24/06/2025
सबैभन्दा पछाडि देखिएको ९० लाखको गाडी,
त्यसअगाडि छ - ३ करोडको मर्सिडिज,
अझै अगाडि - ४ करोड ५० लाखको बिएमडब्लु,
अनि सबैभन्दा अगाडि - ६ करोड माथिको विलासी लिमोजिन।
तर त्यो सम्पूर्ण कारहरुको अगाडि गुडिरहेको गाडीचाहिँ भन्सार छुट पाएको एक शववाहन हो ।
त्यस शववाहनभित्र छन् -
यी सबै गाडीका मालिक।
जसले जीवनभर दौडिए,
धन, सम्पत्ति र हैसियत बटुले,
जसले जिन्दगीभर ‘म म म’ भन्दै समय आफ्नोलागि समय नै दिएनन्,
तर आज - मुख बन्द छ, आँखा बन्द छन्,
र संसार सँगको सम्बन्ध - पूर्णविराम।
आज न त स्टेयरिङ समात्न सक्छन्,
न छेउछाउ हेर्न सक्छन्।
न आँखामा सपना बाँकी छ,
न मुटुमा धड्कन।
जुन हातले किल्ला बनाए,
आज त्यही हात - नचल्ने भएको छ,
जुन पैतालाले सपना चुमे,
आज त्यही खुट्टा - एक बाकस भित्र निदाएको छ।
सपना त थियो संसार जित्ने,
तर अन्तिम क्षणमा आफैंलाई पनि सम्झाउन सकिएन -
‘म’ भन्ने घमण्डको मूल्य के हो भनेर।
जसले जीवनभर दौडे,
धन कमाए, महल बनाए,
गाडी फेरिरहे,
तर आज...
न आँखाले देख्न सक्छन्,
न हातले समाउन सक्छन्,
नै आत्मा बोल्न सक्छ।
सपना सबै सकिए,
धड्कन रोकियो,
संगै थिए महँगा घडीहरू,
तर अब समयको कुनै मतलब छैन,
संगै थिए धेरै साथी,
तर अन्तिम यात्रामा मात्र गनिने भए - चार काँध।
यही त हो जीवनको अन्तिम यात्रा -
जहाँ तिमी मालिक हौं शववाहनको,
र यात्री… केवल एक बाकस।
संग्रह गरिएका गाडीहरूले साथ त दिए -
तर अन्तिम गन्तव्यसम्म साथ दिनेहरू थिए
केवल चार काँध, केही आँसु र एक मौनता।
यात्रा त्यही थियो,
तर थाहा भएन -
मन्त्रजस्तो जपिने ‘म’ भन्ने शब्द
त्यो दिन कति सानो देखिन्थ्यो।
अब पनि घमण्ड गर्ने हो भने,
शायद मृत्यु आउँदासम्म
सत्य बुझ्ने समय मिल्नेछ।
अझै पनि घमण्ड गर्न मन छ भने -
एकपटक श्मशानतिर हेर्नु,
त्यहाँ थुप्रै घमण्ड बिर्सेर सुतेका छन्,
बिना गाडी, बिना नाम, केवल माटो भएर । 🙏