कानूनी ज्ञान केन्द्र

Directions

कानूनी ज्ञान केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कानूनी ज्ञान केन्द्र, Legal, Jhapa, Chandragadhi.

कानून तथा न्याय क्षेत्रको विकास एवम् सम्वद्र्धन गर्न कानूनी अध्ययन, अनुसन्धान, प्रशिक्षण तथा अन्तरक्रिया जस्ता कार्य गरी कानून व्यवसायीको क्षमता विकास तथा अधिकारको पक्षमा वकालत गर्ने उद्देश्यले ‘कानूनी ज्ञान केन्द्र’ को स्थापना भएको हो ।

कानूनी ज्ञान केन्द्र भद्रपुर झापाको तर्फबाट अधिवक्ताहरुको समूहले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसँग आज भे...
18/09/2026

कानूनी ज्ञान केन्द्र भद्रपुर झापाको तर्फबाट अधिवक्ताहरुको समूहले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसँग आज भेटघाट गरेको छ । ज्ञान केन्द्रका तर्फबाट अध्यक्ष अधिवक्ता तारामणि सापकोटाले जिल्ला प्रशासन कार्यालयको ईजलास संचालन र मुद्दाको सुनुवाई ईजलासबाट हुने वातावरण बनाउन आग्रह गरी मुद्दाको सुनवाईमा कानून व्यवसायीको सहभागिताको सम्बन्धमा प्रारम्भिक छलफल गरिएको थियो । प्रजिअ पोखरेलले ईजलास संचालन लगायतका विषयमा सकारात्मक भएको र त्यसका लागि पुनः छलफल गर्ने प्रतिवद्धता व्यक्ति गर्नु भयो । भेटघाटमा ज्ञान केन्द्रका उपाध्यक्ष अधिवक्ता तिलक अर्याल, सचिव अधिवक्ता नरेश खाती, सहसचिव अधिवक्ता निशा तामांग, कोषाध्यक्ष अधिवक्ता सुरज मैनाली, सदस्यहरु अधिवक्ता हेमनारायण राजवंशी र अधिवक्ता कुलप्रसाद सापकोटाको सहभागिता रहेको थियो ।

22/07/2026

भारतमा कानून व्यवसायीले सोसल मिडियाको प्रयोग गरी अदालतको गरिमा घटाउने, भ्रामक प्रचार र पेसाको विज्ञापन गर्ने जस्ता कार्य बढेपछि Bar Council of India ले १७ जुलाई २०२६ मा नयाँ १० बुँदे आचारसंहिता जारी गरेको छ । नेपालका कानून व्यवसायीका लागि पनि उपयोगी हुन सक्छ । सोसल मिडिया प्रयोगका सम्बन्धमा नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल, नेपाल) ले पनि नयाँ गाइड लाइन जारी गर्ने हो कि ?

१. अदालतको गरिमा (Court Decorum)
अदालत परिसर वा अदालतको कार्यवाहीको भिडियो, रील, सेल्फी वा प्रत्यक्ष प्रसारण (Live Streaming) गर्न पाइँदैन।
न्यायाधीश, अदालतका कर्मचारी वा न्यायिक प्रक्रियाको मजाक उडाउने वा सनसनीपूर्ण सामग्री पोस्ट गर्न निषेध छ।
२. मुवक्किलको गोपनीयता (Client Confidentiality)
मुवक्किलको लिखित सहमति बिना उसको नाम, मुद्दा, कागजात, फोटो, भिडियो वा अन्य कुनै गोप्य जानकारी सार्वजनिक गर्न पाइँदैन।
मुद्दा जितेको वा हारेको भन्दै मुवक्किलको विवरण प्रचार सामग्रीको रूपमा प्रयोग गर्न पाइँदैन।
३. विज्ञापन र ग्राहक तान्ने कार्य (Solicitation)
सामाजिक सञ्जालमार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ग्राहक आकर्षित गर्ने प्रचार गर्न पाइँदैन।
"हामी सबैभन्दा राम्रो वकिल", "१००% सफलता", "गारन्टी जित" जस्ता दाबी गर्न निषेध।
Influencer वा Paid Promotion प्रयोग गरी कानुनी सेवा बेच्न पाइँदैन।
४. मुवक्किलको प्रशंसापत्र (Client Testimonials)
मुवक्किलबाट प्रशंसापत्र (Testimonials), रेटिङ वा समीक्षा सार्वजनिक गरेर आफ्नो सेवा प्रचार गर्न पाइँदैन।
५. कानुनी सूचना दिँदा अपनाउनुपर्ने सावधानी
कानुनी शिक्षा वा जनचेतनामूलक सामग्री दिन सकिन्छ।
तर गलत, भ्रामक वा अधुरो कानुनी जानकारी दिन पाइँदैन।
कुनै मुद्दाको नतिजा निश्चित हुने गरी आश्वासन दिन निषेध।
६. न्यायाधीश र अन्य वकिलप्रति सम्मान
न्यायाधीश, विपक्षी वकिल वा अदालतको प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक टिप्पणी गर्न पाइँदैन।
आलोचना गर्दा पनि शिष्ट, तथ्यमा आधारित र व्यावसायिक भाषा प्रयोग गर्नुपर्नेछ।
७. Artificial Intelligence (AI) को प्रयोग
AI बाट तयार पारिएको कानुनी सामग्री प्रयोग गर्दा त्यसको सत्यता जाँच गर्नु कानून व्यवसायीको जिम्मेवारी हुनेछ।
Deepfake, नक्कली आदेश, झूटा उद्धरण वा कृत्रिम रूपमा बनाइएका प्रमाण प्रयोग गर्न पाइँदैन।
८. चलिरहेको मुद्दामाथि टिप्पणी
विचाराधीन (Sub Judice) मुद्दामा न्यायिक प्रक्रियालाई प्रभावित पार्ने गरी सार्वजनिक टिप्पणी गर्न नहुने।
प्रमाण वा रणनीति सार्वजनिक गर्न निषेध।
९. इन्टर्न र कानूनका विद्यार्थी
इन्टर्नशिप सिक्ने उद्देश्यका लागि हो; अदालतभित्रका भिडियो वा "Court Vlog" बनाउन होइन।
कानूनका विद्यार्थी र अनुसन्धानकर्ताले पनि गोपनीयता र व्यावसायिक मर्यादा पालना गर्नुपर्नेछ।
१०. डिजिटल आचरण
कानून व्यवसायीको सामाजिक सञ्जाल प्रयोग पनि व्यावसायिक मर्यादाअनुसार हुनुपर्नेछ।
अशोभनीय भाषा, घृणायुक्त अभिव्यक्ति, धम्की वा अपमानजनक सामग्री प्रयोग गर्न निषेध।
११. नयाँ नाम दर्ता (Enrolment) गर्दा
नयाँ अधिवक्ताले डिजिटल आचारसंहिता पालना गर्ने सम्बन्धमा शपथपत्र/प्रतिबद्धता (Undertaking) दिनुपर्ने व्यवस्था गरिएको छ।
१२. उल्लङ्घनको परिणाम
यी नियम उल्लङ्घन गर्ने कानून व्यवसायीविरुद्ध सम्बन्धित State Bar Council ले Advocates Act, 1961 तथा Bar Council of India Rules अनुसार अनुशासनात्मक कारबाही गर्न सक्नेछ।

मनमोहन इष्टिच्युट अफ ल विराटनगरसँगको सहकार्यमा कानूनी ज्ञान केन्द्र भद्रपुरले आज (२०८३-०२-२२ गते) भद्रपुरमा आयोजना गरेको...
05/06/2026

मनमोहन इष्टिच्युट अफ ल विराटनगरसँगको सहकार्यमा कानूनी ज्ञान केन्द्र भद्रपुरले आज (२०८३-०२-२२ गते) भद्रपुरमा आयोजना गरेको कानूनको अभ्यासमा एआईको प्रयोग विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा आईटी विज्ञ ईन्जिनियर प्रकाश कोइरालाले कानूनको क्षेत्रमा कसरी एआईको प्रयोग हुनसक्छ भन्ने प्रस्तुति दिनु भयो । मनमोहन इष्टिच्युट अफ ल विराटनगरका विद्यार्थी तथा झापाका कानून व्यवसायीसमेत ६० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता लेखनाथ निरौला, आईटी ईन्जिनियर प्रकाश कोइराला, मनमोहन इष्टिच्युट अफ लका प्राचार्य कोषराज न्यौपानेलगायत सबै अतिथि तथा सहभागीमा धन्यवाद तथा आभार व्यक्त गर्दछु । अध्यक्ष ः अधिवक्ता तारामणि सापकोटा

कानून व्यवसायी, कानूनका विद्यार्थी तथा कानूनका शिक्षक साथीहरुलाई हार्दिक निमन्त्रणा ।
04/06/2026

कानून व्यवसायी, कानूनका विद्यार्थी तथा कानूनका शिक्षक साथीहरुलाई हार्दिक निमन्त्रणा ।

अदालतमा गोलाद्वारा हुने पेशीका सम्बन्धमा सर्वोच्चको धारणा ।
27/05/2026

अदालतमा गोलाद्वारा हुने पेशीका सम्बन्धमा सर्वोच्चको धारणा ।

सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीश नियुक्त हुन भएकोमा माननीय डा. मनोजकुमार शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामन...
21/05/2026

सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीश नियुक्त हुन भएकोमा माननीय डा. मनोजकुमार शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

नेपाल कानुन व्यवसायी परिषद् कोशी प्रदेशले बिराटनगरमा आयोजना गरेको बाणिज्य तथा बित्तीय कानुन सम्बन्धि ५ दिने तालिम आज समा...
10/05/2026

नेपाल कानुन व्यवसायी परिषद् कोशी प्रदेशले बिराटनगरमा आयोजना गरेको बाणिज्य तथा बित्तीय कानुन सम्बन्धि ५ दिने तालिम आज समापन ।

Address

Jhapa
Chandragadhi
57200

Website

Alerts

Be the first to know and let us send you an email when कानूनी ज्ञान केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category