नेपालको संविधान २०७२

नेपालको संविधान २०७२ Always Our focus will be for providing all about our new constitution 'Nepal's Constitution 2072' an

19/09/2024

संविधान दिवसको आवसर देश बिदेश मा रहनुहुने सम्पूर्ण नेपाली मा हार्दिक मंगलमय शुभकामना!

27/12/2016

More magic from Iceland... 360 degree photo, so click and drag around or move your phone!

12/12/2016

गुल्मीमा सोमबार हुने भनिएको बिशाल जनसभाको पुर्वसन्ध्यामा तम्घास देखि रिडि सम्मको ४२ किलोमिटर लामो दुरिमा निकालिएको राँके जुलुसको एक झलक

19/09/2016

‘संविधान जारी भएको आज एक वर्ष पुग्दै गर्दा यसको पूर्ण कार्यान्वयनमा तपाईंले कस्ता चुनौती देख्नुभएको छ?’ कृपया आफ्नो प्रतिक्रिया दिनुहोला।

19/09/2016

आज प्रथम संविधान दिवसको आवसर देश बिदेश मा रहनुहुने सम्पूर्ण नेपाली मा हार्दिक मंगलमय शुभकामना!

29/10/2015

नेपाल को प्रथम महिला राष्ट्रपति बिद्यादेबि भण्डारी निर्वाचित हुनु भएको मा हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना।

16/10/2015

संविधान बनाउन २९ अर्ब खर्च

संविधानसभाबाट संविधान बनाउन २९ अर्ब खर्च भएको छ । यसमा निर्वाचन आयोग, निर्वाचनमा सुरक्षा निकायको खर्च र संविधानसभा सचिवालयको खर्च जोडिएको छ । पहिलो संविधानसभा निर्वाचनमा सरकारले करिब आठ अर्ब रुपैया खर्च गरेको छ । यसमा निर्वाचन अयोग, सुरक्षा व्यवस्थाका लागि सुरक्षा निकायलाई दिएको खर्च समावेश गरिएको अर्थमन्त्रालयले जनाएको छ । दोश्रो संविधानसभा निर्वाचनमा सरकारले निर्वाचन आयोग र सुरक्षा निकायका लागि कुल १६ अर्ब रुपैयाँ खर्च भएको अर्थमन्त्रालयको तथ्याङकमा उल्लेख छ ।
निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले करोडौं खर्च गरेका थिए । तर, उनीहरुको खर्च विवरण पारदर्शी छैन । पहिलो संविधानसभा र दोस्रो संविधानसभाले ६ वर्ष सात महिना २५ दिन काम गरेको थियो । संविधानसभा सचिवालयले तयार पारेको विवरणअनुसार दुवै संविधानसभामा गरी चार अर्ब ६३ करोड ८३ लाख, ६४ हजार तीन सय ५८ रुपैयाँ ६ पैसा खर्च भएको छ ।
पहिलो संविधानसभा निर्वाचन गर्दा आठ अर्ब खर्च
पहिलो संविधानसभा निर्वाचन गर्न सरकारको आठ अर्ब खर्च भयो । निर्वाचन आयोग र चुनावी सुरक्षाका लागि सुरक्षा निकायमा यो रकम खर्च गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
दोस्रो संविधानसभा निर्वाचन गर्दा १६ अर्ब खर्च
संविधान नबनाई पहिलो संविधानसभा विघटन भएपछि ५ मंसिर ०७० मा दोस्रो संविधानसभा चुनाव भयो । चुनाव गर्न १६ अर्ब रुपैयाँ खर्च भयो । त्यो रकम सरकारले निर्वाचन आयोग र सुरक्षा निकायलाई दिएको थियो ।
पहिलोमा २४ र दोस्रोमा १६ शीर्षकमा खर्च:
पहिलो संविधानसभामा सभासद्–कर्मचारीको तलबभत्ता, पोसाक, तालिम, फर्निचर, सवारीसाधन, मेसिनरी औजार, पुाजीगत सुधार, सामाजिक सेवा सर्त अनुदानलगायतका २४ शीर्षकमा खर्च भएको थियो । त्यस्तै, दोस्रो संविधानसभामा सभासद्–कर्मचारीको तलबभत्ता, औषधि–उपचार, पानी–बिजुली, सञ्चार, घरभाडा, इन्धन, मर्मतसम्भार, कार्यालय, सेवा र परामर्श, भ्रमणलगायत १६ शीर्षकमा खर्च भएको सचिवालयले जनाएको छ ।
दुवै संविधानसभामा सकियो साढे चार अर्ब
१४ जेठ ०६५ देखि १४ जेठ ०६९ सम्मको पहिलो संविधानसभाको कार्यकालमा ३ अर्ब ३ करोड ४४ लाख ७१ हजार २७८ खर्च भयो । दोस्रो संविधानसभा ८ माघ ०७० देखि ३ असोज ०७२ सम्म चल्यो । संविधान जारी भएको दिन रात्रिभोजसमेत गरी १ अर्ब ६० करोड ३८ लाख ९३ हजार ७९ रुपैयाँ खर्च भयो ।
सभासद् र कर्मचारीको तलबभत्तामा सवा दुई अर्ब
कुल खर्चमध्ये सबैभन्दा धेरै सभासद् र कर्मचारीको तलबमा २ अर्ब २९ करोड १ लाख २४ हजार १२० रुपैयाा खर्च भएको छ । महागी र अन्य भत्ता गरी राज्यकोषबाट उनीहरूको भत्तामा मात्रै ४१ करोड १८ लाख ४७ हजार ३९४ रुपैयाँ खर्च भएको छ ।
संविधानसभा भवनको भाडा साढे ७० करोड
संविधानसभा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडामा मात्रै ७० करोड ६४ लाख १ हजार ७१८ रुपैयाँ खर्च भएको छ । यो भवन काठमाडौं महानगरपालिकाको स्वामित्वमा छ ।
कार्यक्रममा सवा २० करोड
विभिन्न कार्यक्रम गर्न २० करोड २४ लाख ५४ हजार २ सय ८ रुपैयाँ खर्च भएको छ । सुझाब संकलन, प्रकाशन, अनुगमन टोलीको भ्रमण, बिमा, विज्ञापन खर्चलगायत यसमा जोडिएको छ । संविधान घोषणा कार्यक्रममा मात्रै ८४ लाख ९३ हजार ३१४ खर्च भएको छ ।
विविध शीर्षकमा ३६ करोड
संविधानसभाले विविध शीर्षकमा मात्रै ३६ करोड ३९ लाख ६६ हजार ९ सय ४५ रुपैयाँ खर्च गरेको छ । विविधमा के–के शीर्षक अटाइए भन्ने खुलाइएको छैन ।
भ्रमणमा साढे चार करोड
सभामुखदेखि कर्मचारीसम्मको भ्रमणमा ४ करोड ५३ लाख ६३ हजार ८०१ रुपैयाँ खर्च भएको छ । त्यस्तै, औषधि खरिदमा ३८ लाख तीन हजार ३९६ रुपैयाँ खर्च भएको छ ।

Congratulation to newly elected PM KP Sharma Oli
12/10/2015

Congratulation to newly elected PM KP Sharma Oli

08/10/2015

संविधान संशोधन प्रक्रिया सुरु, आन्दोलनका मुख्य दुई माग सम्बोधन हुने

काठमाडौं, असोज २१ । सरकारले संविधान संशोधन प्रक्रिया सुरु गरेको छ । तराई मधेसमा जारी आन्दोलनका मुख्य दुई माग सम्बोधन हुने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ ।
कानुन मन्त्री नरहरि आचार्यले संसद् सचिवालयमा दर्ता गराएको संविधानमा पहिलो संशोधन विधेयकमा समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय समेटिएका छन् ।
तराईमा आन्दोलनरत दलहरुले समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको सिमांकन पुनरावलोकनको माग गर्दै आएका छन् ।
ती मागको समर्थनमा भारतले असोज ६ गतेदेखि लगाएको अघोषित नाकाबन्दीका कारण जनजीवन कष्टकर बन्दै गर्दा सरकारले नै संविधान संशोधन विधेयक दर्ता गराएको हो ।
संशोधनका लागि व्यवस्थापिका संसद्को दुई तिहाई मत आवश्यक पर्छ । यसका लागि कांग्रेस, एमाले र एकीकृत माओवादी एकै ठाउँमा उभिनुपर्छ ।
संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिनको समयसमेत गणना गर्दा विधेयक पारित हुन कम्तिमा १३ दिन लाग्छ ।

30/09/2015

संविधान अनुसार प्रतिनिधि सभाको बहुमत प्राप्त सदस्य प्रधानमन्त्री हुन पाँउछ र २५ वर्ष उमेर पुगेको व्यक्ति प्रतिनिधि सभा सदस्य हुन योग्य हुन्छ

25/09/2015

नेपालको संविधानको केहि अंश:

राष्ट्रपति र उपराष्ट्रपति
६१. राष्ट्रपति ः (१) नेपालमा एक राष्ट्रपति रहनेछ ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र
संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ ।
(३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ ।
(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य
हुनेछ ।
६२. राष्ट्रपतिको निर्वाचन ः (१) राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र
प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय
संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार संघीय कानून बमोजिम
फरक हुनेछ ।
(२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा
प्रदेश सभाको निर्वाचन नभएका कारणले मात्र राष्ट्रपतिको निर्वाचन
प्रयोजनका लागि निर्वाचक मण्डल गठन गर्न बाधा परेको मानिने छैन ।
(३) उपधारा (१) बमोजिमको निर्वाचक मण्डलको तत्काल कायम
रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।
(४) उपधारा (३) बमोजिम कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न
नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारहरू बीच मतदान हुनेछ
र त्यस्तो मतदानमा कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने
उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।
(५) उपधारा (४) बमोजिमको मतदानबाट समेत कुनै उम्मेदवारले
कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान
हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने
उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।
(६) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल
रहेकोे व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो
पद स्वतः रिक्त हुनेछ ।
(७) राष्ट्रपतिको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून
बमोजिम हुनेछ ।
घठ
६३. राष्ट्रपतिको पदावधि ः (१) राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच
वर्षको हुनेछ ।
(२) उपधारा (१) बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्काे
निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधान बमोजिमको कार्य
सम्पादन गर्नेछ ।
६४. राष्ट्रपतिको योग्यता ः (१) देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका
लागि योग्य हुनेछ ः–
(क) संघीय संसदको सदस्य हुन योग्य भएको,
(ख) कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको, र
(ग) कुनै कानूनले अयोग्य नभएको ।
(२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक
राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन
सक्ने छैन ।
६५. राष्ट्रपतिको पद रिक्त हुने अवस्था ः देहायको कुनै अवस्थामा राष्ट्रपतिको पद
रिक्त हुनेछ ः–
(क) निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव
पारित भएमा,
(ग) निजको पदावधि समाप्त भएमा,
(घ) निजको मृत्यु भएमा ।
६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकार ः (१) राष्ट्रपतिले यो संविधान वा संघीय
कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन
गर्नेछ ।
(२) उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन
गर्दा यो संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको
सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक
राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र
सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश
हुनेछ ।
घड
(३) उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश
र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानून बमोजिम हुनेछ ।
६७. उपराष्ट्रपति ः (१) नेपालमा एक उपराष्ट्रपति रहनेछ ।
(२) राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू
उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ ।
(३) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल
रहेकोे कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद
स्वतः रिक्त हुनेछ ।
६८. उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था ः देहायको कुनै अवस्थामा
उपराष्ट्रपतिको पद रिक्त हुनेछ ः–
(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव
पारित भएमा,
(ग) निजको पदावधि समाप्त भएमा,
(घ) निजको मृत्यु भएमा ।
६९. उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था ः उपराष्ट्रपतिको योग्यता, निर्वाचन
प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।
७०. राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने ः यस संविधान
बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा
समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।
७१. राष्ट्रपति र उपराष्ट्रपतिको शपथ ः राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार
सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष र
उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
७२. राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा ः राष्ट्रपति र
उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ र
त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
७३. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय ः (१) राष्ट्रपति र उपराष्ट्रपतिको कार्य
सम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहनेछ ।
(२) उपधारा (१) बमोजिमको कार्यालयको काम कारबाही सञ्चालन
गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्नेछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपालको संविधान २०७२ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share