01/09/2026
आजदेखि हेटौंडा–काठमाडौं आवतजावतमा ‘वान-वे’ रुट लागू
हेटौंडा--काठमाडौं सडक यात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
🚙 १४ सिटभन्दा कम क्षमताका सवारीसाधनका लागि:
➡️ हेटौंडाबाट काठमाडौं जाँदा: भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं प्रवेश गर्नुपर्नेछ।
⬅️ काठमाडौंको फर्पिङबाट हेटौंडा आउँदा: फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ।
* मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि:
➡️ काठमाडौं जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ।
⬅️ हेटौंडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार यो नयाँ रुट व्यवस्था आजदेखि लागू भएको हो।
#हेटौंडा #काठमाडौं