27/09/2026
नेपाल प्रहरीबाट सूचना।
बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०६।११
१. जि.नुवाकोट टोखा छहरे सडक वर्षातको कारण अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधनहरूको रातिको समयमा आवतजावत रोक लगाइएको ।
मिति २०८३।०५।०१ गते देखी अर्को सुचना जारी नभएसम्म राति २२:०० बजे देखी बिहान ०५:०० बजे सम्म टोखा छहरे सडक खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सार्वजनिक तथा निजी सवारी साधनहरुको आवतजावत पुर्ण रुपमा बन्द गरिएको ।
२. जि. रसुवा पासाङ ल्हामु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको ।
मिति २०८३।०४।०८ गते ०८:०० बजेको समयमा जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं. ५ खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडक खण्डमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरी बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा मिति २०८३।०४।१० गते आएको बिनाशकारी बाढीको कारण सडकको अधिकांस भाग नष्ट हुन गएको ।
३. जि. रसुवा र नुवाकोट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको तथा बैकल्पिक बाटो सम्बन्धमा ।
मिति २०८३।०५।१० गते आएको बिनाशकारी बाढीका कारण त्रिशुली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाका सम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग त्रिशुली नदी किनारको अधिकांस भाग कटान गरी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा स्याप्रुबेशी सम्म जान सकिने बैकल्पिक बाटोको रुपमा (सिंगल लेन कच्ची सडक) काठमाडौं देखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे, स्याप्रुबेशी सम्म जान सकिने ।
४.कोशी प्रदेशका निम्न जिल्लाहरुमा सवारी साधन तपशिलको समयमा आवत जावतमा रोक लगाइएको सम्बन्धमा
क) जिल्ला ताप्लेजुङ ; मिति २०८३/०६/०८ देखि ११ गते बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म भित्री सडकमा सवारी आवागमनमा रोक मेचि राजमार्गमा आवश्यक परे मात्र संचालन गर्ने ।
ख) जिल्ला भोजपुर ;- मिति २०८३/०६/०८ देखि अर्को आदेश नआए सम्म बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म मध्य पहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाईएको ।
ग) जिल्ला सोलुखुम्बु ;- मिति २०८३/०६/०८ देखि अर्को आदेश नआए सम्म बेलुका १८;०० बजे दिखि बिहान ०६;०० बजे सम्म सिद्विचरण लोकमार्गमा सवारी आवागमनमा रोक लगाईएको ।
घ) जिल्ला उदयपुर;- मिति २०८३/०६/०८ देखि १२ गते सम्म बेलुका १७;०० बजे दिखि बिहान ०५;०० बजे सम्म कटारी-घुर्मी (सिद्विचरण लोकमार्ग)मा सवारी आवागमनमा रोक लगाईएको ।
ङ) जिल्ला खोटाङ;- मिति २०८३/०६/०८ देखि ०९ गते सम्म बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म मध्य पहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाईएको ।
च) जिल्ला ईलाम;- मिति २०८३/०६/०८ देखि ११ गते सम्म बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म मेचि लोकमार्ग, भित्री सडक खण्डमा सवारी आवागमनमा रोक लगाईएको ।
छ) जिल्ला पाँचथर;- मिति २०८३/०६/०८ देखि ११ गते सम्म बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म मेचि लोकमार्ग, भित्री सडक खण्डमा सवारी आवागमनमा रोक लगाईएको ।
ज) जिल्ला धनकुटा;- मिति २०८३/०६/०७ देखि ११ गते सम्म बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म कोशी लोकमार्ग, भित्री सडक खण्डमा सवारी आवागमनमा रोक लगाईएको ।
झ) जिल्ला तेह्रथुम;- मिति २०८३/०६/०८ देखि ९ गते सम्म बेलुका १९;०० बजे दिखि बिहान ०५;०० बजे सम्म कोशी लोकमार्ग, भित्री सडक खण्डमा सवारी आवागमनमा रोक लगाईएको ।
५.जि. दाङ अन्तर्गतका विभिन्न सडकखण्ड अवरोध सम्बन्धी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागका अनुसार नेपालको धेरै भूभाग मध्ये दाङ जिल्लामा समेत मिति २०८३ असोज ८ गते देखि ११ गतेसम्म भारी देखि अति भारी वर्षाको संभावना रहेकोले मिति २०८३/०६/०८ गते देखि लागु हुने गरी हरेक दिन बेलुका ५:०० बजे देखि बिहान ६:०० बजेसम्म देहायका सडक खण्डहरु बन्द हुने ।
क). राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-कपुरकोट सडक खण्ड ।
ख). भालुवाङ देखि चकचके (प्युठान) सडक खण्डको भालुवाङ देखि गनाहा खोलासम्म ।
ग). शहिद मार्ग अन्तर्गत घोराही-होलेरी सडक खण्ड ।
घ). घोराही-मुर्कुटी सडक खण्ड ।
ङ). तुलसीपुर-सुर्खेत सडक खण्ड अन्तर्गत तुलसीपुर देखि कालीमाटीसम्म ।
(११ गते १८:०० बजेसम्म पुर्ण रुपमा बन्द भनि खण्डमा सवारी आवागमन मिति २०८३/०६/११ गते बेलुका १८:०० बजेसम्म पूर्ण रुपमा बन्द गरिएको भनी जिल्ला प्रशासन कार्यालय घोराही दाङले मिति २०८३।०६।०९ गते सुचना जारी गरेको । )
६.जि. रोल्पा मदन भण्डारी राजमार्ग सडकखण्डमा आवातजावतमा रोक लगाएको सम्बन्धमा ।
मिति २०८३/०६/०८ गते बिहान १२:५० बजे देखि ऐ.१२ गतेसम्म जिल्ला रोल्पा रोल्पा न.पा. ७ माडिचौर स्थित मदन भण्डारी राजमार्ग सडकखण्डमा भारि बर्षाको सम्भावनाको कारण उक्त सडकखण्डमा सवारीसाधनहरु आवात जावत गर्न उच्च जोखिम रहेको भनि सोही सडकखण्डका कर्मचारीहरुले मूल्याङ्कन गरेको हुँदा उक्त स्थानमा सवारी आवात जावतमा रोक लगाईएको ।
७.जि. धादिङ पृथ्विराजमार्ग पुर्ण रुपमा अवरोध ।
मिति २०८३/०६/०८ गते अं. २३:१० बजेको समयमा जिल्ला धादिङ बेनीघाट रोराङ गा. पा. वडा न. ०७ कृष्णभिर , वर गजुरी गा.पा.०२, पृथ्वीलोकमार्गमा अबिरल बर्षाको कारण माथिबाट ठुलो ढुँगा सहितको पहिरो खसि बाटो दुई तर्फि अबरोध भएको ।
८.गण्डकी प्रदेशका निम्न जिल्लाहरुमा सवारी साधन तपशिलको समयमा आवत जावतमा रोक लगाइएको ।
क) जिल्ला मनाङ ; २०८३।०६।०८ गते जिल्ला प्रशासन जिल्ला सुरक्षा समिति मनाङको बैठक बसी मिति २०८३।०६।०८ गते देखी ऐ.१२ गते सम्मको लागी (साँझ १८:०० बजेदेखी बिहान ६:०० बजेसम्म) बेशीसहर हुदै खाङसारसम्म जाने सडक तथा लमजुङको सिमादेखी खाङसारसम्म रात्रीकालिन सवारीसाधन आवतजावतमा रोक लगाइएको ।
ख) जिल्ला कास्की ;- मिति २०८३/०६/०८ गते बेलुका १८;०० बजे देखी ऐ. ११ गते ०६;०० बजे सम्म रातको समयमा मात्र ग्रामिण भेगका सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको ।
ग) जिल्ला मुस्ताङ ;- मिति २०८३/०६/०८ गते बेलुका १८;०० बजे देखी ऐ. ११ गते ०६;०० बजे सम्म् रातको समयमा मात्र जिल्ला भित्रका सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको ।
घ) जिल्ला म्याग्दी ;- मिति २०८३/०६/०८ गते बेलुका १८;०० बजे देखी ऐ. ११ गते ०६;०० बजे सम्म् रातको समयमा मात्र जिल्ला भित्रका सम्पुर्ण सवारी साधन सवारीसाधन आवतजावतमा रोक लगाइएको ।
ङ) जिल्ला पर्वत;- मिति २०८३/०६/०९ गते बेलुका १९;०० बजे देखि ऐ. १० गते बिहान ०६;०० बजे सम्मको लागी पोखरा – बाग्लुङ मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्ला भित्र पर्ने अ. ५० कि.मि. हाईवे सडक खण्ड सडक बन्द गरिएको ।
९.बागमति प्रदेशका निम्न जिल्लाहरुमा सवारी साधन तपशिलको समयमा आवत जावतमा रोक लगाइएको ।
क) जिल्ला चितवन ; मिति २०८३/०६/०८ गतेदेखि जि. चितवन र आसपासका क्षेत्रमा निरन्तर बर्षा भईरहकोले नारायणगढ - मुग्लिन सडक खण्डको विभिन्न स्थानहरुमा लगातार पहिरो गईरहेकोले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मको लागि सबै सवारी साधनहरुलाई आवागमन बन्द गरिएको ।
ख) जिल्ला धादिङ;- मिति २०८३/०६/०८ गतेदेखि जि. धादिङ र आसपासका क्षेत्रमा निरन्तर बर्षा भईरहकोले पृथ्वी राजमार्ग सडक खण्डको विभिन्न स्थानहरुमा लगातार पहिरो गईरहेकोले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मको लागि सबै सवारी साधनहरुलाई आवागमन बन्द गरिएको ।
ग) जिल्ला मकवानपुर ;- मिति २०८३।०६।०८ गते देखि परेको अविरल एवं भारी बर्षाको कारण पृथ्वी राजमार्ग तथा कान्ति राजमार्ग अवरुद्ध भई सडकमा अत्याधिक चाप परेकोले मालवाहक तथा यात्रुवाहक सवारी साधनहरुलाई त्रिभुवन राजपथ हुँदै तपसिलमा उल्लेखित समय तालिका बमोजिम सवारी साधन सञ्चालन गराउने व्यवस्था मिलाएको
१) त्रिभुवन राजपथ प्रयोग गरी हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारी साधनको लागि (चौकी टोलबाट)
क) २०८३ असोज ०९ गते शुक्रबार जाने समय:- बिहान १०:०० बजेदेखि दिउँसो १४:०० बजे सम्म मात्र।
ख) २०८३ असोज १० गते शनिबार बिहान ०४:०० बजेदेखि दिउँसो ०८:०० बजे सम्म मात्र र राति २२:०० बजेदेखि असोज ११ गते बिहान ०२:०० बजेसम्म मात्र)
२) त्रिभुवन राजपथ प्रयोग गरी काठमाडौंबाट हेटौंडातर्फ आउने सवारी साधनका लागि (सिमभञ्ज्याङ चौकीबाट)
क) २०८३ असोज ०९ गते शुक्रबार - साँझ १९:०० बजेदेखि राती २३:०० बजेसम्म मात्र
ख) २०८३ असोज १० गते शनिबार - दिउँसो १३:०० बजेदेखि साँझ १७ बजेसम्म मात्र
ग)२०८३ असोज ११ गते आईतबार - बिहान ०७:०० बजेदेखि बिहान ११:०० बजेसम्म मात्र
मालवाहक सवारी साधनहरुको हकमा अर्को व्यवस्था नभएसम्मको लागि इन्धन तथा एल.पी. ग्यास बोकेका बाहेक अन्य १० चक्का भन्दा लामो र १५ टन भन्दा भारका मालवाहक सवारी साधनहरुलाई उक्त सडक खण्ड पुर्ण रुपमा निषेध गरिएको । यात्रुवाहक सवारी साधनको हकमा ११ मी. लम्बाई सम्मका सवारी साधनले मात्र उक्त राजपथ प्रयोग गर्न सक्ने ।
घ) जिल्ला सिन्धुली;- मिति २०८३/०६/०८ गते देखी मिति२०८३/०६/११ गते सम्म सम्भावित बाढी,पहिरो बाट हुने जोखिमको मध्यनजर गर्दे बेलुका १७;०० बजे देखी बिहान ०५;०० बजे सम्म बिपि राजमार्गमा आवत जावतमा पुर्णरुपमा रोक लगाइएको ।
ङ) जिल्ला दोलखा;- मिति २०८३/०६/०८ गते देखी मिति २०८३/०६/१० गते सम्म सम्भावित बाढी,पहिरो बाट हुने जोखिमको मध्यनजर गर्दे बेलुका २०;०० बजे देखी बिहान ०५;०० बजे सम्म जिल्ला भरिका सबै सडक कण्ड आवत जावतमा पुर्णरुपमा रोक लगाइएको ।
च) जिल्ला काभ्रेः- मिति २०८३/०६/०८ गते देखी मिति २०८३/०६/११ गते सम्म सम्भावित बाढी, पहिरोबाट हुने जोखिमको मध्यनजर गर्दे बेलुका १७;०० बजे देखी बिहान ०५;०० बजे सम्म बि.पि र अरनिको राजमार्ग सिन्धुपाल्चोकतर्फ जाने सम्पुर्ण सवारी साधन आवत जावतमा पुर्ण रुपमा रोक लगाइएको ।
छ) जिल्ला सिन्धुपाल्चोक;- मिति २०८३/०६/०८ गते देखी मिति २०८३/०६/०९ गते सम्म सम्भावित बाढी, पहिरोबाट हुने जोखिमको मध्यनजर गर्दे बेलुका २०;०० बजे देखि बिहान ०५;०० बजे सम्म पृथ्वी लोकमार्गमा आवत जावतमा पुर्ण रुपमा रोक लगाइएको ।
१०.जि. काभ्रे बि.पि राजमार्ग पुर्ण रुपमा अबरोध ।
मिति २०८३-०६-०९ गते अ.०४:३० बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा.७ चारसयवेशी र रोशी गा.पा ८ गिम्दीवेशी स्थित बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट पहिरो गई दुबै तर्फि बाटो अवरुद्ध भएको ।
११.जि. ओखलढुङ्गा सिद्धिचरण लोकमार्ग पुर्ण रुपमा अबरोध ।
मिति २०८३/०६/०९ गते ०६;१५ बजे जि ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा सडक भन्दा माथिबाट लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १५ मिटर सडकमा क्षती पुगी लोकमार्ग अबरोध भएको ।
१२.जि. मनाङ चामे-बेशिसहर सडक खण्ड पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।०९ गते ०६:३० बजेको समयमा जिल्ला मनाङ नासो गा.पा.३ खोत्रो स्थित चामे-बेशिसहर सडक खण्डमा राती देखी परेको अविरल बर्षाको कारण सडक माथीबाट ढुंगा सहितको पहिरो खसि रहेको कारणले सडक पूर्ण रुपमा अवरोध भएको ।
१३. जि. गुल्मी सिस्नेभिर रुद्रबिनि वामीटक्सार सडक खण्ड पुर्ण रुपमा अबरोध ।
मिति २०८३/०६/०९ गते अं. १५:३० बजेको समयमा जिल्ला गुल्मी चन्द्रकोट गा.पा.७ सिस्नेभिर स्थित रुद्रबिनि वामीटक्सार सडक खण्डमा बाटो माथिबाट लेदो सहितको पहिरो खसि बाटो पूर्ण रुपमा अवरोध भएको ।
१४.जि.बागलुङ मध्यपहाडी लोकमार्गमा राजमार्ग अवरोध ।
(क) मिति २०८३।०६।०९ गते अ.१८:४५ बजेको समयमा जिल्ला बागलुङ निसिखोला गा.पा.०४ कानाबगर स्थित मध्यपहाडी लोकमार्गमा अविरल बर्षाको कारण बाटो माथिबाट लेदो सहितको पहिरो आई बाटो पूर्णरुपमा अवरोध भएको ।
(ख) मिति २०८३।०६।०९ गते अ.१९:४५ बजेको समयमा जिल्ला बागलुङ जैमीनी न.पा.०८ बेलबगर स्थित कालिगण्डकी करिडोरमा अविरल बर्षाको कारण बाटो माथिबाट लेदो सहितको पहिरो आई बाटो पूर्णरुपमा अवरोध भएको ।
१५.जि.रोल्पा, घोराही थवाङ रुकुम सहिदमार्ग अवरोध ।
मिति २०८३।०६।०९ गते अं.१९;०० बजेको समयमा रोल्पा माडी गा.पा. वडा नं.३ गरगरे स्थित घोराही थवाङ रुकुम सहिदमार्ग सडक खण्डमा सडक माथिबाट अबिरल बर्षादका कारण ढुङ्गा,माटो र लेदो सहितको पहिरो खस्न जाँदा बाटो पूर्णरुपमा अवरोध भएको ।
१६.जि.कालिकोट, कर्णाली राजमार्ग अवरोध ।
मिति २०८३।०६।०९ गते अं.१९;३५ बजेको समयमा शुभकालिका गा.पा.वडा नं.१ स्थित कर्णाली राजमार्ग सडक खण्डको गगने खोलामा माथिबाट ढुङ्गा माटो लेदो सहितको पहिरो आई बाटो पूर्णरुपमा अवरोध भएको ।
१७.जि.काभ्रे, अरनिको राजमार्ग अवरोध ।
मिति २०८३।०६।०९ गते अं. २१:२५ बजेको समयमा जिल्ला काभ्रे धुलिखले न.पा. ८ पकुचा स्थित अरनिको राजमार्ग सडक खण्डमा सडकको माथि बाट ढुङ्गा सहितको पहिरो खसि दुवै तर्फि बाटो पूर्णरुपमा अवरोध भएको ।
१८.जिल्ला गुल्मी राजमार्गहरु अवरोध ।
(क) मिति २०८३/०६/०९ गते अं. २१:४५ बजेको समयमा जिल्ला गुल्मी रुरु क्षेत्र गा. पा. वडा न. १ स्यालबिसौना स्थित रिडी तम्घास मदनभण्डारी राजमार्गमा माथि बाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध ।
(ख) मिति २०८३/०६/०९ गते अं. १५:३० बजेको समयमा जिल्ला गुल्मी चन्द्रकोट गा.पा.७ सिस्नेभिर स्थित रुद्रबिनि वामीटक्सार सडक खण्डमा बाटो माथिबाट लेदो सहितको पहिरो खसि बाटो पुर्ण रुपमा अवरोध ।
(ग) मिति २०८३/०६/०९ गते अं. ०७:४० बजेको समयमा जिल्ला गुल्मी कालिगण्डकी गा.पा.२ राक्से स्थित कालिगण्डकी करिडोर सडक खण्डमा बाटो माथिबाट लेदो सहितको पहिरो आएको, ऐ. गा.पा.४ स्थित पातीखोलाको बाहाव बढी बाटो पुर्ण रुपमा अवरोध ।
१९.जि.सल्यान राप्ती राजमार्ग अवरोध ।
मिति २०८३/०६/०९ गते अं. २२:४० बजेको समयमा जिल्ला सल्यान कपुरकोट गा.पा. ५ खारखोला स्थित राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक खण्डमा अविरल वर्षातको कारण ढुंगा,लेदो माटो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अवरोध ।
२०.जि.म्याग्दी बेनी-जोमसोम सडक खण्ड पुर्ण रुपमा अबरोध
मिति २०८३।०६।१० गते ०५;५० बजे जि. म्याग्दी रघुगंगा गा.पा.०२ बैसरी र अन्नपुर्ण गा.पा.३ सुकेवगर सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
२१.जि.मकवानपुर, हेटौडा, भैसे, भिमफेदी फाखेल, काठमाण्डौ सडक खण्ड अवरोध ।
मिति २०८३।०६।१० गते अं.०७:३५ बजेको समयमा जि.मकवानपुर ईन्द्रसरोबर गा.पा.४ महालक्ष्मी खोला नजिकै हेटौडा, भैसे, भिमफेदी फाखेल, काठमाण्डौ सडक खण्डमा अबिरल बर्षाको कारण लेदो सहितको पहिरो खसी बाटो पुर्ण रुपमा अवरोध भएको ।
२२.जिल्ला दाङ तुलसीपुर-घोराही सडक खण्ड पुर्णं रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते अं.०७;३० बजेको समयमा जिल्ला दाङ, तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १८ ग्वारखोला स्थित तुलसीपुर-घोराही सडक खण्ड अन्तर्गत ग्वारखोला पुलमा नयाँ पुल बनाउन खाल्डो खनेकोमा पुलको मुनिको माटो खस्न गई संचालित रहेको पुरानो पुल पूर्ण रूपमा बन्द भएको ।
२४.जिल्ला मुस्ताङ जोमसोम-कोरोला सडक खण्ड पुर्ण रुपमा अबरोध ।
मिती २०८३।०६।१० गते अं.०७:२५ बजेको समयमा जिल्ला मुस्ताङ वारागुङ मुकतिक्षेत्र गा.पा. ०३ कालोभिर स्थित जोमसोम-कोरोला सडक खण्डमा अविरल वर्षाको कारण सडक माथिबाट ढुङगा सहितको पहिरो खसी बाटो अवरोध भएको ।
२५. जिल्ला डोटी को सबै भागमा बाटो अबरोध सम्बन्धि जानकारी ।
मिति २०८३।०६।०९ गते देखी जिल्ला डोटीमा निरन्तर बर्षा भइरहेकोले सम्भाबित जोखिमलाइ मध्यनजर गर्दै आज मिति २०८३।०६।१० गते बिहान ०७:०० बजे देखी मिति २०८३।०६।११ गते बिहान ०७:०० बजे सम्म सवारी साधनको आवागमनमा पुर्ण रुपमा रोक लगाइएको भनि जिल्ला प्रशासन कार्यालय डोटीको पत्र प्राप्त भएको ।
२६.जिल्ला हुम्ला कर्णाली करिडोर पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते ०७:०० बजेको समयमा जिल्ला हुम्ला सर्केगार्ड गा पा १ खच्चा स्थित कर्णाली करिडोरमा माथिबाट पहिरो आइ सडक पुर्णरुपा अवरोध भएको ।
२७.जिल्ला नवलपरासी पुर्व कालि गण्डकी करिडोर पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते १९;३० बजे परेको अबिरल बर्षाको कारण जिल्ला नवलपरासी (पूर्व) बुलिङ्टार गा.पा.६ घुमाउरी घाट स्थित कालीगण्डकी करीडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको ।
२८.जिल्ला पाल्पा कालि गण्डकी करिडोर पुर्ण रुपमा अबरोध ।
मिति २०८३/०६/१० गते अन्दाजी १९:०० बजेको समयमा जिल्ला पाल्पा रामपुर नगरपालिका १ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडक खण्डमा माथिबाट ढुङ्गा सहितको पहिरो आइ बाटो पुर्ण रुपमा अबरोध भएको।
२९.जिल्ला मुस्ताङ जोमसोम-कोरला सडक-खण्डमा पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते अं.०६:५० बजेको समयमा जिल्ला मुस्ताङ लो- घेकरदामोदरकुण्ड गा.पा.२ सेल्फीडाँडा स्थित जोमसोम-कोरला सडक-खण्डमा अविरल वर्षाको कारण लेदो आउँदा बाटो पुर्ण रुपमा अबरोध भएको।
३०.जिल्ला दार्चुला महाकाली राजमार्ग(दार्चुला-गोकुलेश्वर) पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते अं. २१:०५ बजेको समयमा जिल्ला दार्चुला मालिकार्जुन गा.पा.०८ ऐरिछिना स्थित महाकाली राजमार्ग(दार्चुला-गोकुलेश्वर) बर्षाको कारण सडक माथीबाट ठुलो ढुगां खस्न गई सडक अवरुद्द भएको ।( साना गाडि पास हुने)
३१.जिल्ला पाल्पा सिद्दार्थ राजमार्ग पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते अ. २१:३० बजेको समयमा जिल्ला पाल्पा माथागढी गा.पा. १ अगाहाखोला नजिकै सिद्दार्थ राजमार्गमा अबिरल बर्षाको कारण रुख ढली बाटो पुर्णरुपमा अबरोध भएको।
३२.जिल्ला अर्घाखाँचीपूर्व सन्धिखर्क-गोरुसिङ्गे पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।१० गते अं.२३:०० बजे जिल्ला अर्घाखाँची शितगंगा न.पा.४ बरबोट स्थित सन्धिखर्क-गोरुसिङ्गे सडक खण्डमा सडक माथिबाट पहिरो आइ बाटो पुर्णरुपमा अवरोध भएको ।
३३.जिल्ला ललितपुर कान्तिलोकपथ पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।११ गते अ.०३:४० बजेको समयमा जिल्ला ललितपुर बागमती गा.पा. वडा नं. ०३ टाकुर्चे स्थित अविरल वर्षातको कारण लेदो सहितको पहिरो र पाङदुरडोलमा भिरबाट ढुङ्गा खसी कान्तिलोकपथ सडक खण्ड बाटो अवरुद्द भएको ।
३४.जिल्ला पर्वत मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।११ गते अ. ०६;१० बजेको समयमा अबिरल बर्षाको कारण जिल्ला पर्वत कुश्मा न.पा. ६ तमादी खोला स्थित मध्य पहाडी लोकमार्गमा माथिबाट लेदो सहितको पहिरो गई बाटो अवरुद्द भएको ।
३५.जिल्ला लमजुङ बेशीसहर-मनाङ सडक पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।११ गते अं.०६;२५ बजेको समयमा जिल्ला लमजुङ बेशिसहर न.पा.६ खरखरे भिर स्थित बेशीसहर-मनाङ सडक खण्डमा अबिरल बर्षाका कारण माथि बाट पहिरो खसि बाटो पूर्ण रुपमा अवरोध भएको।
३६.जिल्ला स्याङजा सिद्धार्थ राजमार्ग पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।११ गते अ.०६;०० बजे जिल्ला स्याङजा पुतलीबजार न.पा.१ तिनधारे,सार्वजनिक शौचालय र बसपार्क स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा लगातार परिरहेको अविरल बर्षाको कारण सडक माथीबाट लेदो सहितको पहिरो खसी बाटो पुर्णरुपमा अवरुद्ध भएको।
३७.जिल्ला तनहुँ पृथ्बीराजमार्ग राजमार्ग पुर्ण रुपमा अबरोध ।
मिति २०८३।०६।११ गते अं.०६:४५ बजेको समयमा जि.तनहुँ ब्यास न.पा. १२ घाँसीकुवा , म्याग्दे गा.पा.६ मौरी भिर , शुक्लागण्डकी न.पा.७ सेराटार र वन्दीपुर गा.पा. ४ चुनपहरा पृथ्बीराजमार्गमा सडक माथिबाट ढुङगा माटो सहितको पहिरो आई दुई तर्फी बाटो अबरुद्ध भएको ।