P.Town Syndicate

P.Town Syndicate

08/01/2026

⚠ लागू औषध रोकथाम जटिल बन्दै

सुदूरपश्चिम । तपाइँ आफ्ना छोराछोरीले दैनिकगर्ने आनिबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ?
छोराछोरीले गर्ने व्यवहार एवं आनिबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिरहेका हुनसक्छन् । पढ्न जाने वा घर बाहिरको कामगर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन् । यीमध्ये कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ ।
दिनैपिच्छे कैलालीसहितका जिल्लामा प्रहरी टोलीले लागु औषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्नथालेको पनि छ ।

लागु औषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधिकांश युवा फेलापर्ने गरेको प्रहरीको तथ्याङ्क छ । यसको सेवन तथा ओसारपसारका घटना डरलाग्दो रूपमा फैलिँदै गएको देखिएपनि यो समस्याका बारेमा समाजमा खास चासो र चिन्ता व्यक्त गरिएको देखिदैन । यसका कारण लागु औषधको समस्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको घटनाक्रमले देखाएको छ ।

युवाहरू लागु औषध दुव्र्यशनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखवरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको अनुभव छ ।

यो समस्याको समाधानका लागि प्रहरीले प्रयास गरिरहेपनि न्यूनीकरण हुन सकिरहेको छैन । कैलाली जिल्लामा एकैदिन १२ जनासम्म लागु औषधसहित पक्राउ परेको तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अर्काको देखिसेकी, घरपरिवारको बिग्रेको माहोल, छोराछोरीप्रति अभिभावकले गर्नुपर्ने निगरानीमा कमीकमजोरी, सामाजिक सञ्जालको दुरूपयोग, गलत साथीसङ्गत, लागु औषध सेवनको उत्सुक्ता जग्नुजस्ता कारणले धेरै युवाहरू कुलतमा फस्दै गएको बताउँछन् ।

उनले भने, ‘भारतसँगको खुला सीमाका कारण पनि लागु औषधको ओसारपसार र सेवनको समस्या बढ्दै गएको छ, समाजमा हुने चोरी, डकैति, लुटपाटजस्ता अपराधिक घटनामा कुनै न कुनैरूपमा लागु औषधमा फसेकाको हात हुने गरेको देखिन्छ ।’

समाजमा बेलाबखत हुने गरेका अपराधिक घटनामा लागु औषध सेवनकर्ताको कुनै न कुनै रूपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनुवामा पर्नेमध्ये ७० प्रतिशत लागु औषधको मुद्दाका हुने गरेको जनाइएको छ ।

लागु औषधको कारोवारी र सेवनकर्तालाई पक्राउ गर्न प्रहरीले बेलबखत ‘कर्डन एण्ड स्विप अप्रेशन’ (घेर्ने र बढार्ने) अभियान चलाउने गरेको पनि छ ।

प्रहरीले लागु औषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको छ ।
बढी सङ्ख्यामा २० देखि ३० वर्ष उमेर समूहका युवा यस्तो कुलतमा फस्ने गरेको पाइएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काले थपे ‘अभिभावकले आ–आफ्ना छोराछोरीको आनिवानीका बारेमा सचेतता आपनाउन निकै जरूरी भइसक्यो ।’

नेपाल–भारतबीचको खुला सीमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारी भारतीय बजारमा त्यहांँका व्यापारीले निर्वाध रूपमा लागु औषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले लागु औषधका मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष२०७८÷७९मा लागु औषधका दुईसय एक मुद्दा दर्ता भएकोमा आव २०७९÷८०सम्म आइपुग्दा यो सङ्ख्या बढेर तीनसय ४७ पुगेका थिए । यस्तै आव२०८०÷८१मा तीनसय १५ मुद्दा दर्ता भएकोमा चालु वर्ष२०८१÷८२को माघसम्म दुई सय ६९ मुद्दा पुगेका छन् । चालु वर्षको माघसम्म दर्ता भएका लागु औषधका मुद्दामा तीनसय ६५ पुरूष र२२ महिला पक्राउ परेको जनाइएको छ । गत आर्थिक वर्ष २०८÷०८१ मा चारसय ४७ जना पक्राउ परेका थिए ।

लागु औषधको ओसारपसार र सेवनक्र्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि बेलाबखत प्रहरीले विद्यालयमा अध्ययरत छात्र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गरेर चेतना अभिवृद्धि गराउने गरेको छ ।

लागु औषधको सेवनबाट अधिकांस किशोर किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको प्रहरीको भनाइ छ ।

यसका लागि प्रहरीले विद्यालय सञ्चालकसँगको समन्वयमा विद्यार्थीको छुट्टै कक्षामार्फत् यस्तो चेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिने गरेको छ ।

05/01/2026
31/12/2025

शुभ प्रभात।
निद्राबाट मात्र होइन, राजनीतिक अन्धोपनबाट पनि उठौँ।

26/12/2025


25/12/2025

राजनीति पदको लागि होइन, परिवर्तनको लागि हो।
जनताको आवाज नै हाम्रो शक्ति हो।
#जनताकोपक्षमा #परिवर्तन”

23/12/2025

This is Nepal
#2026

20/12/2025

less perfection more authenticity.

18/12/2025

बादलभित्र हराएको शान्ति ☁️🌿

“Week starts with silence. Moves speak louder than words.”
07/12/2025

“Week starts with silence. Moves speak louder than words.”

Happy birthday respected youth leader of Patan baitadi Nanu jung thakuri     are always with you ❤️
30/11/2025

Happy birthday respected youth leader of Patan baitadi Nanu jung thakuri are always with you ❤️

16/11/2025

💊🚫

Address

Patan
Baitadi
10200

Website

Alerts

Be the first to know and let us send you an email when P.Town Syndicate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share