखि ४ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ
यसअघि विनिमेय अधिकार ऐन, २०३४ को दफा १०७(क) अनुसार चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सकिने व्यवस्था थियो। तर, अब उक्त दफा खारेज गरिएपछि धेरैलाई चेक अनादर मुद्दा सिधै जिल्ला अदालतमा लिएर जान मिल्दैन भन्ने लागो । विनिमेय अधिकार ऐन, २०३४ ऐन जिवितै रहेको अवस्थामा सिधै जिल्ला अदालतमा पाँच वर्षसम्म मुद्दा दर्ता गर्न मिल्छ। पहिले कोर्ट फि राख्नुपर्ने थिएन भने अहिले देवानीमा लेनदेनको दाबी गरिने हुनाले बिगोको कोटफी राखेर मुद्धा अगाडि बढाउन सकिन्छ।

समग्रमा, "बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२" ले चेक बाउन्सका मुद्दाहरूलाई समाधानमुखी र व्यावहारिक बनाउने प्रयास गरेको छ।

Address

K C Colony
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Glorious Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Glorious Law Firm:

Shortcuts

Share