21/08/2026
४ वर्षे स्नातक तह (B.B.S., B.Ed., B. Sc., B.A., B.F.A.) तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना प्रकाशित भएको छ।😮
❇️ फाराम भर्ने मिति:
- २०८३ भदौ ५ गतेदेखि असोज ५ गतेसम्म (नियमित दस्तुर)
र असोज ८ गतेदेखि १४ गतेसम्म (दोब्बर दस्तुर)
❇️ कसले फाराम भर्न पाउने ?
- २०८० सालमा भर्ना भई २०८१ मा प्रथम पटक प्रथम वर्षको परीक्षामा सामेल भएका सबै Regular विद्यार्थीहरू
- समय सीमा ननाघेका सबै Partial विद्यार्थीहरू
[२०७५ सालमा भर्ना भई २०७६ सालमा पहिलो पटक प्रथम वर्षको परीक्षा दिएका आंशिक विद्यार्थीहरूका लागि यो तेस्रो वर्षको परीक्षा अन्तिम अवसर (Last Chance) हुनेछ।]