Advocate Vinod Karky

Advocate Vinod Karky Lawyer /Attorney

कानून पढेका विधायक र मन्त्रीले Newyork, London र Geneva मा मुख्यालय रही UN को सल्लहाकारी हैसियत प्राप्त अन्तरास्ट्रिय मा...
05/08/2026

कानून पढेका विधायक र मन्त्रीले Newyork, London र Geneva मा मुख्यालय रही UN को सल्लहाकारी हैसियत प्राप्त अन्तरास्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई संसदीय समितिमा बोलाउने भन्नु र निर्णय गर्नुले रास्ट्रिय कानूनको सीमा र अन्तरास्ट्रिय कानूनको विषय बारे Law College हरुले राम्रो शिक्षा दिएको देखिएन। नेपालको कानून शिक्षामा ठुलै सुधार गर्न बार काउन्सिल, विश्वविद्यालय र सर्वोच्च अदालत समेत अग्रसर हुन ढिलो भई सक्यो। शुभरात्रि 🙏

सबै कानून व्यवसायीलाई सादर आमन्त्रण । 🙏
30/07/2026

सबै कानून व्यवसायीलाई सादर आमन्त्रण । 🙏

"महाकाली पारिको त्यो बेलाको नेपाल " जस्ताको त्यस्तै यो बेला हेर्ने हो भने पर्खर अध्येता विद्वान कानून व्यवसायी सुवर्ण था...
29/07/2026

"महाकाली पारिको त्यो बेलाको नेपाल " जस्ताको त्यस्तै यो बेला हेर्ने हो भने पर्खर अध्येता विद्वान कानून व्यवसायी सुवर्ण थापाको यो किताब हेर्नु होला। किताब पढ्दा लेखकको निकै मेहनत र गहन अनुसन्धान देखिन्छ। यो विषयमा यति गहन अर्को किताब छ जस्तो लाग्दैन। तसर्थ किताब संग्रहनीय छ।।🙏

एक लोकतान्त्रिक योद्धाको अबसान!श्रद्धान्जली गोपाल मान दाई!🙏
28/07/2026

एक लोकतान्त्रिक योद्धाको अबसान!
श्रद्धान्जली गोपाल मान दाई!🙏

राधिका दासी र सार्वजनिक परिक्षा :                खुला लोकतान्त्रिक समाजमा नेता, मंत्री र प्रधानमन्त्री जस्ता सार्वजनिक व...
24/07/2026

राधिका दासी र सार्वजनिक परिक्षा :
खुला लोकतान्त्रिक समाजमा नेता, मंत्री र प्रधानमन्त्री जस्ता सार्वजनिक व्यक्तित्व, खेलाडी र कलाकार जस्ता सार्वजनिक व्यक्तित्व र सन्त, पूजारी र धार्मिक कथावाचक जस्ता सार्वजनिक व्यक्तित्वको बारेमा प्रश्न उठ्नु र आरोप लाग्नु स्वभाविक हो। उनीहरुले सार्वजनिक परिक्षा public scrutiny बाट भाग्न मिल्दैन।
पोप र पादरीको बारेमा पनि बेला बेलामा प्रश्न उठने र आरोप लाग्ने गरेको छ। मुल्ला र मौलनाको बारेमा पनि बेला बेलामा प्रश्न उठने र आरोप लाग्ने गरेको छ। लामा र रिम्पोछेको बारेमा पनि बेला बेलामा प्रश्न उठने र आरोप लाग्ने गरेको छ। सन्त, पूजारी र कथा वाचकको बारेमा पनि बेला बेलामा प्रश्न उठने र आरोप लाग्ने गरेको छ। केही आरोप पुष्टि हुन सकेका छैनन्। केही आरोप पुष्टि हुने गरेको छ।
दलाइ लामाले बच्चालाई किस गर्दा ठूलो आलोचना भयो र माफी मागे। ओशो रजनीशलाई महिला र यौनसंग जोडेर धेरै आरोप लगाइयो। साइबाबालाई पनि धेरै आरोप लागे। नेपालमै पनि नारायण पोखरेल लगायतका धेरै धार्मिक व्यक्तित्वका बारेमा विभिन्न प्रश्न उठे। विभिन्न आरोप लागे। त्यसमा उनीहरुको पारदर्शी र असल आचरणले खण्डन गर्दै जाने हो। सार्वजनिक परिक्षा public scrutiny मा खरो उत्रने हो। स्वयम तथागत बुद्धलाई पनि चोर, ढोंगी भन्नेहरु थिए। तर तथागत बुदधले आचरणले आरोप असत्य साबित गरिदिए। बदला लिने वा प्रतिशोध सांध्ने काम गरेनन। अत: बदला वा प्रतिशोध सन्त र धार्मिक आध्यात्मिक व्यक्तिको मार्ग होइन। तर कथावाचक राधिका दासी आफु उपर लागेको आरोपको आचरण र व्यवहारले खण्डन नगरी प्रतिशोध सांध्न प्रहरी लगाउदै छिन। यो उनको व्यक्तित्वलाई नसुहाउँदो कार्य त हो नै संग संगै लोकतान्त्रिक खुला समाजको मुल्य मानयता विरुद्ध हो। त्यसैले वेदिका केसीले मात्र होइन सार्वजनिक व्यक्तित्वको बारेमा सबैले प्रश्न उठाउन पाउनु पर्छ। उनीहरुको सार्वजनिक परिक्षा हुनै पर्छ। संगसंगै प्रश्न उठाउनेले पनि असल नियतका साथ वस्तुनिष्ठ प्रमाणको आधारमा बोल्नु उचित हुन्छ।

आज मिति २०८३ साउन २ गते शनिबार किम्ची रेष्टुरेण्ट अनामनगर काठमाडौंमा   चीर परिचित लेखक डाक्टर शङ्कर कुमार श्रेष्ठ सम्पाद...
18/07/2026

आज मिति २०८३ साउन २ गते शनिबार किम्ची रेष्टुरेण्ट अनामनगर काठमाडौंमा चीर परिचित लेखक डाक्टर शङ्कर कुमार श्रेष्ठ सम्पादक र गोपिनी श्रेष्ठ, चारु मल्ल (श्रेष्ठ) र चेतन कुमार श्रेष्ठ सहसप्पादक भएको " पैरवी नेपाली - अङ्ग्रेजी - नेपाली बृहत शब्दकोशको" विमोचन भयो। उक्त अवसरको मैले पनि निम्तो पाएकोले सहभागी भई कार्यक्रममा भएको समिक्षा सुन्ने लाभ समेत प्राप्त गरे र एकप्रति शब्दकोश निजि संग्रहको लागि किनेर लेराए पनि।
ॐ शब्दबाट शुरु भएको शब्दकोशमा १६३२ +१५ पृष्ठ छन। भूमिकामा अन्य कुराको अतिरिक्त ॐ को महिमा वर्णन गरिएको छ। यसले सम्पादकको भाषा साहित्यको अतिरिक्त पौरस्त्य आध्यात्मिक दर्शनमा पनि गहिरो दखल रहेको ज्ञात हुन्छ। कडा बाक्लो गाता (hard cover) भएको कोशको मुल्य रु ३३३३ राखिएको छ। झट्ट हेर्दा सुन्दा महंगो जस्तो लागे पनि पृष्ठ संख्या, कडा बाक्लो गाता, सम्पादकको मेहनत सबैलाई बिचार गर्दा यो मूल्य बढि होइन। शब्दकोश संग्रहनिय छ। प्रत्येक घरमा यो एउटा हुनु राम्रो हो।
अन्तमा सम्पादक मण्डललाई केही सुझाव दिन चाहन्छु। यसमा उत्तराधुनिकताको सिद्धान्त र त्यसको प्रभावमा रहने उच्च प्रविधि अनि डिजिटल प्रविधिसंग सम्वन्धित जनजिब्रोमा चलनचल्ती बढ्दै गएका शबदहरु छुटेका छन। उदाहरणका लागि :
१)उत्तराधुनिकता postmodernity
२) उत्तर संरचनावाद post structuralism
३) विनिर्माणवाद deconstruction
४) महासंकथन meta narrative
५) अति यथार्थ surreal
६) सत्य पर post-truth
७) गहिरो झुठ deepfake
८) कृतिमा वौद्धिक Artificial intelligence आदि ।
यि र उत्तराधुनिकता संग सम्वन्धित यस्ता नयाँ अवधारणामा आधारित शब्दहरू आगामी संस्करणहरुमा थपिदै जाउन भन्ने कामना सहित सम्पादक डाक्टर श्रेष्ठ र सहयोगीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । धेरै धेरै बधाई शंङ्कर दाइ। 🙏

के आधारमा बोल्छन यी मनुवा ?कहिले कसले merger प्रस्ताब लगेछन ??
17/07/2026

के आधारमा बोल्छन यी मनुवा ?
कहिले कसले merger प्रस्ताब लगेछन ??

Prosecution or persecution ???High sounding nothing.
17/07/2026

Prosecution or persecution ???
High sounding nothing.

17/07/2026

माननीय न्याय परिषद ज्यु,
फर्छ्यौट संख्या भन्दा उल्टीको रेकर्ड र फैसलाको गुणस्तर जाँचलाई उच्च प्राथमिकता दिने गरौ । 🙏

A progressive view of the Indian Supreme Court. 🙏
16/07/2026

A progressive view of the Indian Supreme Court. 🙏

In a significant judgment reinforcing gender equality within marriage, the Supreme Court of India ruled that a professionally qualified woman cannot be expected to abandon her career simply to satisfy traditional expectations of being an "obedient wife." The case involved an Army officer who sought divorce, arguing that his wife, a qualified dentist, had treated him with cruelty by choosing to pursue her career and live separately instead of accompanying him to every place of posting. The Family Court and the Gujarat High Court accepted this argument and described her conduct as cruelty and desertion.

A Bench of Justices Vikram Nath and Sandeep Mehta overturned those findings. The Court observed that marriage does not eclipse a woman's individuality or professional identity, and that expecting a woman to sacrifice her career merely because she is married reflects an "archaic, ultra-conservative and regressive" approach inconsistent with constitutional values. It further held that pursuing a career or living separately for legitimate professional reasons or for a child's welfare cannot automatically be treated as cruelty or desertion.

While the Supreme Court removed the adverse findings against the wife, it did not reverse the divorce itself, because the marriage had already irretrievably broken down for other reasons. The ruling is widely regarded as an important reaffirmation of women's autonomy, dignity, and professional independence within marriage.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Vinod Karky posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category