Nyayik Paridhi - न्यायिक परिधि

Nyayik Paridhi - न्यायिक  परिधि We are here to assist you for Access to law and justice. Feel free to share your problem if you are seeking for legal solution.

We will help you to get the information regarding legal provisions and ways to get legal remedy for your problem.

Nyayik Paridhi is pleased to share that our Chairperson, Advocate Rabina Kc, has successfully completed the Mediation Tr...
30/07/2026

Nyayik Paridhi is pleased to share that our Chairperson, Advocate Rabina Kc, has successfully completed the Mediation Training and obtained her Mediator’s License. This milestone further strengthens our commitment to promoting legal awareness, community-based dispute resolution, and access to justice. As we continue our legal literacy, rights awareness, and community empowerment initiatives, this expertise will support our efforts to encourage dialogue, peaceful conflict resolution, and informed communities across Nepal.

न्यायिक परिधिका अध्यक्ष अधिवक्ता रबिना के.सी. ले मध्यस्थता तालिम सफलतापूर्वक सम्पन्न गरी मध्यस्थकर्ताको इजाजतपत्र प्राप्त गर्नुभएकोमा हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनमा संस्थाले सञ्चालन गर्ने कानुनी साक्षरता, अधिकार सचेतना, सामुदायिक सशक्तीकरण तथा मेलमिलाप प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरूमा प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रभावकारी रूपमा प्रयोग गर्दै समुदायमा संवाद, सहकार्य र शान्तिपूर्ण विवाद समाधानको संस्कृतिलाई प्रवर्द्धन गर्न न्यायिक परिधि निरन्तर प्रतिबद्ध रहनेछ।

के तपाईंलाई थाहा छ आत्महत्याले सङ्क्रमण (मास हिस्टेरिया)को रुप लिन सक्दछ ??जब एक व्यक्तिले आत्महत्या गर्दछ,यसले आत्महत्य...
11/07/2026

के तपाईंलाई थाहा छ आत्महत्याले सङ्क्रमण (मास हिस्टेरिया)को रुप लिन सक्दछ ??
जब एक व्यक्तिले आत्महत्या गर्दछ,यसले आत्महत्याको जोखिममा रहेकाहरुलाई उदाहरणको रुपमा काम गर्न सक्छ।र यसले पछि आत्महत्याहरुमा वृद्दि गर्न सक्छ।

१)आत्महत्या रोकथाम सम्बन्धमा मानव अधिकारको दृष्टिकोणबाट पनि संबिधानले प्रदत्त गरेको सम्मान पूर्वक बाँच्न पाउनु पर्ने हकको सुनिस्चितका लागि सरकारबाट आवश्यक निति ,रणनिति तर्जुमा गरिनुपर्दछ। संबिधान प्रदत्त अन्य सबै मौलिक हकको सुनिश्चिततासँग प्रत्यक्ष अप्रत्यक्ष रुपले नागरिकको सहज एवम् सरल जिवन यापनको बिषय जोडिएको छ। यस अर्थमा नागरिकको मानसिक अवस्थाको जिम्मेवार राज्य पक्षको सरोकारको विषय पनि हो/बन्नुपर्दछ।
२) हरेक उमेर समुहमा मानसिक स्वास्थ एक विकराल अवस्थाका रुपमा देखापर्न थालेको छ। बालबालिकामा देखा परेका मानसिक समस्याहरु युवा एवम् बयस्क व्यक्तिका परेका भन्दा फरक खालका छन्। बालबालिकाहरुमा देखा परेका मानसिक समस्या मुख्यतया: घर परिवार, बिध्यालयको वातावरण , रहनसहनमा निर्भर हुन्छ ।
३) बालक एवम् टिनएज अवस्थाको हुर्किदै गरेको वातावरण र भोगेका ट्रमा ( मानसिक अवस्थालाई आघात पार्ने घटना ) हरुले मानिसको जिवनमा पछि सम्मै प्रत्यक्ष अप्रत्यक्ष रुपमा आघात पार्न सक्दछ।
४) राज्यले अवलम्बन गरेका निति तथा कानुनहरु समय सान्दर्भिक नहुँदा, नागरिकका समस्याहरु सम्बोधन हुन नसक्दा , यि बिषय प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नागरिकको मानसिक स्वास्थ्यको विषय बन्न पुग्दछन्। जस्तै :कोभिडको माहामारी पश्चात बैँक तथा वित्तीय सुरक्षा सम्बन्धमा माग सम्बोधन हुन सक्नुले ऋणीहरुमा अझै डर र त्रासको स्थिति श्रिजना कायम गरेको छ।पछिल्लो समयमा आत्महत्या गर्नेमा ऋणी तथा व्यवसायीहरुको सङ्ख्या उच्च रहेको एक तथ्यांकले देखाएको छ।५) नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०२१ को प्रतिवेदन अनुसार नेपालमा बर्सेनि करिव ५,००० जनाले आत्महत्या गर्दछन।जुन १५- ४९ बर्ष समुहका मानिसको मृत्युको मुख्य कारण हो।
६) अात्महत्या गर्ने मानिसलाई आन्तरिक तथा बाह्य परिस्थिति दुवैले बढि गलाउँछ। यस समस्याको समाधान गर्न व्यक्ति स्वयम् ,परिवार,साथिभाई ,समाज ,सङ्घसंस्था र सिङ्गो राष्ट्र नै सक्रिय हुनु आवश्यक छ।

२०८३ जेठ २९  गते हामीले उपभोक्ता अधिकार, डिजिटल कानून तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न ...
25/06/2026

२०८३ जेठ २९ गते हामीले उपभोक्ता अधिकार, डिजिटल कानून तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका थियौं।
कार्यक्रममा उपभोक्ता संरक्षण, डिजिटल अधिकार, अनलाइन सुरक्षा तथा साइबर अपराध विरुद्ध उपलब्ध कानुनी उपचारका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले डिजिटल युगमा आफ्ना अधिकार र जिम्मेवारीबारे महत्वपूर्ण जानकारी हासिल गर्नुभयो।
कानुनी सचेतना र डिजिटल साक्षरता आजको आवश्यकता हो। यस्ता कार्यक्रममार्फत समुदायलाई सशक्त बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ। ⚖️

On 2083/02/29, we successfully conducted an awareness program on Consumer Rights, Digital Law, and Cyber Crime.
The session focused on consumer protection, digital rights, online safety, and the legal remedies available in the digital age. Through interactive discussions, participants gained valuable insights into navigating the digital world safely and responsibly.
Legal awareness and digital literacy are essential in today's interconnected world, and we remain committed to empowering communities through such initiatives. ⚖️

03/03/2026

के तपाईंको रोजगार सम्झौतामा यी सबै कुराहरू स्पष्ट रुपमा उल्लेख गरिएका छन्?

Address

Kalanki , Kathmandu/14
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nyayik Paridhi - न्यायिक परिधि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nyayik Paridhi - न्यायिक परिधि:

Shortcuts

Share

Category