Sky Legal Consultants and Law Firm

Call Directions Contact the business

Sky Legal Consultants and Law Firm Sky Legal Consultants is a dedicated legal professional driven by the pursuit of integrity and justice.

सहमतिको आधारमा कायम भएको यौन सम्बन्धलाई वैधानिक रूपमा स्वीकार्य हुनका लागि त्यस्तो सहमति सम्बन्धित व्यक्तिको स्वतन्त्र, ...
23/09/2026

सहमतिको आधारमा कायम भएको यौन सम्बन्धलाई वैधानिक रूपमा स्वीकार्य हुनका लागि त्यस्तो सहमति सम्बन्धित व्यक्तिको स्वतन्त्र, स्वेच्छिक तथा वास्तविक इच्छाबाट अभिव्यक्त भएको हुनुपर्दछ। कुनै व्यक्तिले विवाह गर्ने आश्वासन, प्रतिबद्धता वा विश्वास दिलाई त्यस्तो आश्वासनको प्रभावमा परी यौन सम्बन्ध कायम गर्न दिएको सहमति छलकपट, भ्रम वा अनुचित प्रभावबाट प्रभावित सहमति भएको अवस्थामा त्यसलाई स्वतन्त्र तथा स्वेच्छिक सहमति मान्न मिल्दैन।

अतः विवाह गर्ने भनी झुटो आश्वासन वा प्रतिबद्धता दिई व्यक्तिको वास्तविक इच्छालाई प्रभावित गरी प्राप्त गरिएको सहमति स्वतन्त्र इच्छाबाट प्राप्त भएको सहमति नभई छलकपट वा अनुचित प्रभावबाट प्राप्त भएको सहमति मानिने हुँदा त्यस्तो सहमतिका आधारमा कायम भएको यौन सम्बन्धको कानूनी वैधता सम्बन्धमा प्रचलित कानूनबमोजिम परीक्षण गरिनु आवश्यक हुन्छ।

⚖️ कीर्ते तथा जालसाजी गरी अरूको कानूनी हक प्रभावित गर्ने प्रयासलाई कानूनले संरक्षण गर्दैन।राम सुन्दर यादव विरुद्ध महेन्द...
23/09/2026

⚖️ कीर्ते तथा जालसाजी गरी अरूको कानूनी हक प्रभावित गर्ने प्रयासलाई कानूनले संरक्षण गर्दैन।

राम सुन्दर यादव विरुद्ध महेन्द्र प्रसाद यादव समेत भएको जालसाजी मुद्दामा माननीय न्यायाधीश डा. नकुल सुवेदीको सहमतिय रायसहितको फैसलाले कीर्ते पुस्तावली तथा कागजातका आधारमा हकदाबी गर्ने प्रयाससम्बन्धी महत्त्वपूर्ण कानूनी दृष्टिकोण प्रस्तुत गरेको छ।

🔹 जालसाजीसम्बन्धी सिद्धान्त: गलत पुस्तावली तथा कीर्ते कागजात तयार गरी हकदाबी गर्ने प्रयासको कानूनी परीक्षण।
🔹 ऐतिहासिक कानूनी आधार: हिन्दू विधिशास्त्र तथा प्राचीन न्यायसिद्धान्तका सन्दर्भसमेतलाई आधार बनाई गरिएको कानूनी विश्लेषण।
🔹 महत्त्वपूर्ण सन्देश: झुटा वा कीर्ते कागजातका आधारमा स्थापित गर्न खोजिएको हकदाबी न्यायिक परीक्षणबाट उम्कन सक्दैन।

📚 नजिर केवल फैसला होइन; कानूनको व्याख्या र न्यायिक मार्गदर्शनको महत्त्वपूर्ण स्रोत हो।

नजिर पढौँ, कानून बुझौँ, अधिकार जानौँ।
कानूनी चेतना फैलाऔँ, न्यायमा पहुँच विस्तार गरौँ। 🇳🇵⚖️📖

⚖️ श्रीमतीको अंश हक प्रभावित हुने गरी गरिएको बन्डापत्र कानूनी मान्यता पाउन सक्दैन।सर्वोच्च अदालतले स्पष्ट गरेको छ कि विव...
23/09/2026

⚖️ श्रीमतीको अंश हक प्रभावित हुने गरी गरिएको बन्डापत्र कानूनी मान्यता पाउन सक्दैन।

सर्वोच्च अदालतले स्पष्ट गरेको छ कि विवाहिता महिलाको सहमति तथा मञ्जुरीबिना, उनको अंश हकलाई प्रभावित गर्ने उद्देश्यले सगोलको सम्पत्तिबाट कानूनबमोजिम पाउनुपर्ने अंश नलिई नाममात्रको अंश लिएर गरिएको बन्डापत्रलाई न्यायसङ्गत तथा कानूनी मान्यता दिन मिल्दैन।

त्यसैगरी, कुनै अंशियारले आफ्नो अंश हक परित्याग गर्दैमा अन्य अंशियारको अंश हकसमेत समाप्त हुँदैन। कानूनद्वारा प्रत्याभूत अंश हकलाई निष्क्रिय वा सङ्कुचित गरी व्यक्तिलाई आफ्नो वैधानिक हकबाट वञ्चित गर्ने उद्देश्यले गरिएको व्यवहार कानूनी संरक्षणको विषय बन्न सक्दैन।

📚 नजिर: निर्णय नं. १११०४, अंश दर्ता
भाग ६५, साल २०८०, असोज, अङ्क ६

⚖️ अंश हक केवल सम्पत्तिको दाबी होइन, कानूनद्वारा संरक्षित वैधानिक अधिकार हो।

पीडित बालिकाकै छेउमा आरोपी सुतिरहेका थिए?!!८ महिनाकी बालिका गम्भीर यौनाङ्गसम्बन्धी चोटसहित रक्तस्राव भएको अवस्थामा फेला ...
23/09/2026

पीडित बालिकाकै छेउमा आरोपी सुतिरहेका थिए?!!
८ महिनाकी बालिका गम्भीर यौनाङ्गसम्बन्धी चोटसहित रक्तस्राव भएको अवस्थामा फेला परेकी थिइन् र पछि उनको मृत्यु गएको थियो। घटनामा आरोपित व्यक्ति भने ती बालिकाकै छेउमा सुतिरहेका थिए । सर्वोच्च अदालतले ‘आरोपी व्यक्ति आफ्नो कथित पीडितकै छेउमा कसरी सहज रूपमा सुत्न सक्छ?’ भन्ने प्रश्नसमेत उठाउँदै उनलाई सफाइ दिएको थियो।
फैसला नं.: ९१५३ (ने.का.प.)..

सर्वोच्च अदालतको अत्यावश्यक अवस्था बाहेक पक्राउ परेका व्यक्तिलाई अनिवार्य रूपमा हतकडी लगाउने प्रचलन रोक्न अन्तरिम आदेश !...
21/09/2026

सर्वोच्च अदालतको अत्यावश्यक अवस्था बाहेक पक्राउ परेका व्यक्तिलाई अनिवार्य रूपमा हतकडी लगाउने प्रचलन रोक्न अन्तरिम आदेश !!

सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई 'हाडनाता करणी' नमान्ने सिद्धान्त प्रतिपादन गरेको छ । यही सिद्धान्तका...
23/08/2026

सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई 'हाडनाता करणी' नमान्ने सिद्धान्त प्रतिपादन गरेको छ । यही सिद्धान्तका आधारमा अदालतले हाडनाता करणीमा १० वर्षको जेल सजायँ तोकिएका एक व्यक्तिको सजाय घटाएर १ वर्षमा झारिदिएको छ ।

देवानी विवाद भए पनि बिगो नतिरेमा कैदमा परिणत हुने भएकोले यसमा फौजदारी तत्व विद्यमान रहन्छ। रकम तिर्ने कागज  भएको समयकै क...
21/08/2026

देवानी विवाद भए पनि बिगो नतिरेमा कैदमा परिणत हुने भएकोले यसमा फौजदारी तत्व विद्यमान रहन्छ। रकम तिर्ने कागज भएको समयकै कानून आकर्षित हुने हुँदा, मुलुकी देवानी संहिता, २०७५ लागू हुनुअघिको कारोबारमा मुलुकी ऐन, लेनदेन व्यहोराको १९ नं नै लागू हुन्छ । अत: मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ लागू नभई, बिगो नतिरेबापत अधिकतम १ वर्ष मात्र कैद हुने देखिन्छ ।

लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लाप...
21/08/2026

लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लापरवाहीपूर्ण सवारी चलाएको मानिने । सवारी लापरबाही साथ चलाएको हो कि होइन भन्‍ने तथ्यको निर्क्यौल सवारीको गति, बाटोको अवस्था, चालकको अवस्था (मादक पदार्थ सेवन, सवारी चालक अनुमतिपत्र भए नभएको), सवारीको यान्त्रिक अवस्था जस्ता मानकहरूमा आधारित भएर गर्नुपर्ने ।

मौलिक अधिकार ... यस्तो प्रकृतिको विवादलाई प्रारम्भिक चरणमै दरपीठ गरी सुनुवाइबाट वञ्चित गर्नु न्यायोचित नहुने !
18/08/2026

मौलिक अधिकार ... यस्तो प्रकृतिको विवादलाई प्रारम्भिक चरणमै दरपीठ गरी सुनुवाइबाट वञ्चित गर्नु न्यायोचित नहुने !

पत्रकार किशोर श्रेष्ठ को मुद्दामा भएको आदेश ।
18/08/2026

पत्रकार किशोर श्रेष्ठ को मुद्दामा भएको आदेश ।

Address

Sky Legal Consultants And Law Firm
Kathmandu
44605

Telephone

+9779811149008

Website

Alerts

Be the first to know and let us send you an email when Sky Legal Consultants and Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sky Legal Consultants and Law Firm:

Shortcuts

Share