Legal Service Nepal

Legal Service Nepal Legal Education for All...!!!

३५औं अधिवक्ता तहको परीक्षा लिखित परीक्षा २०८३को पहिलो पत्र तयारी सामग्रीसंवैधानिक कानूनका सिद्धान्तहरू
16/08/2026

३५औं अधिवक्ता तहको परीक्षा लिखित परीक्षा २०८३को पहिलो पत्र तयारी सामग्री
संवैधानिक कानूनका सिद्धान्तहरू

विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क खारेज तथा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२ को दफा १२(१) मा गरिएको स...
16/08/2026

विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क खारेज तथा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२ को दफा १२(१) मा गरिएको संशोधनसम्बन्धी व्यवस्था विरुद्ध परेको रिट निवेदन खारेज गर्दै सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०८३/०३/१० गते भएको महत्वपूर्ण व्याख्यासहितको पूर्णपाठ।

#सर्वोच्चअदालत #संवैधानिकइजलास #विनिमेयअधिकारपत्रऐन #बैंकिङकसूर #बैंकिङकसूरऐन #कानुनीफैसला #कानुनीनजिर

 #दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले स‌ङ्कुचन वा नियन्त्रण गरेको नदेखिने। दाइजो, पेवाबाट ...
11/08/2026

#दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले स‌ङ्कुचन वा नियन्त्रण गरेको नदेखिने। दाइजो, पेवाबाट आर्जित सम्पत्ति अन्य कसैलाई बिक्री व्यवहार हक हस्तान्तरण गर्न निषेध नगरी आफूखुस गर्न पाउने हकको रूपमा स्त्री अंशधनको महलको ५ नं. र अंशबन्डाको १८ नं. को व्यवस्था भएको पाइने ।

#अंशबन्डा हुँदा वा गर्दाको बेलामा दाइजो वा पेवाको सम्पत्ति अंशियार बाबुआमाको नाउँमा नै रहेका छन् भने छोराछोरीहरूले सगोलको सम्पत्तिका रूपमा अंश हक प्राप्त गर्ने।

#निजी आर्जन आफूखुस गर्न पाउने गरी कानूनले प्रदान गरेको हकलाई उपभोग गरी अन्यत्र व्यक्तिलाई हस्तान्तरण गरिसकेको भए बन्डा प्रयोजनको अवस्था नै नरहने हुँदा यही आलोकमा साबिक मुलुकी ऐनको स्त्री अंश धनको महल र हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को दुवै व्यवस्थाहरू व्याख्या गरिँदा नै उक्त कानूनी व्यवस्थाहरूको कानूनसङ्गत व्याख्या तथा प्रयोगमा द्विविधा नहुने । अन्यथा साबिक मुलुकी ऐन, स्त्री अंश धनको महलको अपव्याख्या हुन गई हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ नै निष्क्रिय बन्न जाने।

#नजिर: निर्णय नं. ११४९९
मुद्दा :- अंश चलन

सर्वोच्च अदालतको संवैधानिक इजलासले घरसारमा तयार भएका लेनदेनसम्बन्धी लिखत प्रमाणित गर्दा स्थानीय तहले मनलाग्दी शुल्क तथा ...
11/08/2026

सर्वोच्च अदालतको संवैधानिक इजलासले घरसारमा तयार भएका लेनदेनसम्बन्धी लिखत प्रमाणित गर्दा स्थानीय तहले मनलाग्दी शुल्क तथा दस्तुर लिन नपाउने ठहर गरेको छ।

संघीय कानूनले तोकेको सीमाभन्दा बढी शुल्क तथा दस्तुर लिने गरी स्थानीय तहले बनाएको कानुनी व्यवस्था बदर गर्दै त्यस्तो व्यवस्था कार्यान्वयन नगर्न सम्बन्धित स्थानीय तहका नाममा परमादेश जारी गरेको छ।

स्थानीय तहको आर्थिक अधिकार स्वायत्त भए पनि संविधान र संघीय कानूनको सीमाभन्दा बाहिर जान नसक्ने संवैधानिक इजलासको महत्वपूर्ण व्याख्या।

#सर्वोच्चअदालत #संवैधानिकइजलास #महत्वपूर्णफैसला #स्थानीयतह #लिखतप्रमाणित #लेनदेन #सेवाशुल्क

प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परीक्षण गर्न नसकिने विदेशका...
11/08/2026

प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परीक्षण गर्न नसकिने विदेशका अदालतमा सोही देशको फौजदारी न्यायिक प्रक्रियाबमोजिम चलेको मुद्दाका प्रतिवादीले गरेको बहिर क्षेत्रीय (extra territorial) पोलयुक्त बयानलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई शङ्का र अनुमानका आधारमा दोषी ठहर गर्नु फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हुने ।

 #सगोलका परिवारमध्ये जुनसुकै अंशियारहरूको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म उक्त सम्पत्तिमा सबै अंशियारह...
10/08/2026

#सगोलका परिवारमध्ये जुनसुकै अंशियारहरूको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म उक्त सम्पत्तिमा सबै अंशियारहरूको अंश हक लाग्ने भन्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था मानो नछुट्टिई सगोलमा रहे भएका अंशियारहरूको हकसम्ममा आकर्षित हुने कानूनी प्रावधान हो । मानो छुट्टिई अलग भइसकेका अंशियारहरूले आफ्नो निजी तवरबाट आर्जन गरेको सम्पत्तिको हकमा समेत यस कानूनी व्यवस्था आकर्षित भई त्यस्तो निजी सम्पत्तिसमेत अंश भाग लाग्ने भन्ने अर्थ गर्न नमिल्ने ।

#दर्तावालाको नाममा रहेको सम्पत्ति आर्जन गर्दा परोक्ष श्रम र सहयोग सगोलमा रहेका परिवारका अन्य सदस्यको पनि रहन्छ भन्ने मान्यता नै अंशबन्डासम्बन्धी कानूनी व्यवस्थाको मूल मर्म हुने। आर्जनमा आफ्नो कुनै सहभागिता र योगदान नै नरहेको सम्पत्ति अंशबन्डाको रूपमा अंशभाग पाउनुपर्छ भन्न तर्कसङ्गत नहुने ।

#नजिर: निर्णय नं. ११५०१
मुद्दा :- अंश दर्ता ।

जबरजस्ती करणीसम्बन्धी कसुरको सर्वोत्तम प्रमाण पीडित हुने हुँदा पीडितको उमेर आर्थिक, सामाजिक अवस्थालाई समेत संवेदनशीलतापू...
08/08/2026

जबरजस्ती करणीसम्बन्धी कसुरको सर्वोत्तम प्रमाण पीडित हुने हुँदा पीडितको उमेर आर्थिक, सामाजिक अवस्थालाई समेत संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने ।
अर्काको घरमा भाँडा माझेर खानुपर्ने विपन्‍न पारिवारिक अवस्था भएकी पीडित बालिकाको वतनमा म्याद जारी हुँदा निज फेला नपरी घर दैलोमा टाँस तामेल हुँदा निज पीडित अदालतसमक्ष उपस्थित नभएको अवस्थाको फाइदा वा सुविधा प्रतिवादीले नपाउने ।

सुरु म्याद गुजारी फरार रहेका प्रतिवादीले समेत पुनरावेदन गर्न पाउने गरी सम्मानित श्री सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएक...
08/08/2026

सुरु म्याद गुजारी फरार रहेका प्रतिवादीले समेत पुनरावेदन गर्न पाउने गरी सम्मानित श्री सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको फैसलाको पूर्णपाठ !

म्याद सूचना पाउनुपर्ने व्यक्तिका नाममा जारी भएको म्याद र तामेली त्रुटिरहित भए मात्र सम्बद्ध व्यक्तिले उक्त म्याद पाएको म...
07/08/2026

म्याद सूचना पाउनुपर्ने व्यक्तिका नाममा जारी भएको म्याद र तामेली त्रुटिरहित भए मात्र सम्बद्ध व्यक्तिले उक्त म्याद पाएको मानिने । त्यसरी त्रुटिरहित तवरले म्याद र सूचना पाएका सम्बद्ध व्यक्तिले कानूनको म्यादभित्र प्रतिवाद नगरेको स्थितिमा मैले म्याद सूचना पाइन भन्ने याचनालाई सुनुवाइ गर्ने निकायले इन्कार गर्ने । निर्णय नं ११३५७

के कस्तो अवस्थामा आत्महत्या दुरुत्साहन हुन्छ भन्ने सम्बन्धमा भएको  सर्वोच्च अदालतले व्याख्या…!!!
07/08/2026

के कस्तो अवस्थामा आत्महत्या दुरुत्साहन हुन्छ भन्ने सम्बन्धमा भएको सर्वोच्च अदालतले व्याख्या…!!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Legal Service Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share