06/02/2026
पतकर,
अर्थात झरेको पात,
पुर्ववाट हुरी आउदा,
पतकर सवै भन्दा पहिला पश्चित तिर पुग्छन्
पश्चिमवाट हुरी आउदा,
पतकर सवै भन्दा पहिला पुर्व तिर पुग्छन्
पतकरहरुलाई लाग्दो हो, हामी उडे पछि जंगल खाली भयो होला ।
जव आधि हुरी रोकिन्छ,
त्यहि पतकरहरु छिटै कुहिन्छन, र सडछन्
तर जंगल यथावत रहन्छ,
पतकरको अस्तित्व समाप्त हुन्छ ।
अहिले केही राजनैतिक शक्तिहरु,
नया भन्दै आधि हुरी सृजना गर्न खोजी रहेछन्
राजनैतिक पतकरहरु,
सवै भन्दा अगाडि सामाजिक संजालवाट गालिको वर्षा गरी रहेका छन् ।
पचाउन सकिने र नसकिनै सवै गाली र धम्कीको वर्षा भै रहेको छ ।
आफुलाई समर्थन नगर्नेहरुलाई फोनवाटै धम्काउने खेति शुरु भएछ ।
सवैलाई थाहा छ,
आधि हुरीको आयु लामो हुदैन,
अहिले राजनैतिक पतकरहरु आंधि वेगमा गाली पुराण लगाई रहेछन ।
जव आधि हुरी रोकिन्छ,
राजनैतिक पतकरहरु सडछन्, गनाउछन् र दुर्गन्धित हुन्छन ।
तिनको अस्तित्व जंगललाई मलिलो वनाउन काम लाग्छ ।
आफैले नत सितलता दिन सक्छ ? नत कसैलाई आनन्दित वनाउछ ।
तर दुर्गन्छ अवश्य फैलाउछ् ।
अहिले सामाजिम संजाल दुर्गन्धित वनाए झै ।
तसर्थ,
राजनीतिक पतकर नवनौ,
अरूलाई वन्नवाट रोक्ने प्रयास गरौ ।
पुनश्च : आंधि चल्दा सम्म नव पतकरहरुलाई गालि गालौज गर्ने पर्याप्त स्वतन्त्रता छ । यसमा गालीको वर्षा गर्न सक्नु हुनेछ ।