13/07/2026
मिति २०८३ साल असार २९ गते, भानु जयन्तीको पावन अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय, School of Law अन्तर्गतको Legal and Civil Issue Society द्वारा आयोजित कविता वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा कुल १५ जना प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताको नतिजाअनुसार:
- प्रथम: विशाल पाण्डे
- द्वितीय: तारा परियार
- तृतीय: खेम प्रसाद आचार्य
विजयी प्रतियोगीहरूलाई हार्दिक बधाई तथा सहभागी सम्पूर्ण प्रतियोगीहरूको सिर्जनशीलता, उत्साह र सहभागिताको उच्च कदर व्यक्त गर्दछौँ।
यस कार्यक्रमलाई सफल बनाउन गरिमामय उपस्थितिका साथ कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनुहुने सभाध्यक्ष, प्रमुख अतिथि,सम्पूर्ण अतिथिगण, सम्माननीय निर्णायक मण्डल,सहभागी सम्पूर्ण प्रतियोगीहरू तथा यस legal and civil issues societyका पदाधिकारीहरु तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति Legal and Civic Issue Society परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
साहित्य, सिर्जना र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता सिर्जनात्मक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। 🌼