कानूनी मार्गदर्शन

कानूनी मार्गदर्शन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कानूनी मार्गदर्शन, Lawyer & Law Firm, Kathamandu, Kathmandu.
(1)

कानूनी मार्गदर्शन

कानून व्यवसाय पेसामा वरिष्ठ अधिवक्ता र अग्रज अधिवक्ताहरुको ज्ञान, शिप अनुभव र भर्खरै पेशामा आउदै गरेको नव प्रवेशी कानून व्यवसायीहरुको सहज हुने गरी कानून व्यवसाय क्षेत्रमा मार्गदर्शनमा सहज हुने हेतुले यो पेज तयारी गरिएको छ ।

सम्मानित उच्च अदालतहरुबाट २०८३।०२।२५(आज) भएको मुद्दाको विवरणहरु ः
08/06/2026

सम्मानित उच्च अदालतहरुबाट २०८३।०२।२५(आज) भएको मुद्दाको विवरणहरु ः

सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको ३.२ को १०औँ बुँदामा रहेको “अदालतमा हुन...
08/06/2026

सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको ३.२ को १०औँ बुँदामा रहेको “अदालतमा हुने सुनुवाईलाइ सूचना प्रविधिमार्फत प्रत्यक्ष प्रसारण (Live Streaming) गर्ने व्यवस्था मिलाउने” कार्य कार्यान्वयन गर्न आज सम्माननीय प्रधान न्यायाधीशज्यू समेत सम्मिलित इजलासमा भएको बहसलाई यु-ट्युव (You-Tube) मार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रयोजनको लागि परीक्षण कार्य (Trial Live Streaming) सम्पन्न भयो।

सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको ३.२ को १०औँ बुँदामा रहेको “अ...

सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिर ।।।।विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन ग...
25/05/2026

सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिर ।।।।

विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन गरेको रकम आफन्तको नाममा पठाई निजहरूकै नाममा जग्गा जमिन खरिद गर्नु व्यावहारिक रूपमा चलन चल्तीमा रहेकै विषय हुने ।

विदेशमा आर्जन गरेको त्यस्तो रकम नेपालमा पठाएको र त्यस्लाई प्रयोग गरी परिवारका अरू कुनै सदस्यको नाममा सम्पत्ति जोडेको तथ्य लिखत प्रमाणबाट खुल्न आउँछ भने व्यक्तिगत विश्‍वासमा गरेको त्यस्तो कारोबार व्यवहारलाई अन्यथा भन्‍नुपर्ने अवस्था नरहने ।

त्यस अवस्थामा विदेशमा काम गरी रकम पठाउने व्यक्तिको अधिकार सुरक्षित हुने दृष्‍टिकोण अवलम्बन गर्नु न्यायको रोहमा उपयुक्त हुने ।

@@

सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासको आजै वेभपेजमा प्रकाशित फैसला ।।वैवाहिक नाता सम्बन्धमा भएको व्याख्या ।।।(कानूनका व...
01/01/2026

सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासको आजै वेभपेजमा प्रकाशित फैसला ।।

वैवाहिक नाता सम्बन्धमा भएको व्याख्या ।।।

(कानूनका विद्यार्थीहरुकोलागि अध्ययनकोलागि सहजहुने हेतुले शेयरगरिएको छ ।)


बारा जिल्ला अदालत बार एशोसिएशन नेपाल पेज
Nepal Bar Association
नेपाल बार एशाेसिएसन सिरहा
उच्च सरकारी वकिल कार्यालय, धनकुटा
उच्च अदालत पोखरा, बागलुङ इजलास

निर्णय नं. ११३७२ - परमादेशफैसला मिति:२०८०/०८/२१  पूर्ण इजलाससार्वजनिक निकायलाई विपक्षी बनाइएको भए तापनि विवादित विषयमा त...
31/12/2025

निर्णय नं. ११३७२ - परमादेश
फैसला मिति:२०८०/०८/२१
पूर्ण इजलास

सार्वजनिक निकायलाई विपक्षी बनाइएको भए तापनि विवादित विषयमा त्यस्तो निकायको सार्वजनिक कर्तव्य नै छैन वा त्यसको प्रत्यक्ष संलग्नता छैन वा भए पनि वैकल्पिक उपचार जस्तैः करारबमोजिम गराइपाउँ वा हर्जना भराइपाउँ वा हिसाब गरिपाउँ भन्ने जस्ता देवानी प्रकृतिको मुद्दा वा मध्यस्थता जस्ता उपचारको मार्ग प्रशस्त छ भने सोही मार्गबाट उपचारको खोजी गर्नुपर्ने ।

स्वभावैले पनि करारीय प्रकृतिको लिखतबाट सार्वजनिक कर्तव्य (public duty) सिर्जना नहुने हुँदा व्यक्ति-व्यक्ति बिचमा भएको त्यस्तो लिखतबाट सिर्जित व्यक्तिगत कर्तव्य (private duty) को पालना गर्न गराउन भनी परमादेशको आदेश जारी गर्न नमिल्ने ।

सामान्य अवस्थामा करारको यथावत् परिपालना गर्ने गराउने प्रयोजनका खातिर अदालतले रिट क्षेत्राधिकार ग्रहण गरी उपचार प्रदान गर्दा रिटको आधारभूत सिद्धान्तकै प्रतिकूल हुन जाने ।

(सम्मानित सर्वोच्च अदालतबाट २०८१ साल चैत्र महिनामा ने.का.प.मा जम्मा पाँचवटा नजिरहरु प्रकाशित भएका छन् । सोही महिनाको नजिर सँग्रहबाट अध्ययनकालागि शेयर गरिएको अनुरोध गर्दछौं ।)

न्यायाधीश विरुद्ध परेका उजुरी उपर कारवाही सम्बन्धी कार्यविधि, २०७५
28/12/2025

न्यायाधीश विरुद्ध परेका उजुरी उपर कारवाही सम्बन्धी कार्यविधि, २०७५

28/12/2025

अदालतमा रहने इजलास सम्बन्धी जानकारी .....

क) संवैधानिक इजलास
ख) बहृत्र पूर्ण इजलास
ग) पूर्ण इजलास
घ) संयुक्त इजलास
ङ) एक न्यायाधीशको इजलास

23/12/2025

फैसला हुन मुद्दा हुनु पर्छ

मुद्दाको लागि कारण हुनुपर्दछ ।।।

19/12/2025

निर्णय नं. ८६४२ -

संविधानसँग बाझिएका कानून अमान्य घोषित गरिपाऊँ ।

न्यायिक प्रक्रियाको मेरुदण्ड स्वतन्त्रता, सक्षमता र निष्पक्षता नै हो । नागरिकहरूको न्यायमा सहज पहुँच तथा स्वच्छ र शीघ्र सुनुवाइले न्याय प्रणालीप्रति उनीहरूको विश्वास पलाउँदछ । कुनै पनि निकाय वा अधिकारीले स्वतन्त्रतापूर्वक कार्य गर्नको लागि अन्य निकायको हस्तक्षेप वा दवाव विद्यमान रहनु हुँदैन । यसको लागि संस्थागत र कार्यात्मक दुवै स्वतन्त्रता आवश्यक पर्दछ । सक्षमतापूर्वक न्याय सम्पादनको लागि सम्बन्धित विषयवस्तु तथा सारभूत कानूनको ज्ञान, न्यायिक कार्यविधि सञ्चालनका लागि पर्याप्त अनुभव, तालीम आदिको जरुरत पर्ने ।

(प्रकरण नं.२६)

§ अदालत वा न्यायाधीशमाथि कसैको दवाव र हस्तक्षेपलाई स्वीकार गर्ने हो भने न्याय दुर्लभ बन्न पुग्दछ । कानून र न्यायका मान्य सिद्धान्तका आधारमा नभई पहुँच र प्रभावका आधारमा न्यायिक निर्णय आउने अवस्थामा अन्तत्वोगत्वा न्याय प्राप्त गर्ने नागरिक हक नै कुण्ठित हुने स्थिति सिर्जना हुन्छ । नागरिकको जीवन, स्वतन्त्रता र हक अधिकारसम्बन्धी महत्वपूर्ण विषयमा निर्णय गर्ने क्षेत्राधिकार भएको यस्तो निकाय वा अधिकारीलाई अरुको हस्तक्षेप, दवाव वा प्रभावमा राख्दा न्यायिक कार्यमा विचलन आउन सक्दछ । त्यसैले न्यायिक निकाय वा अधिकारीको हित रक्षार्थ नभई नागरिकहरूको न्याय प्राप्त गर्ने हकको सम्मान र सुनिश्चितताको लागि न्यायिक स्वतन्त्रताको अपरिहार्यता रहने ।

(प्रकरण नं.३७)

§ न्यायिक स्वतन्त्रताको अवधारणाको प्रत्यक्ष सम्बन्ध विधिको शासन र लोकतन्त्रसँग जोडिएको छ । जीवन्त र व्यवहारिक लोकतान्त्रिक पद्धतिको अस्तित्व कायम राखिराख्नको लागि न्यायिक स्वतन्त्रता अपरिहार्य तत्व हो । विधिको शासन कायम राख्नको लागि न्यायिक निकायलाई कार्यपालिकालगायतका राज्यका अन्य निकाय वा पदाधिकारीबाट स्वतन्त्र राख्नै पर्ने ।

(प्रकरण नं.३८)

§ प्रमुख जिल्ला अधिकारी कार्यपालिकाको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा काम गर्ने प्रशासनिक अधिकारी हो । कार्यपालिकीय संरचनाको महत्वपूर्ण अवयव वा पद्धतिभित्र रहेको जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको सरकारभन्दा पृथक र स्वतन्त्र अस्तित्वको खोजी गर्न तथा सोभन्दा अलग भूमिकाको अपेक्षा गर्न सकिँदैन । जिल्लाको प्रशासनिक प्रमुखका रुपमा सरकारको उपस्थितिको प्रतीकका रुपमा रहेको प्रमुख जिल्ला अधिकारीले सरकारको नीति निर्देशनभन्दा बाहिर गई काम गर्नसक्ने अवस्थाको परिकल्पना हुन नसक्ने ।

§ व्यक्तिलाई असीमित कैद गर्ने न्यायिक क्षेत्राधिकार सरकारको प्रशासनिक अधिकारीलाई दिइएको स्थितिबाट अल्पमतमा रहेका नागरिकहरूको हक अधिकार राज्य संयन्त्रबाटै दुरुपयोग हुन सक्ने सम्भावनालाई उजागर गरिरहेको हुँदा यस्तो अभ्यासलाई स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यताअनुरूप मान्न नसकिने ।

(प्रकरण नं.३९)

§ एक प्रकृतिको ज्ञान, अनुभव, जिम्मेवारी र वातावरणमा रहेको अधिकारीबाट अर्को प्रकृतिको नतिजाको अपेक्षा गर्नु स्वाभाविक र विवेकसम्मत हुन नसक्ने ।

§ नियुक्तिका लागि कानूनी शिक्षा तथा कानून वा न्यायिक कार्यविधिसम्बन्धी आधारभूत तालीमको अनिवार्यता नहुने प्रमुख जिल्ला अधिकारीलगायतका प्रशासनिक अधिकारीहरूलाई गम्भीर प्रकृतिका फौजदारी मुद्दा सुनुवाइ गरी कैद सजाय गर्ने क्षेत्राधिकार दिइएबाट निजहरूले सक्षमतापूर्वक न्यायिक कार्य सम्पादन गर्नसक्ने अवस्था देखिन नआउने ।

(प्रकरण नं.४०)

§ कार्यपालिकाको सम्पूर्ण नियन्त्रण र निर्देशनमा रहने तथा न्यायिक चरित्रको अंश न्यून रहेको हुँदा प्रमुख जिल्ला अधिकारीलगायत प्रशासनिक अधिकारीबाट प्रयोग हुने न्यायिक अधिकारक्षेत्रलाई स्वतन्त्र र सक्षम मान्न सकिने विवेकसम्मत आधार नदेखिने ।

(प्रकरण नं.४६)

§ सुरक्षा प्रशासनसम्बन्धी विषयमा कुनै न कुनै रुपमा प्रमुख जिल्ला अधिकारीको विभागीय पूर्वाग्रह रहने हुँदा निजलाई सुम्पिएका न्यायिक अधिकारक्षेत्र निष्पक्ष रुपमा सम्पादन हुन नसक्ने ।

(प्रकरण नं.४७)

§ कार्यपालिका अर्थात् सरकारको प्रशासकीय अधिकारीलाई न्यायिक स्वतन्त्रता, निष्पक्षता र नियन्त्रणका न्यूनतम् मापदण्ड बेगर सरकार वादी भै चलाइने त्यस प्रकृतिका गम्भीर फौजदारी मुद्दा हेर्न पाउने गरी कानूनमार्फत् अधिकारक्षेत्र सुम्पिएबाट स्वच्छ र निष्पक्ष न्याय प्राप्त गर्ने नागरिकको मौलिक मानव अधिकारको प्रत्याभूति हुने अवस्था नदेखिने ।

(प्रकरण नं.५०)

§ न्यायिक निर्णय गर्ने क्षमता, उपयुक्त कार्यविधि, भौतिक पूर्वाधार, जनशक्ति, निर्णय कार्यान्वयन गर्ने संयन्त्र, न्यायिक अनुशासन, जिम्मेवारी र मूल्याङ्कनको आधारभूत व्यवस्था बेगर राज्यले विभिन्न विभागहरूमार्फत् कामगर्दा विभागीय सुगमता र सहजतालाई ध्यानमा राखी न्यायलाई नै हतियारको रुपमा प्रयोग गर्ने हिसावबाट कुनै पनि अधिकारीलाई फौजदारी अधिकारक्षेत्र सुम्पनु उचित देखिँदैन । न्यायिक प्रक्रियाको आधारभूत मर्म र भावनाको प्रयोग र पालनाबेगर न्याय गरेको अनुभूति हुन नसक्ने ।

(प्रकरण नं.५५)

§ कार्य प्रकृति, विशेषज्ञता र विभागीय उत्तरदायित्वसँग असम्बन्धित विषयमा पनि नियमित अदालत वा न्यायाधिकरणकै प्रतिस्थापन गर्ने गरी वा सो सरह व्यवहार गरी नितान्त प्रशासकीय प्रकृतिको काम गर्ने अधिकारीलाई असीमित वा व्यापक प्रकृतिको न्यायिक अधिकार सुम्पनु न्यायको मान्य सिद्धान्त एवं संवैधानिक व्यवस्था, अन्तराष्ट्रिय मान्यता र व्यावहारिकताको हिसावले पनि नमिल्ने ।

§ प्रशासकीय अधिकारीलाई छोटो अवधिको कैद वा जरीवाना हुने सामान्य किसिमको विभागीय कामकारवाहीसँग सम्बन्धित विषयका न्यायिक जवाफदेहीमा सीमित गर्नेतर्फ मुख्य विचार गर्नुपर्ने ।

(प्रकरण नं.५९)

§ प्रशासनिक अधिकारीले प्रयोग गर्ने न्यायिक क्षेत्राधिकारको प्रयोगमा स्वतन्त्रता, सक्षमता र निष्पक्षताका आधारहरूलाई सुनिश्चित गरिनुका साथै कानूनको उचित प्रक्रिया र न्यायिक पुनरावलोकनको प्रत्याभूति पनि सँगसँगै गरिनु पर्ने ।

(प्रकरण नं.६१)

§ कुनै पनि प्रशासनिक अधिकारीलाई न्यायिक क्षेत्राधिकार तोक्नुपूर्व सो विषयलाई न्यायिक क्षेत्राधिकारबाट पृथक राख्न पर्ने हो होइन भन्ने कुरामा ध्यान दिनुका साथै त्यस्तो अधिकारको दुरुपयोग हुन नपाउने अर्थात् स्वतन्त्र, सक्षम र निष्पक्षतापूर्वक कार्य हुन सक्ने आधारभूत तथा न्यूनतम् मापदण्डहरूको सुनिश्चिततातर्फ समेत विधायिकाले गम्भीर ध्यान पुर्‍याउनु पर्ने ।

(प्रकरण नं.६३)

§ कानूनी रिक्तताको पूर्ति वा प्रवन्ध न्यायिक निर्णय वा आदेशबाट हुन नसक्ने र व्यवस्थापिकाबाट सम्बन्धित कानूनमा आवश्यक सुधार र परिमार्जन भै कार्यपालिकाबाट उचित प्रवन्ध गर्न केही समय लाग्ने भएको हुँदा वर्तमान संक्रमणकालीन अवस्थामा थप जटिलता र अन्यौलता आउने गरी कानूनहरू अमान्य घोषत गरिहाल्नु उचित र विवेकसम्मत हुन नसक्ने ।

ने.का.प. २०६८, अङ्क ७, निर्णय नं.८६४२
@

कालोसूची (Blacklisting) सम्बन्धी व्यवस्थामा ठूलो राहतऋण नतिर्दा वा चेक बाउन्स हुँदा कालोसूचीमा पर्ने डर धेरैलाई हुन्छ। न...
19/12/2025

कालोसूची (Blacklisting) सम्बन्धी व्यवस्थामा ठूलो राहत
ऋण नतिर्दा वा चेक बाउन्स हुँदा कालोसूचीमा पर्ने डर धेरैलाई हुन्छ। नयाँ निर्देशनले यसमा लचकता अपनाएको छ।

कहिलेकाहीँ सानो प्राविधिक गल्ती वा अन्जानवश कोही कालोसूचीमा पर्न सक्छन्। यस्तो अवस्थामा कालोसूचीबाट नाम हटाउन पहिले बैंकको सञ्चालक समिति (Board) को बैठक नै कुर्नुपर्थ्यो, जुन लामो प्रक्रिया हो। अब भने सम्बन्धित बैंकको सीईओ (CEO) ले नै ‘यो अन्जानमा भएको हो’ भनेर सिफारिस गरेमा तुरुन्तै कालोसूचीबाट हट्न सकिनेछ। यसरी हटेपछि तपाईंको रेकर्डमा ‘कालोसूचीमा परेको’ पनि बस्ने छैन।

यसका साथै कालोसूचीमा परेको व्यक्तिलाई बैंक खाता सञ्चालनमा प्रतिबन्ध हुन्छ। तर, अब राष्ट्र बैंकले ‘तलबी खाता’ (Salary Account) खोल्न छुट दिएको छ। यसको मतलब, कालोसूचीमा परे पनि तपाईंले काम गरेर तलब थाप्ने बाटो बन्द हुने छैन।

यदि ऋणीले आफूसँग पैसा नभएको तर धितोमा राखेको सम्पत्ति बैंकलाई सुम्पेर (सकार गराएर) सम्पूर्ण ऋण चुक्ता हुन्छ भने, त्यस्तो अवस्थामा पनि बैंकले ऋणीलाई कालोसूचीबाट हटाउनुपर्ने व्यवस्था गरिएको छ।

Source :

Full summary of NRB Circular 2081: blacklist relief via CEO recommendation, 3-step collateral auction rule, DTI updates, and tax income proof.

Address

Kathamandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when कानूनी मार्गदर्शन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share