27/08/2026
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण भएको जनधनको क्षतिले अत्यन्तै दुःखी बनाएको छ। यस विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा आफू र आफ्ना परिवारको सुरक्षा हो। यो कठिन समयमा सबै जना एकअर्काको ख्याल गरौँ, आवश्यक सहयोग गरौँ र अपुष्ट सूचना तथा अफवाह नफैलाऔँ।
सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्।