Europe Job Vacancy

  • Home
  • Europe Job Vacancy

Europe Job Vacancy Europe रोजगारी सम्बन्धि सम्पुर्ण जानकार?

19/12/2021

U.k को लागि सुबर्ण अबसर !!
सिजनल visa :(agriculture 6 month )
salary :2,50,000
माग संख्या :100 ( महिला पुरुष )
उमेर :18 to 50बर्ष
अधिक जानकारिको लागि सम्पर्क गर्नुहोला !
सम्पर्क नम्बर :9741893885

25/11/2021

🇦🇲ARMENIA 🇦🇲e-VISA
👉VISIT VISA ENTRY TO WORK PROCESS SALARY 500to 650 EURO WITH ACCOMMODATIONS
👉REQUIRED PASSPORT PHOTO ONLY COMPANY : SUPERMARKET - GROCERY STORE - BRANDS STORE
👉REQUIRED POST :
HELPER - SUPERVISOR - STOREKEEPER - LOADER
👉VISA - JOB - ACCOMMODATION - TRC
10/15 Din ma visa दिनेछ !
1महिना भित्रमा flyght हुनेछ!
contact no: 9741893885
Whats app no 9843164881

21/11/2021

URGENT REQIREMENT FOR MALTA :

COMAPANY NAME OF M/S JF GROUP BIRKIRKARA MALATA

DEMAND LETTER OF MALATA EUROPE

1 PLUMBER BB _ 5 SALARY _ 1000 £uro
2 MASON _ 5 SALARY _ 900 £uro
3 STEEL FIXER _ 15 SALARY _ 900 £uro
4 BUS BODY DAINTER _ 2 SALARY _1080 £uro
5 spray painter _ 4 SALARY _ 1000 £uro
6 HOUSEKEEPING (MALE&FEMALE) _20 SALARY _ 740 £uro
7 WAITER (MALE&FEMALE) _ 10 SALARY _ 740 £uro
8 BUS DRIVER _ 50 SALARY _ 850 £uro
9 CLEANER _ 50 SALARY _ 740 £uro
10 DISH WASHER _ 30 SALARY _ 750 £uro
11 KITCHEN HELPHER _ 30 SALARY _ 800 £uro
12 CHINES COOK _ 5 SALARY _900/1000 £uro
13 CONTINENTAL COOK _ 5 SALARY _ 900/1000 £uro
PERIOD OF CONTACT _1 YEARS (RENEWABLE)
अधिक जानकारिको लागि सम्पर्क नम्बर : +9779741893885
Whats app no :+9779843164881

19/11/2021

URGENTLY ! URGENTLY!!
GREAT OPPORTUNITY IN ROMANIA

1) CHOCOLATE FACTORY COMPANY WORKER FOR (FEMALE) --20-- SALARY--500USD
(ACCOMMODATION --- PROVIDED BY COMPANY)
(FOOD --- Duity meal )

CALL US FOR MORE INFORMATION
CONTACT NO:+9779741893885
WHAT`S APP NO:+9779843164881

17/11/2021

URGENTLY ! URGENTLY!!
GREAT OPPORTUNITY IN MALDIVS
(GOVERNMENT) FISH COMPANY

1) CLEANER WORKER FOR (FEMALE) --20---SALARY 300$
(ACCOMMODATION --- PROVIDED BY COMPANY)
(FOOD --- PROVIDED BY COMPANY )

CALL US FOR MORE INFORMATION
CONTACT NO:+9779741893885
WHAT`S APP NO+9779843164881

19/07/2021

URGENTLY !URGENTLY!!
(FOR ROMANIA)

(PAYMENT AFTER WORK PERMIT( VISA )

1)room attendent --10 salary 550 usd
2) general worker--50 salary 550. usd
3) cook helper. ---10 salary. 550 usd
4) cleaner.male/female ----10. Salary 550 usd
5) storekeeper. ----10 salary. 550 usd
6). Continental Cook. ---10. salary. 650 usd

Required documents:(C.V/PASSPORT/PHOTOS/QUALIFICATION CERTIFICATE/EXPERIENCE CERTIFICATE/POLICE CLEARANCE/MEDICAL FITNESS REPORT)
Call us for more information
Contact no:+9779818359886/+977 984-1072373
What's app no:+9779818359886

16/07/2021

URGENTLY
Work permit visa for Romania

Salary for Unskilled Like Construction workers , Packing , Factory, Delivery boy, Cleaning Male and female , COOK, CHEF , WAITERS , ROOM SERVICES, OFFICE BOY , KITCHEN HELPER , STORE WORKERS ETC 600 USD Plus Food And Residence,
And for Skilled like MASON, STEEL FIXER, SHUTTERING CARPENTER, TILE FIXER, WELDER ,HEAVY-MACHINERY DRIVER JCB EXCAVATER , CRAIN ETC is
800 USD to 1000 USD ,
Residence and Food Will be Provided,
For Engineers 1200 USD Plus Other Facilities,

Required documents:(C.V/PASSPORT/PHOTOS/QUALIFICATION CERTIFICATE/POLICE CLEARANCE/MEDICAL FITNESS REPORT)
Call us for more information
Contact no:+9779818359886/+9779843164881
What's app no:+9779818359886

05/07/2021

यस्तो छ अब बैदेशिक रोज़गारमा जाने देशहरूको शर्तहरू:

दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतमा कामदार आपूर्ति बन्द
कुवेतले साउन १७ देखि कामदार लिने तर खोप लगाएका मात्रै, साउदी अरबमा खोप वा १० दिन क्वारेन्टाइन
कतार र बहराइनमा १० र ओमनमा ७ दिन क्वारेन्टाइन

काठमाडौँ — प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् ।

कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लगिरहेका छन् ।
कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो । कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । ‘खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी,’ उनले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड भयो ।’ कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।

यूएईले वैशाख २३ देखि नेपालबाट कामदार लिएको छैन । कोरोनाको ठूलो मारमा परेको भारतलाई भने उसले खुला गरेको छ । कात्तिकयता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको छ । कामदार छनोट गरी उडान भर्ने बेला यूएईले नेपालमाथि प्रतिबन्ध लगाएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालमा कोरोनाको संक्रमण दर घटिरहेको हुनाले प्रतिबन्ध खोल्न यूएई सरकारलाई अनुरोध भइसकेको बताए । ‘नेपालले खोप उपलब्ध नगराएसम्म यूएईले कामदार लिने सम्भावना देखिँदैन,’ त्यहाँ कार्यरत एक नेपाली व्यवसायीले भने, ‘यूएईको सर्त नै खोप हो ।’ यूएईको स्वास्थ्य मन्त्रालयले गत असार ९ मा जारी गरेको सूचनाअनुसार फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड– अस्ट्राजेनेकाको खोपलाई मात्रै त्यहाँ मान्यता दिइएको छ । अक्सफोर्ड– अस्ट्राजेनेकाको कोभिसिल्ड खोप पहिले भारतबाट ल्याइए पनि हाल उपलब्ध छैन । सिनोफार्मको भेरोसेल खोप नेपालमा ल्याइए पनि पर्याप्त छैन ।

कुवेतले कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै नेपालबाट कामदार लगेको छैन । आउँदो साउन १७ गतेदेखि भने खोप लगाइसकेका कामदार आउन पाउने सूचना जारी गरेको छ । कुवेतले पहिला नै भिसा भएका तर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । तर कुवेत जान त्यहाँको सरकारले अनुमोदन गरेका अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोप लगाउनुपर्नेछ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने कुवेत सरकारले जनाएको छ । ‘कुवेतले भनेको खोप हाम्रोमा छैन । हामी नेपालको यथार्थता जानकारी गराउने प्रयासमा छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने ।

सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरबले एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रु नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । नागरिक उड्डयन प्राधिकरण, साउदीका अनुसार त्यहाँ जाने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको आधिकारिक प्रमाणपत्र पेस गर्नुपर्छ ।

‘अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, मोडर्नाको दुई डोज खोप र जोन्सनको एक डोज लगाएको यात्रुलाई मात्रै बोक्ने अनुमति छ,’ निर्देशनमा उल्लेख छ, ‘अन्तिम डोज लगाएको भने १४ दिन घटी हुनुहँॅदैन ।’ खोप नलगाएका कामदारलाई भने १० दिन अनिवार्य क्वारेन्टाइनमा राखिएको साउदीको रियादस्थित जिओल्यान्ड ट्राभलका प्रतिनिधि सुरेशराज त्रिपाठीले बताए । ‘खोप लगाएकाहरू सिधै कम्पनीको क्याम्पमा जान पाउँछन् । खोप नलगाएकाहरू आउने हो भने टिकट काट्ने समयमा नै क्वारेन्टाइनबापतको शुल्क भुक्तानी गर्नुपर्छ । जसले गर्दा साउदी आउन सामान्यतया एक लाख ६० हजार रुपैयाँ परिरहेको छ,’ उनले भने, ‘कम्पनीले नतिरेको खण्डमा कामदार आफैंले यो रकम तिर्नुपरेको छ । रकम तिर्न नसक्नेहरू नेपालमै अड्किएर बसेका छन् ।’ साउदीको जेद्दास्थित कार्यवाहक कन्सुलर जेनेरल शत्रुवन पोखरेलका अनुसार मागपत्र प्रमाणीकरण गर्ने बेलामा नै कम्पनीले क्वारेन्टाइनको खर्चको जिम्मेवारी लिएको छ । साउदीको आन्तरिक मन्त्रालयको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएकाले मात्रै काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिए जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

कतारले भने खोप नलगाएका कामदारलाई पनि प्रवेश अनुमति दिएको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार कतारमा दिनमा ४० हजारलाई खोप दिइँदै छ । ‘क्वारेन्टाइन बसेकालाई कतार सरकारले नै खोपको प्रबन्ध गरिदिएको छ’, उनले भने, ‘कतार आएपछि १० दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।’ ओमान र बहराइनले नयाँ भिसा जारी गरेका छैनन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले आवासीय भिसा भएका कामदार आउन भने रोक नभएको बताइन् । ‘जोसँग रोजगारको भिसा छ । उनीहरू क्वारेन्टाइनमा ७ दिन बस्ने गरी आउन पाउँछन्,’ उनले भनिन् । गैरआवासीय नेपाली संघ बहाराइनकी अध्यक्ष लक्ष्मी गिरीका अनुसार यूएईले नेपाली आउन नदिँदा बहराइनमा समेत नेपाली जान नपाएको बताइन् । ‘बहराइनसँग सिधा उडान छैन । यूएई ट्रान्जिट भएर आउनेमा त्यहाँको उडानले नेपाली बोक्दैनन्,’ उनले भनिन् ।

गन्तव्य मुलुकहरूले खोपलाई सर्त बनाएपछि नयाँ र बिदामा आएका नेपाली रोजगारविहीन छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले समस्यमै खोप व्यवस्थापन गर्न नसके नेपालको वैदेशिक रोजगार धराशायी बन्न सक्ने बताए । ‘खोप नलगाएका देशका कामदार गन्तव्य मुलुकहरूको प्राथमिकतामा परेका छैनन् । हामीले आवश्यक खोप व्यवस्थापन गर्न सकेको भए कामदारमाथि रोक लाग्ने थिएन,’ उनले भने । वैदेशिक रोजगारीमा गएका नेपाली वार्षिक झन्डै ८ सय करोड रुपैयाँ रेमिट्यान्स भित्र्याउँछन् ।

02/07/2021

Urgent requirement for ROMANIA

Permit visa

1)WELDER---- 20 ---- SALARY 650$
2) PLUMBER--- 20---- SALARY 650$
3) KITCHEN HELPHER --12 --- SALARY 650$
4) HOUSE KEEPING ---16--- SALARY 650$
5)GENERAL WORKER----10----SALARY 550$
(accomodation provied by company)

अधिक जानकारीको लागि सम्पर्क न.
+9779843164883/+9779818359886
What`s app no.+9779818359886
Note :सम्बन्धित काम को लागि नेपाल भन्दा बाहिर काम गरेको experience certificate भएको ले मात्र सम्पर्क गर्नुहोला!

19/04/2021

 वैदेशिक रोजगारीका समस्या समाधानका लागि चाल्नुपर्ने कदम👇👇👇
वैदेशिक रोजगारीको माध्यमबाट गरिबी निवारण गर्ने, लगानीको वातावरण सिर्जना गरी आयआर्जनको मार्गप्रशस्त गर्ने, विकास र सामाजिक एकीकरणमा यसका सकारात्मक पक्षहरुको अवलम्बन गर्ने सोच सरकारले लिएको छ । यस अवस्थामा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समयमै पहिचान गरी समाधान गर्नु सरकार र सरोकारवाला सबैको दायित्व हुन जान्छ । तसर्थ, माथि उल्लिखित समस्यालाई निम्न उपायहरुद्वारा समाधान गर्न सकिन्छ : – अन्तर्राष्ट्रिय बजारमा माग भएबमोजिमको योग्यता, सीप, दक्षता र क्षमता भएका श्रमशक्ति प्रक्षेपण गर्ने र स्वदेशमा सीप तथा तालिम दिएर दक्ष बनाई विदेश पठाउने, – भाषागत, सीपमूलक र प्रविधिगत ज्ञान वृद्धिमा जोड दिने, – वैदेशिक रोजगारी बेराजगारी समस्या समाधानको अस्थायी कडीमात्र हो भन्ने धारणा विकास गरी प्राथमिकताका आधारमा प्रत्येक वर्ष मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्ने, – वैदेशिक रोजगारीबाट फर्किएकाहरुको अनुभव र सीपको उपयोग गर्ने वातावरण सिर्जना गर्ने, – आन्तरिक तथा वैदेशिक लगानीको वातावरण सिर्जना गर्ने, साथै विप्रेषणबाट प्राप्त रकम उत्पादनमूलक कार्य (जस्तैः जलविद्युत) मा उपयोग गर्ने, – सूचनामा सबैको पहुँच सुनिश्चित गर्ने, गलत सूचना प्रवाह गरी ठगी गर्नेलाई कानुनी कारबाही गर्ने, – वैदेशिक रोजगारीमा जाने प्रक्रिया झन्झटिलो भएकाले एकद्वार पद्धति अपनाई सेवाप्रवाह छिटोछरितो बनाउने, – वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने खर्च रकम सहुलियत ब्याजदरमा उपलब्ध गराउने, – वैदेशिक रोजगारीमा संलग्न निकायहरू श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयबीच कार्यमूलक सम्बन्ध र समन्वय कायम गर्ने, साथै तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने, – वैदेशिक रोजगार व्यवसायीमा व्यावसायिक कुशलता र नैतिकताको विकास गर्न विभिन्न अन्तर्क्रिया आयोजना गर्ने र तिनीहरुको निरन्तर अनुगमन गर्ने, – नेपाली कूटनीतिक नियोगहरू गन्तव्य मुलुकमा स्थापना गरी रोजगारवालाहरुको हितमा क्रियाशील गराउने, आवश्यकताअनुसार श्रमसहचारीको व्यवस्था र विस्तार गर्दै जाने, – गन्तव्य मुलुक जानुअघि सो मुलुकको रहनसहन, भाषा, संस्कृति, कानुन तथा भूगोलबारे जानकारी गराउने, – सरकारी स्वीकृति नलिई विदेश जाने र अनुमति नभएको देशमा गैरकानुनी बाटो प्रयोग गरी जाने प्रवृत्तिलाई रोक्न जनचेतनामूलक कार्यक्रम गर्ने, – प्रस्थानपूर्व कामदारले गर्ने कामको प्रकृतिअनुसार सीप तथा क्षमतासम्बन्धी तालिम दिने, – महिला कामदारको पहुँचलाई सुरक्षित, मर्यादित र सहज बनाउने, – वैदेशिक रोजगार सेवाप्रवाहलाई विकेन्द्रीकरण गर्नुको साथै सूचना, जानकारी र वित्तीय बैंकिङ प्रणालीलाई ग्रामीण तहसम्म प्रवाह गर्ने ।

वैदेशिक रोजगारका सम्बन्धमा उठेका सवाल👇👇👇
वैदेशिक रोजगारीको ट्रेन्ड र प्रभावका आधारमा समय–समयमा विभिन्न मुद्दा उठ्ने गरेका छन् । यस्ता मुद्दाहरुको सही गन्तव्य पहिचान गर्नका लागि बहस, पैरबीको खाँचो छ । यस क्षेत्रमा वर्तमान अवस्थामा देखिएका मुख्य मुद्दाहरु निम्न छन् : – श्रम कूटनीति, यसको सबलता– श्रमिकको हक हितसंरक्षण अनुकूल रहेर श्रमसम्झौता गर्नु, गन्तव्य मुलुकसँगको सम्बन्ध, श्रमिकका सम्बन्धमा आउने विभिन्न मुद्दाहरुको निरुपण, – वैदेशिक रोजगारीमा जाँदाको लागत– फ्रि भिसा, फ्रि टिकट प्रणालीको कार्यान्वयन, अनैतिक र भ्रष्ट कार्यसंस्कारको निरुपण, बैंकिङ प्रणालीको उपयोग बढाउँदै लैजाने र अनौपचारिक रुपमा बाहिर पठाउने कार्यलाई निरुत्साहित गर्ने, – वैदेशिक रोजगारीमा लैंगिक आयाम– थप सुरक्षाको विषय, घरेलु कामदारको रुपमा पठाउने वा नपठाउने, बेचिएका तथा जोखिममा परेका महिला कामदारको सुरक्षा, उद्धार र पुनःस्थापनाको कार्य, – माइग्रेन्ट गभर्नेन्स वैदेशिक रोजगारमा तीनवटै तहका सरकारको भूमिका, सहकार्य र अन्य निकायसँगको सम्बन्ध, एकद्वार प्रणालीको व्यवस्था र सामाजिक लाभ–लागतको विश्लेषण र यसको विकल्प, – विकासमा वैदेशिक रोजगारीले पार्ने प्रभाव र यसको सकारात्मक उपयोग । निष्कर्ष, रोजगार, आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदानको दृष्टिले वैदेशिक रोजगार नेपालमा ज्यादै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । प्रतिवर्ष श्रमबजारमा प्रवेश गर्ने तीन चौथाई युवायुवतीको प्रमुख आकर्षक वैदेशिक रोजगारी बन्न पुगेको छ । उच्च दक्षता भएका र प्रतिभावान युवासमेत मुलुकभित्र रोजगारीको अवसर नहुँदा विदेसिने गरेका छन् । विकासको राम्रो सम्भावना हुँदाहुँदै पनि रोजगारीको अवसरमा कमी भएकाले कामका लागि वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यता हो । बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पु-याएकाले वैदेशिक रोजगारीलाई तत्काल रोजगारीको वैकल्पिक माध्यमको रुपमा लिइए पनि यसलाई क्रमशः घटाउँदै लगेर मुलुकभित्रै युवा जनशक्तिको उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । मुलुकले श्रम सम्झौता गरी कामदार पठाएका मुलुकमा नेपाली कामदार ठगिने, शोषणमा पर्ने स्थिति समाप्त गर्दै वैदेशिक रोजगारीमा गुणात्मकता बढाउनुपर्छ । मुलुकमै काम गरेर खाने अवस्था र सबै कामको सम्मान गर्ने धारणा जनमानसमा विकास गर्नुपर्छ ।
👇👇👇

07/12/2020

global visa service center pvt.ltd

स्वास्थ परिक्षण (medical report)

वैदेशिक रोजगारमा जानका लागि स्वास्थ्य परीक्षण प्रमाण पत्र आवश्यक पर्ने हुन्छ । यो प्रमाण पत्र सरकारले सूचिकृत गरेका स्वीकृत प्राप्त संस्थाबाट स्वास्थ्य परीक्षण गरेर लिनु पर्दछ । यो प्रमाण पत्रले छ महिनासम्मको लागि मात्र ग्यारेन्टी प्रदान गर्ने गर्दछ ।विदेशमा पनि फेरी स्वास्थ्य परीक्षण गर्ने भएकोले गलत स्वास्थ्य परीक्षणका आधारमा प्रमाण पत्र दिएको भए सम्बन्धित व्यवसायीले त्यसको क्षतिपूर्ति दिनुपर्ने हुन्छ । यी संस्थाहरूले दिइएको स्वास्थ्य परीक्षण प्रमाण पत्रमा होलोग्रामको व्यवस्था गरी उपलव्ध गराएका हुन्छन् ।
विदेशमा मेडिकल रिपोर्ट फेल भएमा क्षतिपूर्तिका लागि निम्नलिखित कागजातहरू जुटाउनु पर्दछ :
✍मेडिकल रिपोर्टको सक्कल प्रति ।
✍स्वास्थ्य समस्याका कारणले फर्किनु परेको प्रमाणित गर्ने कागजपत्र ।
✍होलोग्राम भएको मेडिकल रिपोर्ट कार्ड ।
✍श्रम स्वीकृति पत्र ।
✍आतेजाते हवाई टिकटको निस्सा ।
✍राहदानीको प्रतिलिपि ।
✍स्वास्थ्य व्यवसायी महासंघको रसिद र
✍तोकेका अन्य कागजातहरू सहित विशेषज्ञ समितिमा निवेदन पेश गर्ने ।
यी माथिका कागजपत्र संकलन पछि स्वदेशमा चेकअप गरेको दिनदेखि ६० दिन भित्र र विदेशमा हुने चेकअपमा मेडिकल फेल भई स्वदेश फर्केको ४५ दिन भित्रमा मेडिकल सेन्टरमा निवेदन दिइसक्नु पर्ने प्रावधान छ ।
फाइदाहरू :
✍आफू विदेशमा काम गर्नका लागि शारीरिक रूपमा सक्षम छु वा छैन भन्नेकुरा थाहा हुन्छ ।
✍विदेशमा हुने मेडिकल चेकअपमा समस्या हुँदैन ।
✍मेडिकल रिपोर्ट पेश गरेपछि मात्र विदेशबाट भिसा पाइने र नेपाल सरकारले पनि श्रम स्वीकृति प्रदान गर्ने हुदाँ कानूनी तवरबाट विदेश जान पाइन्छ ।
✍विदेशी कम्पनीहरूले निरोगी व्यक्तिहरूलाई मात्र काममा लगाउने हुँदा जाँच गराई होलोग्राम टाँसिएको मेडिकल रिपोर्ट कार्ड लिनु पर्दछ ।
✍विदेशमा मेडिकल चेकअप गर्दा फेलभएमा मेडिकल सेन्टरबाट क्षतिपूर्ति पाउन सकिन्छ ।
बेफाइदाहरू :
✍वैदेशिक रोजगारमा गरेको सम्पूर्ण लगानी डुब्न सक्छ ।
✍विदेशमा हुने मेडिकल चेकअपमा फेल भएमा क्षतिपुर्ति पाइँदैन ।
साराशंमा मेडिकल रिपोर्ट फेल हुँदाहुदै गलत रिपोर्ट बनाएर कहिल्यै पनि विदेश नजानु होला ।

Address

Schon Business Park, Dubai Investment Park (DIP), Dubai, UAE

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779818359886

Alerts

Be the first to know and let us send you an email when Europe Job Vacancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Law Practice?

Share