Ram Ratan

Ram Ratan BALLB -PU || Founder/Member - Learner

Lay down your Guns   पहिला प्रायोजित दंगा भड्काउने अनि छाती गोली हान्ने।।।।।
30/07/2026

Lay down your Guns

पहिला प्रायोजित दंगा भड्काउने अनि छाती गोली हान्ने।।।।।

30/07/2026

सदभाव कायम राखी ।
कोनो धर्म वा सम्प्रदायके होइ, हमसब सब स पहिने मानव छी। हार्दिकता, प्रेम, आ करुणा मनुख्खके सब स उच्च गुण अइछ।
हमरा सबहक असावधानी विभिन्न नामधारी असामाजिक तत्वसबके उपद्रवके मौका देत ।
मानवीय बनु, विवेकशील बनु।

सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सुनसरीको दुहबीमा आयोजना गरिएको सामाजिक सद्भाव र्‍याली एक महत्वपूर्ण स्थानीय पहल हो...
28/07/2026

सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सुनसरीको दुहबीमा आयोजना गरिएको सामाजिक सद्भाव र्‍याली एक महत्वपूर्ण स्थानीय पहल हो।

खासगरी क्षेत्र तथा समाजमा आपसी भाइचारा, शान्ति, र साम्प्रदायिक सौहार्दता कायम राख्नका लागि यस्ता र्‍यालीहरू आयोजना गर्ने गरिन्छ।

27/07/2026

सुनसरी झडप प्रकरण? प्रहरी?

सरकार र सुरक्षा निकायहरु कहाँ छन्? तिनको काम के हो? सुनसरीमा भएको घटनाको अनुमान गरी पहिले नै किन प्रहरीहरु तैनाथ गरिएन? ...
27/07/2026

सरकार र सुरक्षा निकायहरु कहाँ छन्? तिनको काम के हो? सुनसरीमा भएको घटनाको अनुमान गरी पहिले नै किन प्रहरीहरु तैनाथ गरिएन? त्यति पनि गर्न नसक्ने भए अनुसन्धान बिभाग र प्रहरीको औचित्य माथी नै प्रश्न किन उठाउन नमिल्ने? अनि मधेशमा जुनसुकै घटना होस्, सधैं र सिधै गोली चलाउँनै पर्ने? भिड कति थियो की भिड नियन्त्रणका कन्य उपायले काम गरेन?
अनि नयाँ सरकार आइसके पनि मानसिकता पुरानै किन? २-४ जना सामाजिक सद्भाव भड्काउने तत्वहरूलाई किन कार्यवाही हुदैन?
अन्त्यमा, मृतकजनप्रति हार्दिक श्रद्धाञ्जली सहित गोली हान्ने प्रहरीलाई कार्यवाही होस्।

25/07/2026

मा. हर्क साम्पाङले गरेका केही पोष्टहरुको असर देखिन थालेको छ। जिम्मेवार प्रतिपक्ष बन्नुको सट्टा उट्पट्याङ पोष्ट लेखेको कारण मधेश र मधेशीहरु प्रति गलत शब्दहरूको प्रयोग गरिएको भिडियोहरु Social media मा भाईरल भईरहेको छ। सरकारले आवश्यक काम र कार्यवाही तत्काल अगाडी बढाउन पर्छ।
पटकपटक मधेश र मधेशीहरुलाई टार्गेट गर्ने स्विकार्य हुने छैन।

22/07/2026

हिजो राम जस्तो भद्र र शालीन नामसंग आफ्नो दुषित अहंकार जोडेर एउटा समुहले जानकी मन्दिरमा छुद्र व्यावहार देखाउने जमात र आज मधेश र मधेशीलाई भारतीय देख्ने महेन्द्रिय मानसिकता देखाउने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई साम्पाङ दुवैमा दरिद्र मानसिकता देखियो।
मधेशले यी दुवैको बिरोध गर्छ।

21/07/2026

आज जनकपुरमा जानकी मन्दिर प्राङ्गणमा जे भयो, त्यो निन्दनीय छ। मधेशले अधिकारको राजनीति गरेको छ र आफ्ना नवयुवा पुस्तासंग पनि यहि अपेक्षा गरेको छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ram Ratan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ram Ratan:

Shortcuts

Share