स्वतन्त्र कन्काई

स्वतन्त्र कन्काई Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र कन्काई, Legal, Kanakai Nagarpalika, Jhapa District.

23/01/2026

झापा क्षेत्र नम्बर ४ मा तपाईँहरूको भोट कसलाई?

समय बलवान छ।
13/09/2025

समय बलवान छ।

12/09/2025

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामान

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएकोमा सुसिला कार्की ज्युलाई हार्दिक बधाई
भ्रस्टाचार सुन्य समाजको निर्माणको आशा ❤️

12/09/2025

कन्काई नगरपालिकामा सबैभन्दा धेरै खोजिएको चिज:
१. भाग्य न्यौपाने
२. मेयरको घरको ८० केजी सुन।

11/09/2025

आखिर अस्ली नेता त B***n रहेछन् ।

10/09/2025

कन्काई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल को घरमा ८० केजी सुन भेटिएको खबर कुनै तथ्यहीन र प्रमाणबिनाको भएको कारण झुटो ठहर गरिएको छ।

10/09/2025

झापाका जेन जि ले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन नचाएको बताएका छन ।उनिहरुले भनेका छन हाम्रो पनि आवज सुन्नु पर्छ ।

10/09/2025

Gen-z को अनलाईन मिटिङ मा ७८०० जना को उपस्थित

दुई घण्टा सम्म छलफल चलिरहेको छ! हालसम्म छलफल भएका कुरा हरु:

- संसद विगठन सहित सुसिला कार्की लाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने लगभग निश्चित।
- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही गर्ने।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्ने ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन गर्ने।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही गर्ने।"
- दुई महिना भित्र नयाँ संविधान जारी गर्ने जस्मा:
- हिन्दू राष्ट्र
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।

10/09/2025

Gen-Z समूहको तर्फबाट देशभर आज कुनै किसिमको आन्दोलन र प्रदर्शन नरहेको जनाएका छन् ।

10/09/2025

कन्काई नगरपालिकाको एक युवा भन्नुहुन्छ:

म कक्षा नर्सरीमा पढ्दाखेरि मेरो घरको अगाडिको बाटो पिच हुने कुरा थियो। आज म स्नातक तेस्रो वर्षमा अध्ययनरत छु। तर त्यो बाटो अझै पनि पानी पर्दा हिलो र घाम लाग्दा गिलो नै छ। यसबीच कति सरकार आए, गाविसदेखि नगरपालिका बन्यो—तर हालत फेरिन सकेन।

यही नगरको यस्तो दयनीय अवस्था तिमीहरूकै कामहरूको परिणाम हो। पार्टीको झोला बोकेर नेताको पिछाडि दुल्दै आफ्नै गोजी मात्रै भर्ने नालायक झोलेहरू, खबरदार! अब तिमीहरू सुध्रनैपर्छ।

गाडी ठोक्किँदा चौकीमा केस पर्दा टुप्लुक्क आइपुग्ने तिमीहरू आज कहाँ हराएका छौ? आफ्नै पार्टीको सरकार चाहिने, आफ्नै पार्टीको मेयर चाहिने, आफ्नै पार्टीको सांसद चाहिने भन्दै घुम्ने तिमीहरू अहिले कुन दुलोमा सुँगुरजस्तै लुकेर बसेका छौ?

सांसदका चम्चाहरू , तिमीहरू कहाँ छौ?
कुकुरले मासु चाटे जस्तै नेताको पिछाडि लाटो भएर ढुक्ने तिमीहरू कहाँ हरायौ?

हामीलाई अब कन्काईमा
न पार्टीको स्वाद चाखिसकेर अहिले स्वतन्त्रको नाटक गर्ने थापा चाहिन्छ,
न चिमरिया दलालहरू चाहिन्छ,
न सहकारी ठगका भरौटे घण्टेहरू चाहिन्छ।

हामीलाई अब नेतृत्वमा सक्षम विवेक र शिक्षित युवा चाहिन्छ।
हामीलाई अब कन्काईलाई राम्रो बनाउने भिजनसहितको काम गर्ने नेतृत्व चाहिन्छ।

पार्टीको झोला बोकेर नेताको पिछाडि ढुक्ने हरू, खबरदार—अब त्यो झोला टाउकोमा हालेर अनुहार लुकाउन तयार होऊ। किनकि यो पुस्ताले तिमीहरूलाई पहिचानसहित धिक्कार गर्नेछ।

Address

Kanakai Nagarpalika
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र कन्काई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category