08/07/2026
एउटा कानुनको शिक्षकका लागि योभन्दा ठूलो गौरव र सन्तुष्टि अर्को केही हुन सक्दैन! हिजो मैले गरेका पूर्वानुमानहरू तथा कक्षाकोठामा बाँडेका ज्ञान, देश विकासका परिकल्पना र इच्छाहरू आज बिस्तारै राष्ट्र निर्माणको रूपमा साकार हुँदै गएको देख्न पाउँदा अत्यन्तै खुसी लागेको छ। आफ्नै विद्यार्थीहरू आज देशको कानुन निर्माण गर्ने संसद् भवनमा पुगेर समाजको सेवा गरिरहेको देख्दा गर्वले छाती ढक्क फुलेको छ। तपाईंहरू सम्पूर्णमा राष्ट्र र समाजको उन्नतिका लागि उत्कृष्ट कार्यकालको हार्दिक शुभकामना! 🇳🇵✨