28/08/2026
विपद्को नाममा हुने ठगी र दुरुपयोगबाट जोगिऔँ, हाम्रो सहयोग वास्तविक पीडितसम्म पुर्याऔँ।
विपद्को कठिन घडीमा सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो। तर यही संवेदनशील अवस्थाको फाइदा उठाउँदै राहत तथा सहयोगका नाममा ठगी गर्ने र रकमको दुरुपयोग गर्नेहरूबाट समेत सचेत रहन आवश्यक छ।
त्यसैले राहत तथा सहयोग रकम एकद्वार प्रणालीमार्फत आधिकारिक र विश्वसनीय माध्यमबाट मात्र संकलन गरौँ। सहयोग गर्नुअघि नेपाल सरकार वा सम्बन्धित आधिकारिक निकायको आधिकारिक वेबसाइट वा Verified Account बाट QR Code प्राप्त गरी मात्र रकम जम्मा गरौँ। QR मार्फत भुक्तानी गर्दा वा बैंक खातामा रकम ट्रान्सफर गर्दा रकम जम्मा हुने बैंक खाताको विवरण समेत यकिन गरी मात्र सहयोग गरौँ।
सामाजिक सञ्जालमा आएका अपुष्ट सूचना, व्यक्तिगत QR Code, अपरिचित बैंक खाता वा भावनात्मक अपिलका आधारमा हतारमा रकम नपठाऔँ। शंका लागेमा सम्बन्धित सरकारी निकाय वा आधिकारिक स्रोतबाट जानकारी भेरिफाइ गरौँ।
हाम्रो सानो सावधानीले ठगी रोक्न सक्छ, र हाम्रो सही सहयोगले वास्तविक पीडितको जीवनमा ठूलो राहत पुर्याउन सक्छ।
सहयोग गरौँ—तर सही माध्यमबाट।
सचेत बनौँ, अरूलाई पनि सचेत गराऔँ।
विपदमा सबै एकजुट बनौँ। 🇳🇵