31/07/2026
📚️मधेश विश्वविद्यालय परिवारका लागि गर्वको क्षण! 🌍
नेपालमा व्यवस्थापन अनुसन्धानको दायरा विस्तार गर्दै अन्तरविषयक (Interdisciplinary) तथा बहुविषयक (Multidisciplinary) अध्ययनलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनुभएका मधेश विश्वविद्यालयका डिन डा.अञ्जय कुमार मिश्राको लेखकीयमा तयार भएको बहु-लेखकीय पुस्तक Future Trends in Global Education: Innovations, Challenges, and Opportunities आगामी अगस्ट महिनामा सार्वजनिक हुँदैछ।
करिब ५०० भन्दा बढी पृष्ठ र २८ अध्याय समेटिएको यस कृतिमा विश्व शिक्षाको बदलिँदो स्वरूप, नवप्रवर्तन, डिजिटल रूपान्तरण, समावेशी शिक्षा, गुणस्तर सुनिश्चितता, शैक्षिक नीति तथा भावी नेतृत्वका विविध आयामहरूको गहन विश्लेषण गरिएको छ।
यो पुस्तक विश्वभरका नीति-निर्माता, विश्वविद्यालय, शैक्षिक नेतृत्व तथा अनुसन्धानकर्ताका लागि एक महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।
डा. मिश्रालाई यस ऐतिहासिक शैक्षिक उपलब्धिका लागि हार्दिक बधाई तथा आगामी यात्राको सफलताको शुभकामना! 👏📖🎓
🌍 🇳🇵🇳🇵From Nepal to the World—A Proud Contribution to Global Education. Congratulations, Dr. Anjay Kumar Mishra , Dean of Madhesh University 📖👏