19/05/2026
श्रीमान सपना महोदयले दिएको आदेश नै बेरित !!
"पुर्व एमाले सांसद तथा श्रीमान सपना महोदयले रिट दर्ताको लागि दिएको आदेश प्रथम दृष्टि (Prima facie) मा नै बेरित (इजलास बाट नभई च्याम्बरबाट) को छ, साथै प्राकृतिक न्यायको सिद्धान्त (Doctrine of natural justice) विपरीत समेत (आफ्नो हित सरोकार रहेको मुद्दामा आफैले आदेश दिएको) रहेकोले यो आदेश राजनीतिक आग्रह , पुर्वाग्रह तथा दलिय निहित स्वार्थबाट प्रेरित भएकोले कर्मचारी देखि मुख्य रजिष्ट्रारसम्म हिजो कुलेलाम ठोकेका थिए जस्तो छ ! यस्तो इस्युजमा बोल्ने भनेको न्यायधिश समाज नामक संगठन र सर्वोच्च अदालत कर्मचारि सगठन हुदा हुदै नेबाएले लालटिन बाल्ने कार्यक्रम राखेछ गाठे ! वकिलको हकहितमा लालटिन बाल्ने कार्यक्रम होला भन्ठानेर आज एका बिहानै देखि लालटिन किन्न हिडेको हिडै छु तर कहि फेला पार्न सकिन ! कि लालटिन नेबाएले आफै दिने हो सभागिहरुलाई !"- Adv. Krishna Ghimire Bhushan
Source: Entertain Lawyers