Judicial legal debate

Directions

Judicial legal debate “न्यायको ज्ञान सचेत नागरिक निर्माण हाम्रो अभियान”

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵नेपालको संविधान, २०७२ जारी भएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिद...
18/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
नेपालको संविधान, २०७२ जारी भएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
संविधानले सुनिश्चित गरेका न्याय, समानता, स्वतन्त्रता, मौलिक हक, विधिको शासन र सामाजिक न्यायका मूल्यहरू व्यवहारमा अझ सुदृढ हुँदै जाऊन्। संविधानको भावना र मर्मअनुसार समतामूलक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणतर्फ हामी सबैको यात्रा अघि बढोस्।
— Judicial Legal Debate परिवार
“न्यायको ज्ञान, सचेत नागरिक निर्माण हाम्रो अभियान।” 🇳🇵⚖️

🌺 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌺नेपाली नारीहरूको आस्था, प्रेम र सांस्कृतिक पहिचानको प्रतीक तीज पर्वले सबैको ...
14/09/2026

🌺 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌺
नेपाली नारीहरूको आस्था, प्रेम र सांस्कृतिक पहिचानको प्रतीक तीज पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। हाम्रो मौलिक संस्कृति र परम्परा सधैँ जीवन्त रहोस्। 🙏❤️
— Judicial Legal Debate



Judicial legal debate

आज भदौ २३ गते ।Gen-z आन्दोलन पछि बनेको Gen-Z सरकारले सफलता पुर्वक निर्वाचन सम्पन्न गरेपछि बनेको नया सरकारले Gen-z को माग...
08/09/2026

आज भदौ २३ गते ।
Gen-z आन्दोलन पछि बनेको Gen-Z सरकारले सफलता पुर्वक निर्वाचन सम्पन्न गरेपछि बनेको नया सरकारले Gen-z को माग र सपना लाई सम्बोधन तथा Gen-z स’हिद र घा’इते लाई न्याय दिओस्।🙏🇳🇵
जेनजी सहिद दिवसको शुभकामना । 🙏

सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र परम्पराको गौरवमय पर्व गौरा पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहि...
04/09/2026

सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र परम्पराको गौरवमय पर्व गौरा पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं आपसी सद्भावको हार्दिक मंगलमय शुभकामना। 🙏🌿
गौरा पर्वले हाम्रो मौलिक संस्कृति, एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाओस्। 🇳🇵❤️
Judicial Legal Debate परिवार
“न्यायको ज्ञान, सचेत नागरिक निर्माण हाम्रो अभियान।”
#गौरापर्व

कतै सहयोग गर्न विर्सनु त भएको त छैन नि सहयोग गरिहाल्नुहोस् है त मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोट...
03/09/2026

कतै सहयोग गर्न विर्सनु त भएको त छैन नि
सहयोग गरिहाल्नुहोस् है त
मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको पीडामा थोरै भए पनि साथ दिने प्रयास। 🙏🇳🇵प्राकृतिक विपद्को यस दुःखद् घ...
29/08/2026

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको पीडामा थोरै भए पनि साथ दिने प्रयास। 🙏🇳🇵
प्राकृतिक विपद्को यस दुःखद् घडीमा Judicial Legal Debate परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो क्षमताअनुसार सानो सहयोग गरेका छौँ। रकम सानो होला, तर विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीप्रतिको हाम्रो मानवीय संवेदना र ऐक्यबद्धता ठूलो छ। ❤️
आज रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिले हामी सबैलाई दुःखी बनाएको छ। यस्तो कठिन समयमा पीडित परिवारलाई राहत र पुनःस्थापनाका लागि हामी सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु आवश्यक छ।
हामीले थोरै सहयोग गरेका छौँ, तपाईंहरूले पनि आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरिदिनुहोस्।
तपाईंको सानो सहयोग कसैका लागि ठूलो राहत बन्न सक्छ। 🤝
विपद्मा परेकाहरूलाई साथ दिऔँ, मानवताको हातेमालो गरौँ। 🇳🇵❤️
Judicial Legal Debate परिवार
“न्यायको आवाजसँगै, मानवताको साथ।”

27/08/2026

सुरक्षित रहौँ 🙏
समय कठिन छ, सबैजना सचेत र सतर्क रहनुहोला। आफ्नो र आफ्ना प्रियजनको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्। सबैजना सुरक्षित रहनुहोला। 🙏❤️

आज नाग पन्चमी: नाग देवताले हामी सबैको रक्षा गरुन् । 🐍🙏🏽 #नाग_पञ्चमि_२०८३
17/08/2026

आज नाग पन्चमी: नाग देवताले हामी सबैको रक्षा गरुन् । 🐍🙏🏽

#नाग_पञ्चमि_२०८३

आज Judicial Legal Debate को तर्फबाट  भक्तपुर मा देखिएको ग्यासको कृत्रिम अभाव तथा त्यसबाट विशेषगरी विद्यार्थीहरूमा परेको ...
04/08/2026

आज Judicial Legal Debate को तर्फबाट भक्तपुर मा देखिएको ग्यासको कृत्रिम अभाव तथा त्यसबाट विशेषगरी विद्यार्थीहरूमा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी (CDO) समक्ष ध्यानाकर्षणपत्र बुझायौं।
ग्यासको अभावको नाममा कालोबजारी, कृत्रिम संकट सिर्जना गर्ने प्रवृत्ति र त्यसले विद्यार्थीहरूको दैनिक जीवनमा पारेको असर तत्काल अन्त्य होस् भन्ने हाम्रो स्पष्ट माग हो।
न्याय, उत्तरदायित्व र नागरिक अधिकारको पक्षमा हाम्रो आवाज आज पनि उत्तिकै दृढ छ र भोलि पनि रहनेछ।
"जब नागरिकको समस्या हाम्रो सरोकार बन्छ, तब आवाज उठाउनु जिम्मेवारी बन्छ।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै सबैमा भानु जयन...
13/07/2026

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै सबैमा भानु जयन्तीको हार्दिक शुभकामना। 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Judicial legal debate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category