कानुनी परामर्श सेवा

कानुनी परामर्श सेवा निशुल्क रुपमा कानुनी क्षेत्रको ज्ञान नभएका मानिसहरुलाई कानुनी परामर्श दिने निशुल्क रुपमा कानुनी परामर्श सेवा तथा कानुनी कागजात तयार गर्न सहयोग गर्ने

27/08/2025

निशुल्क रुपमा कानुनी परामर्श दिने तथा कानुन सम्बन्धी बिभिन्न पक्षहरुको बारेमा जानकारी गराउने कुन कसुर गरेमा कस्तो सजाय हुन्छ । सजाय दिलाउने प्रत्रिया केहो हदम्याद कति रहन्छ । साथै समाज र देशमा निशुल्क रुपमा निस्वार्थ भावले कानुनी सचेतना फैलाई देशमा भइराखेका अपराधिक गतिबिधि मा कमी ल्याउने तथा मैले कुन कसुर गरेमा के सजाय हुन्छ भन्ने कुराको जानकार्री नभएर पनि समाजमा धेरै अपराधिक घटनाहरु घटने गर्दा पिडित लाई कानुनी उपचार खोज्ने प्रत्रिया थाहा नहुदा कानुनी उपचा् पाउने र पिडक ले सजाय पाउने न्युन सम्भावना लाई मध्यनजर गर्दे कानुनी शिक्षा अध्ययन गरि देशमा निशुल्क रुपमा परामर्श दिने तथा अन्यायमा परेकालाई कानुनी सहायता बारे सुशुचित गर्ने उदेश्यका साथ यो फेसबुक पेज निमार्ण गरिएकोले यो पेजलाई लाइक र सबैले यसबाट लाभ लिन सकुन भनेर यो पेजलाई आप्नो फेसबुक बालमा समेत सेयर गरिदिनहुन बिन्रम अनुरोत्र गर्दछु । सेवा नै धर्म हो भन्ने मुल मन्त्र लाई आत्मसात गरि यो पेज सञ्चालनमा आएको समेत जानकारी गराउदै यस पेजबाट प्रदान गरिने सम्पुर्ण परामर्श का सेवाहरुमा कुनै शुल्क समेत नलाग्ने र आर्थिक अबस्था कमजोर भई कानुन ब्यबशायीकहा जान नसकि बर्षो देखि पिडा सही बसिरहेका हरुका लागी समेत यो पेज उपयोगी हुने भएकोले यहाहरुले यो पेजको लिंक लाई सेयर गरि सबैमा जानकारी गराउनुहुन समेत अनु्रोध गरिन्छ ।

Send a message to learn more

27/08/2025

गैरकानूनी थुना सम्बन्धी कसूर
२००. बदनियतपूर्वक थुनछेक गर्न नहुनेः (१) कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(३) अधिकार प्राप्त व्यक्तिले बाहेक अरु कसैले कसैको आवागमनमा अवरोध गर्न वा गराउन हुँदैन ।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
२०१. मानवोचित न्यूनतम सुविधा नदिई थुनामा राख्न नहुनेः (१) कानून बमोजिम थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई पनि कानून बमोजिम उपलब्ध गराउनु पर्ने सुविधा नदिई वा थुनामा राखिएको ठाउँमा उपलब्ध न्यूनतम मानवोचित सुविधा नदिई थुनामा राख्न वा राख्न लगाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई डेढ वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
२०२. छाड्ने आदेश भएकोमा थुनी राख्न नहुनेः (१) कानून बमोजिम थुनामा रहेको कुनै व्यक्तिलाई थुनाबाट छाड्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट आदेश प्राप्त भएपछि त्यस्तो व्यक्तिलाई थुनाबाट नछाडी थुनी राख्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म हुनेछ ।
२०३. गोप्य तरिकाले थुनामा राख्न नहुनेः (१) अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिलाई थुनामा राख्दा निज थुनिएको कुरा वा थुनिएको ठाउँको जानकारी नहुने वा पत्ता नलाग्ने गरी गोप्य रुपमा थुनामा राख्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
२०४. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूर गर्ने वा गराउने कसूरदारबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
२०५. हदम्यादः दफा २०० को उपदफा (३) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा थुनामा परेको व्यक्ति थुनाबाट मुक्त भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

Send a message to learn more

14/08/2025

चोरी तथा डाँका सम्बन्धी कसूर
२४१. चोरी गर्न नहुनेः (१) कसैले चोरी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले अन्य व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चल सम्पत्ति आप्mनो बनाउने, उपभोग गर्ने वा लिन खानका लागि त्यस्तो व्यक्तिको मञ्जुरी विना बेइमानीका नियतले लिएमा वा स्थान परिवर्तन गरेमा निजले चोरी गरेको मानिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि –
(क) “मञ्जुरी” भन्नाले लिखित वा मौखिक रुपमा दिइएको वा आचरणद्वारा व्यक्त भएको मञ्जुरी सम्झनु पर्छ ।
(ख) अठार वर्ष नपुगेका बालबालिकाकोे वा होस ठेगानमा नभएको व्यक्तिको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।
२४२. चोरी गरेमा हुने सजायः (१) देहाय बमोजिमको अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि सत्तरी हजार रुपैयाँँसम्म जरिबाना हुनेछः–
(क) कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कुनै धार्मिक स्थान वा देवालयको सम्पत्ति चोरी गरेमा,
(ख) कुनै व्यक्तिलाई मादक पदार्थ खुवाई वा लागू पदार्थ सेवन गराई वा अरु किसिमले वेहोस गराई कुनै सम्पत्ति चोरी गरेमा,
(ग) भूकम्प, आगलागी, बाढी, हूलदङ्गा वा यस्तै प्रकृतिको अरु कुनै सङ्कटापन्न स्थिति वा कुनै दुर्घटनाको मौका छोपी कुनै सम्पत्ति चोरी गरेमा,
(घ) आफू जुन कार्यालय वा व्यक्तिको सेवामा रहेको छ त्यस्तो कार्यालय वा व्यक्तिको सम्पत्ति चोरी गरेमा,
(ङ) मानिस वा वस्तु परिवहनको लागि उपयोग भएको कुनै सवारीमा चोरी गरेमा ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयााँसम्म जरिबाना हुनेछ ।
२४३. नकवजनी चोरी गर्न नहुनेः (१) कसैले नकवजनी चोरी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कुनै घरमा सो घरको मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो, स्थान वा तरिका वा साधनबाट प्रवेश गरी चोरी गरेमा वा चोरी गरिसकेपछि मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो, स्थान वा तरिका वा साधनबाट बाहिर निस्केमा वा निस्कने उद्योग गरेमा निजले नकवजनी चोरी गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्र्नेे व्यक्तिलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखि पचास हजार रुपैयाँँँसम्म जरिबाना हुनेछ ।
२४४. डाँका गर्न नहुनेः (१) कसैले डाँका गर्न वा गराउन हुँदैन ।
(२) कसैले देहाय बमोजिमको चोरी गरेमा निजले डाँका गरेको मानिनेछः–
(क) चोरी गर्नाका लागि वा चोरी गर्दा वा चोरी गरेको सम्पत्ति लैजान वा चोरी गरेपछि पक्राउबाट बच्नका लागि कुनै व्यक्तिको ज्यान लिएमा वा निजलाई गम्भीर चोट पुर्याएमा वा बाँधछाँद वा थुनछेक गरेमा वा सो कुराको उद्योग गरेमा वा तत्कालै कुनै व्यक्तिको ज्यान लिने वा निजलाई गम्भीर चोट पुर्याउने डरत्रास देखाएमा वा जोखिमी हातहतियार साथमा लिई चोरी गरेमा,
(ख) तत्कालै कसैको ज्यान लिने वा कसैलाई चोट पुर्याउने वा नियन्त्रणमा लिने डरत्रास देखाई वा आपराधिक लाभ लिई कुनै रकम वा आर्थिक लाभ प्राप्त गरेमा,
(ग) बाटो घाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी डर, त्रास देखाई जोखिमी हातहतियार प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा चोरी गरेमा ।
(घ) तीन जना वा तीन जनाभन्दा बढीको जमात भई चोरी गरेमा ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर भए सात वर्षदेखि चौध वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँदेखि एक लाख चालीस हजार रुपैयाँँसम्म जरिबाना,
(ख) उपदफा (२) को खण्ड (ग) वा (घ) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँँसम्म
जरिबाना ।
२४५. चोरीमा प्रयोग हुने औजार लिई हिड्न नहुनेः (१) कसैले चोरी गर्ने वा डाँका गर्ने नियतले चोरी वा डाँकामा प्रयोग हुन सक्ने औजार, मालसामान, हातहतियार, नक्कली साँचोे, पञ्जा, भर्याङ्ग आदि साधन लिई कसैको घर परिसरमा हिड्न वा प्रवेश गर्न वा प्रवेश गर्ने उद्योग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिम हिँडने, प्रवेश गर्ने वा प्रवेश गर्ने उद्योग गर्ने व्यक्तिले अन्यथा प्रमाणित भएकोमा बाहेक चोरी गर्ने नियतले हिडेको, प्रवेश गरेको वा प्रवेश गर्न उद्योग गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
२४६. बगली मार्न नहुनेः (१) कसैले बगली मार्न वा मार्न लगाउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले पैदल हिँडिरहेको, सवारी साधनमा यात्रा गरिरहेको वा कुनै सार्वजनिक स्थानमा रहेको व्यक्तिले थाहा पाउने वा नपाउने गरी निजको बगली वा निजको साथमा रहेको थैली, झोला वा अन्य कुनै किसिमको साधनमा रहेको नगद वा धनमाल लिएमा निजले बगली मारेको मानिनेछ ।
तर दश हजार रुपैयाँँ नगद वा दश हजार रुपैयाँँभन्दा बढी मूल्य भएको धनमाल बगली मारेको भए दफा २४१ बमोजिमको कसूर गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः
(क) पहिलो पटक बगली मारेको भए एक महिनासम्म कैद वा विगो बमोजिम जरिबाना वा दुवै सजाय,
(ख) दोस्रो पटकदेखि पटक्कै पिच्छे दुई महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना कैद वा दुवै सजाय ।
२४६क.थप सजाय गरी क्षतिपूर्ति भराईने: (१) कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै सरकारी, सार्वजनिक वा निजी वस्तु वा सम्पत्ति चोरी गर्ने वा चोरी गरी प्राप्त गरेको वस्तु वा सम्पत्ति जानी-जानी किन्ने वा बेच्ने कार्य गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिमको कसूरमा हुने सजायमा थप एक वर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय
हुनेछ ।
(२) उपदफा (१) बमोजिमको वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्ति समेत कसूरदारबाट भराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसूर गरेको मानिनेछ ।
२४७. बिगो भराउनु पर्नेः (१) यस परिच्छेद बमोजिमको कसूर गर्ने कसूरदारबाट त्यस्तो कसूरको बिगो भएमा बिगो जफत गरी सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ । कसूरदारले बिगोको सम्पत्ति मासिसकेको भए त्यस्तो बिगोको मूल्य बराबरको सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बिगो भराउँदा बरामद भई आएको मालमध्ये चिन्हले वा प्रमाणबाट यसको भन्ने ठहरेको जति जसको हो उसैलाई भराई दिई अरु धनी पत्ता नलागेको माल धरौट राखी तीन महिनाको अवधि दिई सूचना जारी गर्नु पर्नेछ र सो अवधिमा कसैले लिन आयो र चोरीको दरखास्तमा लेखिएको मालसँग मिल्न आयो भने सम्बन्धित मालधनीलाई फिर्ता दिनु पर्नेछ । त्यसरी मालवस्तु लिन आएन वा दरखास्तको मालमा मिलेन भने पहिले पक्री ल्याउने धनीलाई साबूत भराई बढ्ता भए अरु कायम गराइसकेको धनीलाई दामासाहीको हिसाबले भराई दिई बढी भए लिलाम गरी सरकारी कोषमा दाखिला गर्नु पर्नेछ।
२४८. हदम्यादः दफा २४५ र २४६ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

Send a message to learn more

03/07/2025

अंशबण्डा सम्बन्धी व्यवस्था
२०५. अंशियार मानिनेः सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् ।
२०६. अंशको समान हकदार हुनेः (१) प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन् ।
(२) अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन् ।
२०७. वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मेका छोरा, छोरीले अंश पाउनेः कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मिएका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन् ।
२०८. आमाबाट अंश पाउनेः (१) बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् ।
(२) प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन ।
२०९. बाबु वा पतिको भागबाट अंश पाउनेः (१) सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन् ।
(२) अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् ।
(३) कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।
२१०. पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट अंश पाउनेः (१) कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबण्डा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकोसँग आफ्नो अंश मिलाई सँगै बसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउनेछन् ।
(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आफूले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनु पर्नेछ ।
२११. अंश लिन सक्नेः (१) सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था पूरा गर्नु पर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्नेछ ।
२१२. जहिलेसुकै भिन्न हुन सक्नेः (१) अंशियारहरू बीच आपसी सहमति भएमा निजहरू जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्नेछन् ।
(२) पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै पनि अंशबण्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् ।
स्पष्टीकरणः यस संहिताको प्रयोजनको लागि “घरको मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले घरको मुख्य भई काम गर्ने वा सगोलमा बसी विभिन्न ठाउँमा खेती, व्यापार, व्यवसाय वा अन्य कुनै काम गरी घर व्यवहार चलाउने जिम्मेवारी भएको कानून बमोजिम उमेर पूरा गरेको व्यक्ति सम्झनु पर्छ ।
२१३. पति वा पत्नीले अंश लिई भिन्न हुन सक्नेः दफा २११ मा जुनसुकै कुरा लेखिएको भए तापनि पति वा पत्नीले देहायका कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछः–
(क) पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा,
(ख) पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा ।
२१४. विधवाले अंश लिई भिन्न हुन सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछ ।
(२) विधवाले अर्को विवाह गरेमा निजले अंश वापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पति तर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफंैले लिन पाउनेछ ।
२१५. अंश छोडपत्र गर्न सक्नेः (१) कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ ।
तर नावालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन ।
(३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ ।
(४) अंश छोडपत्र गर्दा वा अंश बुझिलिनु पर्दा अंशियार आफैँ उपस्थित हुनु पर्नेछ ।
तर निज उपस्थित हुन नसकेमा त्यस प्रयोजनका लागि निजले कानून बमोजिम अधिकृत वारेस नियुक्ति गर्नु पर्नेछ ।
२१६. अंशबण्डा गर्नु पर्नेः (१) सगोलको सम्पत्ति अंशबण्डा गर्दा यस परिच्छेदको अधीनमा रही अंशियारहरू बीच लिखित रूपमा बण्डापत्र गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अंशबण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटी बढी नहुने गरी बण्डा गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “सगोलको ऋण” भन्नाले घरको मुख्य भई काम गर्ने व्यक्ति वा सवै अंशियारले सहमति गरेको वा सगोलमा बसी विभिन्न ठाउँमा घर, खेती, व्यापार वा अरू कुनै काम गर्ने उमेर पुगेका व्यक्तिले लिएको ऋण वा गरेको व्यवहार वा सगोलका उमेर पुगेका अन्य व्यक्तिले गरेको व्यवहारमा त्यस्ता व्यक्तिको लिखित सहमति भएको कारोबारमा लागेको ऋण सम्झनु पर्छ ।
(३) अंशबण्डा गर्दा असल कमसल मिलाई अंशियारहरूको मञ्जुरी बमोजिम र त्यसरी मञ्जुरी हुन नसकेमा गोला हाली बण्डा गर्नु पर्नेछ ।
(४) अंशबण्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंशबण्डा गर्नु पर्नेछ ।
तर त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्न सकिनेछ ।
२१७. अंशबण्डाको लिखतमा खुलाउनु पर्ने कुराहरूः अंशबण्डाको लिखतमा देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम,
(ख) अंशियारहरूले पाउने सम्पत्ति,
(ग) अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम,
(घ) बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सो कुरा,
(ङ) बण्डा गर्नु पर्ने सम्पत्ति कुनै अंशियारले नलुकाए वा नछिपाएको कुरा,
(च) बाबु आमा वा पति पत्नीको शेषपछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण,
(छ) कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा,
(ज) अन्य आवश्यक कुराहरू ।
२१८. अंशबण्डाको लिखत पारित गर्नु पर्नेः (१) अंशबण्डा गर्दा अंशबण्डाको लिखत तयार गरी साक्षी राखी त्यस्तो लिखतमा साक्षी तथा अंशियारको सहीछाप गरी कानूनको रीत पु¥याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०३४ साल पौष २७ गतेभन्दा अघि कुनै अंशियार बीच बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अंशबण्डा गरी छुट्टिई आफ्नो अंश भाग बमोजिम लिई पाई दाखिल खारेज समेत गरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल सम्पत्ति छुट्टा छुट्टै भोग वा बिक्री व्यवहार गरेकोमा अंशबण्डाको लिखत पारित नभएको भए पनि अंशबण्डा भएको मानिनेछ ।
२१९. अंशबण्डा नगरी सम्पत्ति दिन नपाउनेः (१) घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिन पाउने छैन ।
तर,
(१) सबै अंशियारको मञ्जुरी लिई कुनै सम्पत्ति कुनै अंशियारलाई दिन सक्नेछ ।
(२) आफ्नो अंश भागमा पर्ने हदसम्मको सम्पत्ति अन्य अंशियारको मञ्जुरी नभएपनि कुनै अंशियारलाई दिन सक्नेछ ।
(२) यस परिच्छेद बमोजिम अंशबण्डा हुँदा उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (१) बमोजिम कुनै अंशियारलाई दिएको सम्पत्ति निजले पाउने अंशमा हिसाब गरी अन्य सम्पत्ति बण्डा गर्नु पर्नेछ ।
२२०. सम्पत्तिको फाँटबारी खुलाई नालिस गर्नु पर्नेः (१) कुनै अंशियारले आफ्नो अंश भाग छुट्याई भिन्न हुन चाहेमा अन्य अंशियारसँग आफ्नो मानो छुट्टिएको मिति उल्लेख गरी आफ्नो र थाहा पाएसम्म अन्य अंशियारको नाममा रहे भएको अंशबण्डा हुने सम्पत्ति र ऋण धनको फाँटबारी खुलाई नालिस गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “मानो छुट्टिएको मिति” भन्नाले देहायका मिति वा दिन सम्झनु पर्छः–
(क) मानो छुट्टिएको लिखतमा उल्लेख भएको मिति,
(ख) मानो छुट्टिएको लिखत नभए अंशियारहरू बीच मानो छुट्टिएको सम्बन्धमा सहमति कायम भएको मिति,
(ग) खण्ड (ख) बमोजिम अंशियारहरू बीच सहमति कायम नभएमा फिराद गरेको अघिल्लो दिन,
(घ) अन्यथा सहमति भएकोमा बाहेक विवाहिता छोरीको हकमा निजको विवाह भएको दिन ।
(२) कुनै अंशियारहरू बीच मात्र मानो छुट्टिएको लिखत भएको रहेछ भने त्यस्तो लिखत रजिष्ट्रेशन पारित भएको मितिदेखि मात्र लागू हुनेछ ।
(३) उपदफा (१) बमोजिम नालिस गर्ने व्यक्तिले सम्पत्तिको फाँटबारी पेश गर्न नसक्ने भएमा त्यसको कारण समेत खुलाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम नालिस परेमा सम्बन्धित व्यक्तिले पनि नालिस गर्ने व्यक्तिलाई अंश दिनु पर्ने वा नपर्ने कुरा खुलाई र अंश दिन मञ्जुरी भएमा आफ्नो नाममा रहे भएको सम्पत्ति र ऋणधनको फाँटवारी अदालतमा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत पेश गर्नु पर्नेछ ।
२२१. फाँटबारीमा खुलाउनु पर्नेः (१) यस परिच्छेद बमोजिम सम्पत्तिको फाँटवारी दिँदा देहायका विवरणहरू खुलाउनु पर्नेछः–
(क) जग्गा रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल र अनुमानित मूल्य,
(ख) घर भए त्यस्तो घर रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल, घरको कवल, नाल, तला, कच्ची पक्की र त्यसको अनुमानित मूल्य,
(ग) चल सम्पत्ति भए त्यसको विवरण र अनुमानित मूल्य,
(घ) नगद भए त्यसको विवरण, बैङ्क मौज्दात, शेयर, डिबेन्चर, टे«जरी बिल भए त्यस सम्बन्धी विवरण,
(ङ) पशु धन भए त्यसको विवरण र अनुमानित मूल्य,
(च) सुन, चाँदी, जवाहरत भए त्यसको विवरण र अनुमानित मूल्य,
(छ) सवारी साधन भए त्यसको विवरण र अनुमानित मूल्य,
(ज) खण्ड (क) देखि खण्ड (छ) मा उल्लेख भए बाहेकका अन्य सम्पत्ति भए त्यस्तो सम्पत्तिको विवरण र अनुमानित मूल्य ।
(२) उपदफा (१) बमोजिम कुनै सम्पत्तिको मूल्य नखुलेमा वा मूल्यको सम्बन्धमा विवाद परेमा अदालतले अचलको हकमा मालपोत कार्यालयले कायम गरेको मूल्यलाई र चलको हकमा तत्काल प्रचलित बजार मूल्यलाई आधार लिनु पर्नेछ ।
२२२. फाँटबारी लिई अंशबण्डा गरी दिनु पर्नेः (१) दफा २२० बमोजिम परेको नालिस वा प्रतिउत्तरबाट अंशबण्डा गरिदिनु पर्ने देखिन आएमा र नालिस वा प्रतिउत्तरसाथ सम्पत्तिको फाँटवारी पेश भएकोमा अदालतले अंशबण्डा गर्नु पर्ने सम्पत्ति यत्ती हो, लुकाए छिपाएको छैन भन्ने व्यहोरा समेत उल्लेख गरी अंशियारहरूको कागज गराई अंशबण्डा गरिदिनु पर्नेछ ।
(२) नालिस वा प्रतिउत्तर साथ सम्पत्तिको फाँटवारी पेश नभएमा अदालतले म्याद तोकी अंशियारहरूसँग सम्पत्तिको फाँटवारी माग गर्नु पर्नेछ र त्यसरी तोकिएको म्यादभित्र अंशियारले सम्पत्तिको फाँटवारी पेश गरेमा उपदफा (१) बमोजिम अंशियारहरूको कागज गराई अंशबण्डा गरिदिनु पर्नेछ ।
२२३. प्राप्त फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्नेः (१) दफा २२२ बमोजिमको म्यादभित्र सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटवारी नदिएमा वा निजले प्रतिउत्तर पेश नगरी म्याद गुजारी बसेमा अदालतले अन्य अंशियारले दिएको सम्पत्तिको फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अंशबण्डा भएकोमा अंशमा चित्त बुझेन भनी नालिस गर्न सकिने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अंशियारले दिएको सम्पत्तिको फाँटवारीमा नखुलेको सम्पत्ति पछि मात्र पत्ता लगाई बण्डा गर्न नालिस गरेमा अदालतले त्यस्तो सम्पत्ति अंशबण्डा गरिदिनु पर्नेछ ।
२२४. ताला खोली सम्पत्तिको फाँटबारी लिन सक्नेः सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटबारी नदिएको कारण निज जिम्माको घरको ताला खुलाई फाँटवारी लिनु पर्ने भएमा अदालतले घरको साँचो लिने अंशियार भए निजलाई समेत र नभए अंश पाउँ भन्ने व्यक्ति र स्थानीय तहको सम्बन्धित वडाको प्रतिनिधि सहित कम्तीमा दुईजना रोहबरमा राखी घरको ताला खोली भएसम्मको सम्पत्तिको विवरण खडा गरी सम्पत्तिको फाँटवारी लिन सक्नेछ ।
२२५. फाँटवारी ल्याएका बखत अंशबण्डा गरी दिनेः (१) सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटबारी नदिएमा वा निजले प्रतिउत्तर पेश नगरी म्याद गुजारी बसेमा र अंश पाउँ भन्नेले समेत सम्पत्तिको फाँटवारी दिन नसकेमा अदालतले सोही कुरा खुलाई नालिस गर्नेको कागज गरी पछि फाँटबारी दिएका बखत अंशबण्डा हुने गरी मुद्दा तामेलीमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा तामेलीमा रहेकोमा नालिस गर्नेले पछि फाँटबारी साथ निवेदन गरेमा अदालतले अघिको मिसिलबाटै कानून बमोजिम अंशियार बीच अंशबण्डा गरिदिनु पर्नेछ ।
२२६. सम्पत्ति लुकाउन छिपाउन नपाउनेः (१) कसैले पनि अंशबण्डा गर्नु पर्ने सम्पत्ति लुकाउन छिपाउन पाउने छैन ।
(२) अंशबण्डा हुँदा वा अदालतले सम्पत्तिको फाँटबारी मागेका बखत कुनै अंशियारले आफ्नो नाममा रहेको बण्डा हुने सम्पत्ति लुकाए वा छिपाएको कुरा पछि ठहरेमा त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति लिन पाउने छैन ।
(३) उपदफा (२) बमोजिम लुकाए वा छिपाएको सम्पत्ति अन्य अंशियारले अंश भाग लगाई लिन पाउनेछ ।
२२७. अंश शोधभर्ना गर्नु पर्नेः कुनै अंशियारको अंश भागमा परेको कुनै सम्पत्ति कानून बमोजिम अंशियारको हक नपुग्ने भई निजले भोग गर्न नपाएमा त्यस बराबरको सम्पत्ति सबै अंशियारबाट समानुपातिक हिसाबमा शोधभर्ना गर्नु पर्नेछ ।
२२८. अंश सट्टा पट्टा गर्न नपाउनेः अंशियारहरू बीच आपसी सहमति भएकोमा बाहेक कुनै अंशियारले अंशबण्डाबाट प्राप्त गरेको कुनै सम्पत्ति अंशबण्डा भए पछि बिग्रे नासेको वा मन नपरेको कारण देखाई अन्य अंशियारसँग सट्टापट्टा गर्न पाउने छैन ।
२२९. धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्नेः (१) कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको देखिएमा अदालतले सबै अंशियारहरू मञ्जुर भएमा सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सबै अंशियारहरू मञ्जुर हुन नसकेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको वा एकाघरका उमेर पुगेका अरुले घरको मुख्य भई काम गर्ने व्यक्तिको समेत सहीछाप गरी धितोबन्धक राखेको थाहा पाएमा अदालतले सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा उल्लेख भएको अवस्थामा बाहेक अन्य अवस्थामा कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको थाहा पाएमा अदालतले निजको अंश भागमा पर्ने सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरिदिनु पर्नेछ ।
२३०. अंशबण्डा नभएसम्म सम्पत्ति वा आयस्ता रोक्का राख्न सक्नेः अंश मुद्दामा नालिस गर्नेले अंश पाउने देखिएमा सम्पत्तिको फाँटबारी पेश भैसकेपछि आफ्नो अंश भागमा पर्ने हद सम्मको सम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता रोक्का गरी पाउँ भनी अदालतमा निवेदन दिएमा अदालतले निजले पाउने अंश भाग जतिको सम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता कानूनको रीत पु¥याई अंशबण्डा नभएसम्मको लागि रोक्का राख्न सक्नेछ ।
२३१. बाटो वा निकासको व्यवस्था हुने गरी बण्डा गर्नु पर्नेः अंशबण्डा गर्दा कुनै अंशियारको भागमा परेको घर वा जग्गामा आउन जानको लागि बाटो वा निकास नहुने भएमा र अन्य अंशियारको जग्गाबाट निजलाई बाटो वा निकास दिन मिल्ने भएमा सम्बन्धित अंशियारले त्यस्तो घर वा जग्गामा बाटो वा निकास दिनु पर्ने गरी बण्डा गर्नु पर्नेछ ।
२३२. साहूको मञ्जुरी नलिई अंश बण्डामा ऋणी तोक्न नहुनेः (१) अंशबण्डा गर्दा साहूको मञ्जुरी नलिई कुनै अंशियारले मात्र सगोलको ऋण तिर्ने जिम्मा रहने गरी अंशबण्डा गर्न सकिने छैन ।
(२) उपदफा (१) विपरीत कुनै अंशियारलाई सगोलको ऋण तिर्न जिम्मा दिएको भए पनि साहूले मञ्जुर नगरे सबै अंशियारहरूलाई सगोलको ऋण बराबर भाग लाग्नेछ ।
२३३. अंश नपाउनेले नालिस गरेमा क्षतिपूर्ति दिनु पर्नेः अंश नपाउने व्यक्तिले अंश पाउँ भनी नालिस गरेको ठहरेमा अदालतले मिसिलबाट बिगो खुल्न आएमा बिगो र बिगो खुल्न नआएमा निजको हैसियत विचार गरी नालिस गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्तिको रकम प्रतिवादीलाई भराई दिनु पर्नेछ ।
२३४. अंश, रकम वा खर्च भरार्ई दिन सक्नेः (१) फैसला बमोजिम कुनै व्यक्तिबाट अंश, रकम वा खर्च पाउने व्यक्तिले अंश, खर्च वा रकम नपाई फैसला गर्ने शुरु अदालतमा निवेदन दिएमा र पक्षहरू उही भएमा अदालतले फैसला बमोजिम यथाशक्य छिटो अंश, खर्च वा रकम भरार्ई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अंश, खर्च वा रकम नदिएमा त्यस वापत अंश, खर्च वा रकम दिनु पर्ने व्यक्तिबाट निवेदकलाई मनासिब क्षतिपूर्ति समेत भरार्ई दिनु पर्नेछ ।
२३५. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले देहाय बमोजिम नालिस गर्न सक्नेछः–
(क) अंशबण्डा नै नभएको वा अंशबण्डा हुँदा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा जहिलेसुकै,
(ख) अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिनाभित्र,
(ग) सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म,
(घ) खण्ड (क), (ख) र (ग) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र ।
२३६. अंश भएको मानिनेः (१) यो संहिता प्रारम्भ हुनु अघि कानून बमोजिम भएको अंशबण्डा यस संहिता बमोजिम नै अंशबण्डा भए गरेको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु अघि नै कसैले अंश वापत जिउनी लिएको रहेछ भने निजले अंश लिएको मानिनेछ ।

Send a message to learn more

03/07/2025

भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर
१६०. भेदभावपूर्ण व्यवहार गर्न नहुनेः (१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानून बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
१६१. भेदभाव गरी बस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुनेः (१) कसैले कुनै बस्तु वा सेवाको खरिद वा बिक्री वितरण गर्दा गराउँदा कुनै खास जात, जाति वा सम्प्रदायको व्यक्तिबाट मात्र वा त्यस्ता व्यक्तिलाई मात्र खरिद वा बिक्री वितरण गर्ने वा कुनै खास जात, जाति वा सम्प्रदायका व्यक्तिलाई उपलब्ध नगराउने वा बिक्री वितरण नगर्ने कार्य गर्न हुँदैन ।
तर आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पिछडिएको वर्गको हित संरक्षण वा विकासका लागि कानून बमोजिम अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई कुनै खास वस्तु वा सेवा कुनै खास जात, जाति वा सम्प्रदायका व्यक्तिलाई मात्र उपलव्ध गराएकोमा वा बिक्री वितरण गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
१६२. जवर्जस्ती काममा लगाउन नहुनेः (१) कसैले कसैलाई निजको इच्छा बिरुद्ध काममा लगाउन हुँदैन ।
तर सार्वजनिक कामको लागि कानून बमोजिम श्रममा लगाउन यस दफाले बाधा पु¥याएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
१६३. दास बनाउन नहुनेः (१) कसैले कुनै व्यक्तिलाई दास वा कमारा, कमारी बनाउन, त्यस्तोे हैसियतमा राख्न, काममा लगाउन वा सो सरहको अन्य कुनै पनि व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँचदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँँँसम्म जरिबाना हुनेछ ।
१६४. बन्धक बनाउन वा बाँधा राख्न नहुनेः (१) कसैले कुनै व्यक्तिलाई कुनै पनि प्रकारको प्रतिफल बापत कमैया राख्न वा बन्धक बनाउन वा बाँधा राख्न वा बाँधाको हैसियतमा काममा लगाउन वा सो सरहको अन्य कुनै पनि प्रकारको व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखि एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।
१६५. सामाजिक रीति स्थितिमा खलल पार्न नहुनेः (१) कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पर्ने वा खलल हुने गरी झुक्याई वा जबर्जस्ती गरी कुनै काम गर्न वा गराउन हुँदैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि जातीय भेदभाव हुने रीतिस्थितिलाई सामाजिक रीतिस्थिति मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
१६६. जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेः (१) कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न बञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट बञ्चित गर्न हुँदैन ।
(२) उदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुनेछ ।
१६७. यातना दिन नहुनेः (१) प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने, अभियोजन गर्ने, कानूनको कार्यान्वयन गर्ने वा कानून बमोजिम नियन्त्रण, हिरासत वा थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई शारीरिक वा मानसिक यातना दिन वा दिन लगाउन वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न वा गराउन हुँदैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि पक्राउ परेको, नियन्त्रणमा रहेको, हिरासत, थुना, कैद वा नजरबन्द वा आफ्नो सुरक्षामा रहेको कुनै व्यक्ति वा त्यस्तो व्यक्तिको कारणले अन्य कुनै व्यक्तिलाई देहायको उद्देश्यले जानीजानी शारीरिक वा मानसिक पीडा वा कष्ट पु¥याएमा वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिएमा त्यस्तो व्यक्ति उपर यातना दिएको वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेको मानिनेछः–
(क) कुनै विषयमा जानकारी हासिल गर्नेे,
(ख) कुनै कसूरमा साबित गराउने,
(ग) कुनै कार्यको लागि दण्ड दिने,
(घ) जोर जुलुम वा त्रास देखाउने, वा
(ङ) कानून विपरीतका अन्य कुनै कार्य गर्ने ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको गम्भीरता हेरी पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्न आदेश दिने व्यक्ति वा यस दफा बमोजिमको कसूर गर्न सहयोग गर्ने मतियारलाई मुख्य कसूरदार सरह सजाय हुनेछ ।
(४) उपदफा (१) बमोजिम कसूर गर्ने कुनै व्यक्तिले आफूभन्दा माथिका अधिकारीको आदेश पालना गरी त्यस्तो कसूर गरेको भन्ने दावी लिन पाउने छैन र निजले त्यस्तो आधारमा त्यस्तो कसूर गरे बापत हुने सजायबाट उन्मुक्ति पाउने छैन ।
१६८. अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुनेः (१) कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन ।
(क) बोक्सा बोक्सीको आरोप लगाउने,
(ख) बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाँउबाट निकाला गर्ने,
(ग) सामाजिक बहिष्कार गर्ने, वा
(घ) अन्य जुनसुकै काम गरी क्रुर, अमानवीय वा अपमानजन्य व्यवहार गर्ने ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(५) राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुनेछ ।
१६९. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
१७०. हदम्यादः (१) दफा १६३ र १६४ अन्तर्गतका कसूरमा जहिले सुकै उजुर लाग्नेछ ।
(२) दफा १६७ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको वा सम्बन्धित व्यक्ति पक्राउ, नियन्त्रण, हिरासत, थुना, कैद वा नजरबन्दबाट मुक्त भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।

Send a message to learn more

Address

BABARMAHAL
Dhangadhi
10900

Telephone

+9779843288446

Website

Alerts

Be the first to know and let us send you an email when कानुनी परामर्श सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category