13/08/2026
नेपाली जनताले दुःख पाउने एउटा प्रमुख कारण नै विधिको शासनका आधारभूत मान्यता नबुझ्नु र त्यसको पालना राज्यले गर्यो कि गरेन भनेर सचेत नहुनु हो।
हामीले खोजेको Rule of Law (विधिको शासन) हो, Rule by Law (कानुनको आडमा शासन) होइन। Rule of Man (व्यक्तिको शासन) त झन् हुँदै होइन।
राज्यले गर्न पाउने अधिकार संविधान र कानुनले सीमित गरेको हुन्छ। त्यसैले राज्यका हरेक निकाय र पदाधिकारीले संविधान र कानुनले तोकेको सीमाभित्र रहेर मात्र काम गर्नुपर्छ।
धरपकड गर्न, पक्राउ गर्न वा कानुनमा व्यवस्था भए मृत्युदण्डको सजाय पनि दिन मिल्छ र आवश्यकता अनुसार राज्यले कानुनबमोजिमका सबै कार्य गर्नु पनि पर्छ। तर कुनै पनि व्यक्तिलाई गैरन्यायिक रूपमा राज्यले एक मिनेट पनि नियन्त्रणमा राख्न मिल्दैन। अपराधीलाई पनि राज्यले निश्चित कानुनी प्रक्रिया पूरा गरेर मात्र सजाय गर्नुपर्छ, नत्र यसले शान्ति सुव्यवस्था कायम गर्न होइन, अराजकता फैलाउन मलजल गर्छ। हामीले र समाजले खोजेको पक्कै पनि सुशासन हो, विधिको शासन हो।
यति आधारभूत मान्यतालाई त हामी सबैले बुझौँ।
Sujit KC